जुझारु क्रान्तिकारी मजदुर आन्दोलनको विकास गरौं !

जुझारु क्रान्तिकारी मजदुर आन्दोलनको विकास गरौं !

समाजमा रहेका प्राणीहरुमध्ये मानिस एउटा छुट्टै चेतनशील प्राणी हो । मानिसले आफ्नो विगत, वर्तमान र भविष्यका बारेमा सोचेर योजना निर्माण गर्न सक्दछ । त्यसैले पशुभन्दा पृथक ढंगबाट आफूलाई उभ्याईरहेको छ । तर समाजमा मानिसले समाज परिचालन्का क्रममा दुई प्रकारका सोचाईहरुको निर्माण गर्न थाले । एउटा सकरात्मक त अर्को नकरात्मक । न्यून ज्ञान र चेतना भएतापनि सकरात्मक सो“च राख्नेहरुले समाजका सबै मानिसहरुप्रति सामूहिक र समान माया, ममता, हार्दिकता, एकआपसमा एकता जस्ता सामाजिक सद्भावात्मक विचारको विकास गर्न कोसिस गरे भने नकरात्मक सो“च राख्नेहरुले समाजका सोझा, सिधा, इमानदार र कमजोर व्यक्तिहरुलाई आफ्नो दैनिक आवश्यकता पूर्ति गर्नका खातिर दैनिक श्रममा लगाएर दैनिक आवश्यकता पूर्ति गर्ने, व्यक्तिगत लाभ उठाउने, निश्चित लाभका खातिर समाजलाई प्रयोग गर्ने जस्ता अत्यन्तै तुच्छ व्यक्तिवादी शोषकीय चिन्तनको विकास गर्दै लगे । एउटा पक्षले समाजको सामूहिक हित चाहन्थ्यो भने अर्को पक्षले समाजका बहुसंख्यक जनतालाई आफ्नो नियन्त्रणभित्र राखेर निश्चित परिवार र व्यक्तिको इच्छा पूर्ति गर्न चाहन्थ्यो । मानिसमा विकास भएको सामाजिक र गैरसामाजिक चिन्तनका कारण समाज दुई भागमा विभाजित हुन पुग्यो । जसलाई भनिन्छ शोषक र शोषित ।

शोषकवर्गको प्रतिनिधित्व गर्ने एउटा सानो हिस्साले सबैभन्दा पहिले राजनीतिक, आर्थिक, सामाजिक र सा“स्कृतिक जस्ता महत्वपूर्ण विषयवस्तुलाई आफ्नो हातमा लिन सफल भयो । दुईवटा वर्गका विचमा पैदा भएको वर्गीय अन्तर्विरोध क्रमिक रुपमा चर्कदै जाने क्रममा शोषकवर्गले आफ्नो वर्गको वर्गीय हितका खातिर शोषित वर्गलाई दमन गरिराख्न नियम, कानुन, जेल, पूलिस, सेना र हतियारको विकास ग¥यो । शोषकवर्गको आदेश पालना नगर्नेलाई नियम र कानुन अगाडि सारेर हतियार र सेनाको बलमा गिरफ्तार गर्ने, जेलमा राखेर चरम् यातना दिने, हत्या गर्नेसम्मका अत्यन्तै अमानवीय कार्यहरु गर्न थाल्यो । साशकवर्गहरुले श्रमीकवर्गमाथि निरन्तर रुपमा यही विधि प्रयोग गर्दै आईरहेका छन् । विगतदेखि वर्तमानसम्म विश्वका लाखौं, करोडौं, अरबौंमात्र होइन खरबौं उत्पीडित जनतामाथि निश्चित मुठ्ठिभर शासकहरुले चर्को उत्पीडन र दमन थोपर्दै आएका छन् ।

