मालेमावाद बाट बिचलित र पश्चिमाको पृय पात्र बन्दाको परिणाम

मालेमावाद बाट बिचलित र पश्चिमाको पृय पात्र बन्दाको परिणाम

विश्व कम्युनिस्ट आन्दोलनको इतिहासलाई गहिरोसंग अध्यन गर्दा विगतका ठूला ठूला भिषण शसस्त्र युद्ध एबं आन्दोलन दबाउँन सामन्तवादका अपराधि र पश्चिमा साम्राज्यवादका दलाल विचौलियाहरुले गरेको नरसंहार लाखौं लाख जनताको बस्ती खालि गरेर देश निकाला गर्दाका र्ददनाक घटनाहरुको स्मरण एबं अध्यन गर्न खोजियो भने सर्बप्रथम विश्व कम्युनिस्ट आन्दोलनका पथप्रदसक विश्वख्याति प्राप्त वैज्ञानिक सर्वहारावर्गका अभिभाबक राजनैतिक, सामाजिक, आर्थिक, सास्कृतिक, दर्शनशास्त्र, अर्थशास्त्र, द्धन्दात्मक भौतिकवादका महान दार्शनिक संसारका मजदुर एक हौ.भन्ने महान शब्दावलिलाई सत्यतत्थ्य अकाटय हुने गरि प्रमाणित गरेर देखाउँन सक्ने विश्व इतिहासमा सुनौला अक्षरले कहिल्यै नमेटिने गरि लेख्न सफल ब्यक्तित्व क कार्लमाक्र्सको नाम सम्झन सके मात्र पनि अर्कै अनुभूति हुन्छ ।
अहिले २१औं शताब्दीको कम्प्युटर युगले समेत पार गर्दै अर्को नयाँ प्रविधि मूलकको खोजीगर्ने समयसम्म आइपुग्दा पनि कुनै दार्शनिक वैज्ञानिक विद्धानहरुले समेत खण्डन गर्न र माकर््सवादको विकल्पमा अर्को नयाँ विचार दिन समेत नसक्ने गरि प्रतिपादन गरिएको विज्ञान सम्मत दर्शन सिद्धान्त विचार बुद्धि विबेकका खानी क र्माक्सको जन्म सन १८१८,मे ५ का दिन जर्मनको राइन प्रान्त दक्षिण प्रसियाको ट्रियर नामक शहरमा भएको थियो । उनले यो संसारमा दिन सक्ने कहिल्यै हराउन नसक्ने किसिमको योगदान दिएर १४मार्च सन१८८३ को दिन संसारका सर्बहारा बर्गको लागि अति पिडादायी अनुभूति गराउँदै अभिभाबक विहिन बनाएर प्रकृतिको नियम पालना गर्दै भौतिक शरिर बाट विदा भए तर उनका युगौं युग सम्म सधै रहिरहने मार्ग दर्शक योगदानहरु सबै बर्गको लागि आबश्यक रहि रहने छ ।वैज्ञानिक शिक्षाको अमिट छाप झन पछि झन ताजा र जीवित छन ।मार्कस लाइ नजिकबाट चिन्न सक्ने अति निकट हितैषि कहिल्यै कुनै विषयमा भेद भाव विना सफल्ता हासिल गर्नमा हरेक पक्षमा सहयोग पुराउँने क एगेंल्स माकर््सवादका अध्यता हरु क लेलिन स्टालिन र माओ अग्रस्थानमा पर्छन भने अन्य कम्युनिष्ट आन्दोलन को बारेमा र माकर््सवाद लाइ केहि अशं मात्र बुझन खोज्नेकोे सख्या असख्य होलान तर अध्यता बनेर ब्यबहारमा उर्तान सक्ने हरुको सख्या कमिनै रह्यो ।कम्युनिष्ट आन्दोलनमा माकर््स भन्दा अझ दार्शनिक बन्न दम्भ घमणड राख्ने तर बुझन नसकेर आफैलाइ बदल्न नसकेर जीवननै र्बवाद गरेका अन्तमा गन्तब्यमा पुग्न नसके पछि मन्दिरमा बसेर माला जप्न सम्म पुगेका घटना धेरै भेटिन्छन । कल्पना गरौं माकर््स कति दुरदर्शी कति तेजीलो दिमाग भएका अलौकिक शक्तिका माहामानब को जन्म यो धर्तिमा हुनु विश्व सर्बहारा बर्गको लागि ठूलो संयोग थियो ।