अचेत प्राणिबाट सचेत प्राणिका रुपमा विकसित हु“दै गरेको मानवसमाजको प्रारम्भिक चरणमा मानिसहरुमा वैज्ञानिक चेतनाको अभाव रहेकै थियो तर पनि शोषकवर्गले आफूमाथि गर्दै आएको दमन, उत्पीडन र शोषणका विरुद्ध कुनै न कुनै तवरबाट संघर्ष गर्दै आएका थिए । उच्च चेतना र वैज्ञानिक विचारका अभावमा आन्दोलनले उचित बाटो अवलम्बन गर्न स्वयंम्मा असमर्थ थिएतापनि समाजमा देखिएको अन्तर्विरोधको हलका खातिर व्यक्तिगत जीवनको कुनै प्रवाह नगरी उच्च साहस र वलिदानका साथ संघर्ष गर्दै आईरहेका छन् । त्याग, वीरता, बलिदानका कृतिमान खडा गर्दै दास–दासीहरुले गरेका भिषण लडाईले दासमालिकहरुको सत्ता तासको महलझैं ढल्न पुगे । वैज्ञानिक विचार, योजना, कार्यक्रमको अभावमा भएका युद्धहरुले शोषकवर्गको स्वर्गलाई तहस–नहस त वनायो तर शोषितवर्गलाई सत्ताको मालिक बनाउन सकेन । दासमालिकहरुको सत्ता सामन्ती राजाहरुको हातमा, दासमालिकहरुको ठाउ“मा सामन्तहरु र दासदासीहरुको ठाउ“मा किसानले स्थान लिन पुग्यो । सामन्ती राजाहरुले आफूलाई स्वघोषित कथित इश्वरका दुत बनाएर राज्यसत्ताको मालिक मात्र होईन ऐन, नियम र कानुनभन्दा आफूलाई माथी राख्न पुगे । सेना, कर्मचारी तन्त्र, सरकार सामन्ती राजतन्त्रका हतियार वन्न पुगे । सत्ताको सम्पूर्ण शक्ति प्रयोग गरेर धर्मको व्यापक प्रचार गरेर समाजमा व्यापक शोषण, दमन र उत्पीडनलाई छोप्ने कसरतको थालनी गरियो । शासकहरुले जस्तो सुकै ठूला अपराध गरेको भएतापनि धर्मका नाममा छुट दिने प्रकृयाको उदय भयो । राजाहरु इश्वरका दुत भएका कारण उनीहरुले न त कहिल्यै गल्ती गर्छन् न त उनीहरुका बारेमा कसैले प्रश्न गर्न नै मिल्छ । यदि कसैले प्रश्न गरेमा त्यसलाई ठूलो अपराधीको संज्ञा दिएर कडा सजायको भागीदार वनाउने कडा भन्दा कडा कानुनका ठेली निर्माण गरिए ।

हजारौं वर्ष पूरानो दाशयुगबाट मुक्तिका खातिर ठूला–ठूला त्याग, विरता र वलिदानका कृतिमान खडा गरेर दासमालिक तथा उनीहरुको सत्ताका विरुद्ध लडेका उत्पीडित वर्ग पुनः सामन्ती युगमा सारमा एउटै भिन्न रुपबाट शोषित, दमित र उत्पीडित बन्न पुगे । सामन्तवर्ग र सामन्ती सत्ताको उत्पीडनका विरुद्ध किसानहरुले आफ्नो वर्गहितका खातिर संघर्षलाई जारि राखे । किसान आन्दोलनले किसानवर्गलाई मात्र होईन पछिल्लो चरणमा राष्ट्रिय पू“जीपतिवर्गलाई समेत आफूतिर आकर्षित गर्न सफल रह¥यो । किसानवर्गको निशाना सामन्तहरु मात्र होईन इश्वरका नाममा सम्पूर्ण अधिकार आफ्नो हातमा केन्द्रित गरेर बसेको सामन्तको नायक राजतन्त्र पनि बन्न पुग्यो । खास गरि यूरोप, अमेरिका लगायतका देशहरुमा क्रान्तिका लहर पैदा भए । राजाहरुलाई देशनिकाला गरियो । कतिपय देशका राजाका टाउकासमेत गिडियो । वैज्ञानिक दर्शन, योजना, कार्यक्रम र समग्र सामाजिक अन्तर्विरोधको वस्तुसंगत ढंगबाट विश्लेषण र संश्लेषण गरेर सर्वहारा वर्गको नेतृत्व गर्ने पार्टी र नेतृत्वको अभावका कारण विश्वमा हलचल मच्चाउन सक्ने ठूला–ठूला क्रान्तिकारी किसान आन्दोलनहरुले आफ्नो वर्गहितका खातिर सत्ता प्राप्त गर्न सकेन । दासविद्रोहको नेतृत्व गर्ने बहादुर, लडाकू स्पाटकस्जस्ता कैयौं किसान नेताहरु किसान आन्दोलनले नजन्माएको होईन । तर वैज्ञानिक विचार र नेतृत्व जन्माउ“न नसक्दा आन्दोलनको समग्र उपलब्धी पू“जीवादीहरुले लिन पुगे । पछिल्लो चरणमा सर्वहारावर्गले सत्ता आफ्नो हातमा लिन विद्रोहलाई जारि राखेका कारण पू“जीपतिहरुले सामन्तवर्गस“ग सम्झौता ग¥यो । सर्वहारावर्गको हातमा सत्ता जान नदिन पू“जीवादी र सामन्तवर्ग मिलेर सत्ता चलाउन सहमति कायम गरे मूलत विज्ञानको नियमअनुरुप पनि पिछडिएको सामन्तवर्गले पुरानो तवरबाट सत्ता चलाउन सकेन अथवा टिकाउन सक्ने वस्तुगत आधार रहेन । वस्तुगत आधार कमजोर हुदै जानू् किसान आन्दोलन बढ्दै जानू जस्ता कारणहरुले सामन्तवादी युगको अन्त्य हुदै गयो भने त्यसको ठाउ“ पू“जीवादले लिदै गयो । यूरोप अमेरिका जस्ता देशहरुमा पू“जीवादी क्रान्तिको लहर नै चल्यो ।

सामन्तवादले खडा गरेको राजनीतिक, आर्थिक, सामाजिक र सा“स्कृतिक हस्तक्षेपमात्र होईन धार्मिक भेदभाव तथा जातीय भेदभाव बढाएर सर्वहारा वर्गको शक्तिलाई पृथकीकरण गरेर राज्यसत्ता टिकाउ“दै आएको थियो । तर पू“जीवादी सत्ताले धार्मिक तथा जातीय भेदभावलाई त त्यति प्रधानता दिएन तर राजनीतिक, आर्थिक, सामाजिक र सा“स्कृतिक जस्ता विषयहरुमा भने मजदूरवर्गलाई ब्यापक हस्तक्षेप गर्न सुरु ग¥यो । पू“जीवादले आफूलाई आर्थिक रुपमा सवल त वनायो नै तर स“गै बहुसंख्यक मानिसहरुको चर्को श्रमशोषण गरेर आफैलाई सिध्याउने वहुसंख्यक सर्वहारा मजदुरहरुको ठूलो हिस्सा तयार पार्दै लग्यो । दासयुगमा दास–दासीहरुले र सामन्तवादी युगमा किसानहरुले विहान ६ बजे उज्यालो भएदेखि सा“झ ६ बजे अध्यारो हु“दासम्म जम्मा १२ घण्टा श्रम गर्न बा“ध्य पारिन्थ्यो भने पू“जीवादीहरुले ६० वर्षको वृद्ध होस या वालक, महिला होस या विरामी आधा पेट खाना एक जोर कपडा लगाउनका निमित्त कारखानामा १८ घण्टा श्रम गर्न बा“ध्य पा¥यो । दासदासी र किसानहरुको भन्दा चर्को शोषण, दमन र उत्पीडन खेप्न सर्वहारा मजदुर बा“ध्य बन्दै गए । पू“जीवादीहरुको ज्यावलहरुमा अत्यन्तै न्यून तलवमा १८ घण्टा श्रम बिक्रीमात्र होईन एउटा सा“घुरो कोठामा धेरै जना मजदुरहरु एकै ठाउ“मा वस्नुपर्ने बा“ध्यताका कारण चर्को विमारले सताउने र औषधी उपचारको अभावमा ज्यान गुमाउनु पर्ने अवस्था पनि त्यतिकै कष्टकर बन्दै जान थाल्यो । यस प्रकारको दमन, उत्पीडन, र कष्टकर जीवनले सर्वहारा वर्गलाई आन्दोलनका आ“धीवेहरी श्रृजना गर्न भित्रभित्रै संगठित बनाउदै लग्यो ।

समाज विकासका हिसाबले दासयुग, सामन्तयुगभन्दा पु“जीवादीयुग एक कदम प्रगतिशील त हो तर बहुसंख्यक सर्वहारा मजदुरवर्गलाई चर्को श्रमको शोषण गरेर पू“जीको केन्द्रीकरण, सामाजिक तथा सा“स्कृतिक रुपमा विकृति र समाजलाई तहस्नहस् पार्ने दृष्टिकोणबाट हेर्दा पू“जीवाद अत्यन्तै घिनलाग्दो व्यवस्थामा पतीत् वन्दै गयो । पू“जीपतिवर्ग र पू“जीवादी सत्ताले शोषणमूलक व्यवस्थालाई चरम दिशातिर बढाउदै लग्यो भने श्रमिकहरु लाखौंलाखको मात्रमा सर्वहारा बन्दै जाने क्रम बढ्दै गयो । एउटै कारखानामा विभिन्न क्षेत्रबाट आएका मजदुरहरुका बिचमा घुलमिल हुनाले मजदुरहरुको चेतना र क्षमता किसानहरुको भन्दा स्वभाविक रुपमा माथि रहन गयो । ठूलो समूहमा एकै ठाउ“मा रहने भएका कारण संगठित हुन र एउटै प्रकृतिको श्रम भएका कारण उनीहरुमाथिको श्रमशोषणको प्रकृति पनि एउटै हुने हु“दा संघर्षलाई उठाउन बाटो फराकिलो वन्दै गयो ।

पू“जीपतिवर्ग र पू“जीवादी राज्यसत्ताले चर्को श्रमशोषण गरेर औजारका सामान श्रमिकवर्गका हातबाट खोसेर एकाधिकार जमाउने काम मात्र गरेन तिनै औजारका सामान प्रयोग गरेर श्रमिकवर्गको चर्को श्रमको शोषणबाट अकूत कालो पू“जी केन्द्रित गर्ने काम ग¥यो । श्रमिकवर्गको ठूलो हिस्सालाई सर्वहारा वनाएर आफ्नै सत्ताका विरुद्ध लड्ने आधार पनि तयार पा¥यो । बेलायत, फ्रान्स, अमेरिका, इटाली, जर्मन, रुसजस्ता देशहरुमा सबैभन्दा पहिले पू“जीवादको विकास भएका कारण आन्दोलनका केन्द्र पनि तिनै देशहरु बन्न पुगे । सर्वप्रथम सन् १६१९ मा बेलायतका मजदुरहरुले संगठनको निर्माण गरेर आफ्नो दैनिक कामको ज्याला बृद्धि लगायत अन्य विविध मागहरु अगाडि सार्दै संघर्षको मैदानमा खडा भए । पू“जीवादीहरु तथा पू“जीवादी सत्ताले श्रमिक वर्गका मागहरुको सुनुवाई गर्ने, पूरा गर्नका निमित्त पहल गर्ने भन्दा श्रमिकवर्गलाई धम्क्याउने, निस्कासन गर्ने, यातना दिने, जेलमा हाल्ने जस्ता दमनकारी नीति अवलम्वन गर्न पुगे । चर्को श्रमशोषण, अमानवीय दमनमात्र होईन ठूलाठूला आधूनिक मेसिनको निर्माणले लाखौं मजदुरहरु बेरोजगारको शिकार वनेर खाना खानै नपाएर सडकमा मृत्यु हुदै जाने क्रम अत्याधिक मात्रामा बढ्न पुग्यो । दास विद्रोह र किसान विद्रोह देखिनै वैज्ञानिक विचार तथा वैज्ञानिक विचारसहितको नेतृत्वको अभावमा श्रमिक वर्गले स्पष्ट मार्गदर्शन प्राप्त गर्न नसक्दा आन्दोेलनबाट प्राप्त उपलब्धीको रक्षा र विकास गर्न नसके जस्तै मजदुर आन्दोलनको प्रारम्भिक चरणमा समेत त्यहि“ अवस्था देखा प¥यो । मागपत्रको आन्दोलन, मेसिनफोर आन्दोलन, संसदमा चुन्न र चुनिन पाउने ग्यारेन्टीको आन्दोलन जस्ता विश्व हल्लाउने ठूलाठूला श्रमिक आन्दोलन भए तर श्रमिकवर्गले खासै उपलब्धी हासिल गर्न सकेनन् । सयौ र हजारौंको को संख्यामा श्रमीकहरुले आफ्नो वर्गीय हितका खातिर वलिदानका किर्तिमान खडा गरे, संघर्षका क्रममा हजारौ अपाङ्ग वने, लाखौले श्रमबाट हात झिक्न बा“ध्य भए । तर श्रमिकवर्गले लक्ष्य पूरा गर्न त परै जावस् लक्ष्य ठम्याउन समेत सकेन । श्रमिकवर्गको मनमस्तिष्कमा यतिमात्र थियो पू“जीपतिहरु शोषक हुन तिनै शोषकवर्गको साशनसत्ता छ । त्यसका विरुद्ध लड्न पर्दछ । यो नै तात्कालिन् श्रमिक आन्दोलनको वास्तविक यथार्थ हो ।

दासयुग, सामन्तवादी युग र पू“जीवादी युगको प्रारम्भीक चरणमा भएका वर्गसंघर्षका क्रममा कतिपय आदर्शवादबाट प्रेरित दार्शनिहरुले सामाजिक अन्तर्विरोधलाई हल गर्ने कतिपय विषयवस्तुहरु अगाडि नसारेका होईनन् । शोषण, दमन, र उत्पीडनको सुन्दर ढंगबाट व्याख्या विश्लेषण त गरे तर त्यसलाई वदल्ने वैज्ञानिक योजना तय गर्न सकेनन् । त्यसैले त माक्र्स भन्नुहुन्छ “दुनिया“का थुप्रै दार्शनिकहरुले समाजको व्याख्या त गरे तर ब्याख्यामात्र होइन मुख्य कुरा त दुनिया“ बदल्नु हो ।” यही अहम् र महत्वपूर्ण प्रश्नको जवाफ उनीहरुले दिन नसक्दा श्रमिक वर्गको आन्दोलनले गोलचक्कर मार्न बा“ध्य भयो ।

फ्रान्समा जन्मेका सेन्ट साईमन (सन् १७६०–१८२५), चाल्र्स फ्यूरिए (सन् १७७२–१८३७) र वेलायतमा जन्मिएका रोवर्ट ओवेन (सन् १७७१–१८५८) जस्ता समाजसुधारक तथा काल्पनिक समाजवादी दार्शनिकहरुले समाजमा देखा परेको शोषण, दमन, उत्पीडन र त्यसबाट उत्पन्न वर्गसंघर्षलाई शान्तीपूर्ण तवरबाट हल गर्न चाहन्थे । श्रमीक वर्गका मालिकहरुलाई, राजामहाराजाहरुलाई, सत्तामा बसेका सत्ताका नायकहरुलाई बडो सालिन तवरबाट उनीहरुस“ग छलफल गरेर सर्वहारा वर्गको अधिकारलाई सुनिश्चित गर्न चाहन्थे । उनीहरुको त्यो सोचाई यथार्थ, वस्तुपरक र वैज्ञानिक थिएन । जसले गर्दा सामन्त, पू“जीपति तथा उनीहरुका सरकारले त्यसको कुनै सुनुवाई गरेन । वरु उनीहरुका आ“खैअगाडि श्रमिकवर्गमाथि ठूल्ठूला दमनहरु गर्दै गए । हजारौं मजदुरहरु दमनमा मारिदै गए भने हजारौंहजार मजदुरहरु खाना खान नपाएर सडकमा मर्दै जाने क्रम अत्यन्तै बढ्दै गयो ।

दासदासी र किसान आन्दोलनको तुलनामा सर्वहारा वर्गको मजदुर आन्दोलन अत्यन्तै पेचिलो र घनिभूत वन्दै अगाडि बढ्यो । किनकी हजारौं मजदुरहरु संगठित रुपमा एउटै कारखानामा कार्यरत रहनुका साथै समस्याको चूरो एउटै प्रकृतिको हुनु, चेतनाको स्तर तुलनात्मक रुपमा माथि हुनु जस्ता वस्तुगत तथा आत्मगत कारणहरुले गर्दा माक्र्सले भनेजस्तै “मजदुरहरुका निमित्त गुमाए हत्कडी जीते संसार” भन्ने मनोभावना जागृत हुन पुग्यो । पू“जीवादी सत्ताका विरुद्ध संघर्षको क्रममा पू“जीवादी साशकहरुले आफ्नो सत्ता टिकाई राख्न साम, दण्ड, भेद जस्ता सबै प्रकारका हतियार प्रयोग गर्न पुग्यो । दमनले मात्र सम्भव नभएपछि कथित संसद्को नाटक रचेर मजदुरहरुलाई चुनावमा उठ्ने र उठाउने जस्ता मौलिक अधिकारमाथि समेत प्रतिवन्ध लगाएर पू“जीपतिहरुलाई नै संसद् र सरकारमा पु¥याएर पुनः काला कानुनहरु निर्माण गर्दै दमन गर्ने कोसिस पनि नगरेका होईनन् । मजदुरहरुले पू“जीपतिहरुका सबै घेराहरुलाई तोड्दै आन्दोलन जारि राखे । हजारौं, लाखौं मजदुरहरुलाई वेरोजगार वनाउने पू“जीपतिहरुका ठूलाठूला आधूनिक मेसिन जडित कारखानाहरुलाई ज्यानको बाजी लगाएर खरानीमात्र वनाएनन् कतिपय पू“जीपतिहरुलाई भौतिक कार्वाही समेत गर्न पुगे । मालिकहरुको रक्षाका निमित्त वनिएका कथित संसदीय सरकार र सेनाका दमनकारी भूमिकादेखि वाक्क भईसकेका मजदुरहरुले आफूले कारखानामा वनाएका औजारहरु हातमा लिएर सडकमा उत्रिए र सेनाका विरुद्ध धावा वोल्न पनि पछि परेनन्. । कथित प्रजातन्त्रको मकुण्डो लगाएर सर्वहारा मजदुरको रगत र पसिनामा होली खेल्ने पू“जीवादी सत्तालाई पचासौं लाख भन्दा वढि मजदुरहरुको हस्ताक्षरसहितको मागपत्र २०औं जनाभन्दा बढि मजदुरहरुले बोकेर लाखौंको जुलूससहित संसदमा पेस नगरेका पनि होईनन् । त्यति धेरै मजदुरहरुको समर्थन रहेको मागपत्र संसदमा बुझाउन जा“दा कथित प्रजातान्त्रिक भनिएको संसदीय सरकारले माग पूरा गर्नूको सट्टा मजदुरहरुलाई दमन गर्ने, हत्या गर्ने जस्ता अत्यन्तै अमानवीय व्यवहार गरेर आफ्नो छोपिएको कूरुप अनुहार उदाङ्गो वनाउन वा“ध्य भयो । सर्वहारावर्गका यिनै विद्रोह र प्रतिविद्रोह, सफलता र असफलता, संघर्ष दमन पुनः संघर्षका विचबाट एउटा नया“ वैचारिक विचार जन्मीने आधारभूमि तयार भयो ।

सर्वहारा वर्गीय मजदुर विद्रोहका बारेमा वस्तुस“गत तवरबाट गहिरो अध्ययन गरिराख्नुभएका जर्मनमा जन्मनुभएका कार्ल माक्र्स तथा फ्रेडरिक एंगेल्सले १८४८ मा कम्युनिष्ट घोषणा पत्र जारी गरेर विश्व सर्वहारा मजदुर आन्दोलनलाई वैज्ञानिक दर्शनका माध्यमबाट दिशानिर्देश गर्ने काम भयो । वैज्ञानिक दर्शन, राजनैतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद जस्ता तीन संघटक अंगका बारेमा वैज्ञानिक तवरबाट व्याख्या, विश्लेषण र संश्लेषण गर्ने काम भयो । तत्पश्चात् विश्व मजदुर आन्दोलन्हरुले आफ्नो बाटो पहिल्याउन थाल्यो । वैज्ञानिक विचार, कम्युनिष्ट पार्टीको निर्देशन, जनताको आफ्नै जनमुक्ति सेनाको निर्माण, सशस्त्र संघर्षको अनिवार्यता, सर्वहारावर्गको हातमा राज्यसत्ता, वैज्ञानिक तवरको समाजवादी राज्य व्यवस्था जस्ता वैज्ञानिक विचार र वैज्ञानिक विधिहरु सर्वहारा वर्गले प्राप्त ग¥यो । माक्र्सवादी विज्ञानको जगमा टेकेर पेरिसका मजदुरहरुले गरेको विद्रोहले पू“जीवादी सत्तालाई हराएर पहिलो पटक सन् १८७१ मा सर्वहारा वर्गको कम्युन स्थापना गर्न सफल भयो । यद्यपी ७२ दिनमा सर्वहारा वर्गले हा¥यो तर सर्वहारा वर्गले सत्ता कब्जा गर्न र उत्कृष्ट तवरवाट सत्ता संचालन गर्न सक्छ भन्ने देखाईछाड्यो । माक्र्सवादको यहि वैज्ञानिक विचारको जगमा टेकेर सन् १८८६ मई १ बाट अमेरिकाको सिकागो शहरका मजदुरहरुले गरेको विद्रोहमा लाखौं मजदुरहरुले भाग लिए । अमेरिकाको पू“जीवादी सत्ताले आन्दोलन दवाउन षड्यन्त्र गरेर शान्तीपूर्ण सभामाथि वम पड्काएर मजदुरहरको हत्या मात्र गरेन निशस्त्र अवस्थामा पक्डीएका मजदुर नेताहरुलाई फा“सिको सजाय सुनाएर हत्या ग¥यो । तर पनि आन्दोलन रोकिएन अन्ततः अमेरिकी सत्ता मजदुरवर्गका सामू घू“डा टेक्न बा“ध्य भयो । आठ घण्टा काम, आठ घण्टा आराम र मनोरञ्जन जस्ता मागहरु पूरा गराईछाडे । आज विश्वका सवै पू“जीवादी साशकहरु उक्त नियम लागू गर्न बा“ध्य छन् । सर्वहारा मजदुरको त्याग, वीरता, वलिदान र एकतापूर्ण संघर्षको विचबाट प्राप्त अधिकार विश्वका सम्पूर्ण मजदुरहरुले निर्वाध रुपमा उपयोग गरिराखेका छन् ।

मानव सभ्यताको उत्पति, विकास र निरन्तरतास“गै देखा परेको वर्गविभाजन, वर्गसंघर्ष, वर्गसंघर्षको उतारचढाव, क्षति, उपलब्धीका विचमा जन्मीएको माक्र्सवादको वैज्ञानिक सिद्धान्त र उक्त सिद्धान्तका आधारमा वर्गसंघर्षबाट सर्वहारा वर्गले प्राप्त गरेको उपलब्धीको रक्षा गर्दै थप उपलब्धी प्राप्तीका खातिर लेनिनको नेतृत्वमा रुसी सर्वहारा मजदुरलाई संगठीत गर्ने काम भयो । पेरिसका मजदुरहरुको विद्रोहभन्दा अत्यन्तै ब्यवस्थित, संगठित र माक्र्सवाद–लेनीनवादको वैज्ञानिक विचारमा आधारित रुसका १९०५–१९०७ का विद्रोह तथा १९१४–१९१७ का सर्वहारा वर्गीय मजदुर विद्रोहहरु हुन् । जुन विद्रोहहरुले विश्व मजदुर आन्दोलनहरुमा अत्यन्तै दुरगामी तथा ऐतिहासिक महŒव राख्दछन् । पहिलो विद्रोहले सफलता प्राप्तिका निमित्त आधार तयार पा¥यो भने दोसो विद्रोहले पू“जीवादी सत्तालाई धुलो चटाएर विश्वमा पहिलो पटक सर्वहारा वर्गको उत्कृष्ट, वैज्ञानिक समाजवादी सत्ताको निर्माण ग¥यो विश्व सर्वहारावर्गलाई अत्यन्तै उत्साहीत, आन्दोलित, वैचारिकृत र एकतावद्ध वनाउनुका साथै पू“जीवादी डाकाहरुको राज्यसत्तालाई हा“क दिन सफल भयो ।

सर्वहारा मजदुरवर्ग संंख्यात्मक हिसावले कमै भएतापनि सन् १९१९ मईमा भएको चीनिया“ मजदुर आन्दोलनले सन् १९२१ मा चीनिया“ कम्युनिष्ट पार्टीको स्थापना गर्नमा महŒवपूर्ण भूमिका निर्वाह ग¥यो । मजदुर आन्दोलनको यहि पृष्ठभूमिबाट निर्माण भएको कम्युनिष्ट पार्टीले माओत्सेतुङको सफल नेतृत्वमा किसान श्रमिकहरुलाई संगठित र आन्दोलित गरेर मजदुर किसानको सहभागितामा सन् १९४९ मा क्रान्ति सफल हुन पुग्यो । विश्वक्रान्तिलाई अगाडि बढाउन माक्र्सवाद–लेनिनवादलाई अझै विकसित गर्दै माओवादका रुपमा आफ्नो दार्शनिक मान्यतालाई स्थापित ग¥यो । माक्र्सवाद–लेनीनवाद–माओवाद नै सर्वहारा मजदुरवर्गको त्यस्तो अजय हतियार हो जसलाई दुनिया“को कुनैपनि तागतले वैचारिक रुपमा खण्डन गर्न सक्दैन । आजसम्म गर्न सकेको पनि छैन ।

माक्र्सवाद–लेनिनवाद–माओवादको वैज्ञानिक विचारलाई दार्शनिक रुपमा तथ्यपरक ढंगबाट खण्डन गर्न नसकेपछि सर्वहारा वर्गको मजदुर आन्दोलनभित्र क्रान्तिकारीताको खोल ओडेर प्रवेश गर्नुृ र आन्दोलनलाई तहस्–नहस् बनाउनु, आन्दोलनभित्रका कतिपय कमजोर वैचारिक आधार भएका नेताहरुलाई प्रयोग गरेर आन्दोलनभित्र विखण्डन पैदा गर्नू मजदुर आन्दोलनलाई सत्ताप्राप्तिको आन्दोलनस“ग जोड्न नदिन विचबाट अलग्याउने, पार्टीबाट अलग्याउने, मजदुर संगठन स्वतन्त्र संगठन हो भनेर व्यापक प्रचार गर्ने, तलवबृद्धि, औषधी उपचार, वोनस, सञ्चयकोष, घरविदा, विरामी विदा, भईपरि आउने विदा जस्ता अत्यन्तै झिनामसिना विषयवस्तुको वकालत गरेर मजदुर आन्दोलन सुधारवाद, ट्रेडयुनियनवादमा फसाउने ठूलो कसरत गर्दै आएका छन् । पू“जीवादी साम्राज्यवादीहरुको बृहत ग्य्राण्ड डिजाइनमा कम्युनिष्टको खोल ओडेका संशोधनवादी तथा संशोधनवादी विचारबाट प्रशिक्षित र प्रभावित मजदुर आन्दोलनका नेताहरु विश्वस्तरमा यहि हल्ला गराखेका छन् र जुझारु क्रान्तिकारी मजदुर आन्दोलनको घा“टी निमोठी रहेका छन् ।

उत्पीडित राष्ट्रका जनता मूलतः श्रमिक सर्वहारा वर्गको चर्को श्रम शोषण गरेर साम्राज्यवादी पू“जीवादी शक्ति राष्ट्रहरुले अत्याधिक कालो पू“जी केन्द्रीत गरेर आफ्नो देशका केही दलाल मजदुरहरुलाई किनेर कथित ट्रेड युनियनको नेताको रुपमा उभ्याएर अन्य लाखौं, करोडौं मजदुरहरुको चर्को श्रम शोषण गरीरहेका छन् । विशुद्ध टे«ड युनियनको नाममा माक्र्सवाद–लेनिनवाद–माओवादको वैज्ञानिक विचार तथा वैज्ञानिक विचारसहितको कम्युनिष्ट पार्टी र उसको नेतृत्वबाट अलग्याएर मजदुर आन्दोलन उठ्नै नदिने, यदि उठिहालेमा सिमित सुधारको चारो फालेर सम्झौतामा पु¥याउने काम निरन्तर रुपमा गर्दै आएका छन् । जसले गर्दा विश्वस्तरमा सर्वहारा वर्गीय मजदुर आन्दोलनमा अत्यन्तै सशक्त वैचारिक भण्डाफोर गर्दै सर्वहारा मजदुर नेताहरुले विचारको आधारमा सुधारवाद र ट्रेड युनियनवादको सशक्त वैचारिक भण्डाफोर गर्दै सर्वहारा मजदुरवर्गको नेतृत्वमा किसानहरुको शक्तिलाई समेत आन्दोलनमा एकीकृत बनाउनु आजको महत्वपूर्ण जीम्मेवारी हो । अर्थवाद, ट्रेड युनियनवादको भण्डाफोर गरोैं । जुझारु क्रान्तिकारी मजदुर आन्दोलनको विकास गरौं ।