त्यस्ता महान ब्यक्तित्व माथि विश्व कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्न साम्राज्यवाद र दलाल पुँजीवादले आफनो शक्ति पुरै लगाएर गर्नु पर्ने हर्कतमा कुनै कमि राखेन र्माक्स यी दुश्मन संग हार्न जानेनन कहिल्यै विचलित हुन पनि जानेनन उनको त्यो शाहस देखेर जेनि र्माक्स पनि निरन्तर हावा हुरी बतास अाँधि बेहरी तुफान संग निरन्तर लडि रहिन संर्घष गरि रहीन थुप्रै चुनौति आइलागे तर ति अदभूत क्षमताका धनि दुबैजना हार खाने त प्रसंगै भएन थोरै कमजोरीको महसुस सम्म गरेनन । त्यसरी मात्र विश्व कम्युनिस्ट आन्दोलन उचाइको शिखरमा पुगेर सफल्ता हाँसिल गर्न सकेको थियो ।सफल्ताको बाधक निजी स्वार्थ धनी हुने सोच अबसरवादी चरित्र बेइमानी छलकपट देखि उनी हरु सधै टाढा रहेर मात्र संभब भएको हो ।आफनो निजी सम्पत्ति केहि रहेन जीवन खुल्ला आकाशमै बिताएर विश्वका करोडौ अरबौ मान्छेको मन मस्तिष्कमा बस्न सफल भए । माकर््सले आफनो बाँकीरहेको विश्व कम्युनिस्ट आन्दोलनको बाकीँ कार्यभार एगेंल्स लाइ छोडेर संसारबाट विदा लिए तर उनका महान वैज्ञानिक विचार द्धन्दात्मक भौतिकवादी माकर््सवादी दर्शन जस्ताको तस्तै जिबीत छन ।तिनका ती महान विचार लाइ आत्म साथ गर्न नसक्ने हरुले आज कम्युनिष्ट आन्दोलनलाई साम्राज्यवादका मतियार शंसोधनवादका चाटुकार बनेर दलाल संसदीय भ्रष्टचारको आहालमा डुब्दै सर्बहारा बर्गको मुक्ति विपरीत यात्रामा बाधक बनिरहेका छन ।
बास्तबमा कम्युनिस्ट विचार शिद्धान्त मा अडिग भएर राजनैतिक वैचारीक सहितको नेतृत्व एबं सर्बहारा बर्गको अभिभाबक्त्व प्रदान गर्न सक्ने क्षमता वाल बुद्धि बिवेकी राजनैतिक बैचारीक शैद्धान्तिक विषय बस्तुमा निपूर्ण ब्यक्तित्व अन्तिम क माओ भन्दा पछाडि विश्वका कुनै पनि देशमा जन्मन सकेनन ।त्यसकारण बर्तमान विश्व कम्युनिष्ट आन्दोलनको परिवेश र नेपालको कम्युनिष्ट आन्दोलन माथि साम्राज्यवाद दलाल पुँजीवाद र शंसोधनवाद एनजीओ आइएनजीओ दक्षिण पन्थि अबसरवादले चारैतिरबाट घेराबन्दी गरेर आक्रमण मात्र नभै धरापमै पार्ने बर्गीय मुक्तिको लागि जीवन बलीदान गर्ने महान क्रान्तिकारी लाल योद्धा माथि निसाना बनाइरहेका छन ।जसको ज्वलन्त उदाहरण हालै भाद्र २३,२४को जेनजी विद्रोह माथि भएको कुठाराघात त्यहि आन्दोलनको जगमा टेकेर बनेको कठपुतली सरकारको रबैयामा पराधिन साम्राज्यवादको ग्राइनडिजाइनमा भएको निर्वाचन रवि बालेनको एकताका फेरि जेनजी आन्दोलन पछि भ्रष्टचारी हरुका नयाँ नयाँ तरिकाबाट जनताका आखाँमा छारो हालेर जुनकुनै हरकत बाट गुमेको विरासत र्फितागर्ने तर कम्युनिस्ट आन्दोलन लाइ जसरी पनि समाप्त पारेर साम्राज्यवादको पृष्ठपोषण गर्ने बाहेक अन्य हुन सक्दैन ।
नेपालको कम्युनिस्ट आन्दोलन माथि साम्राज्यवादले किन निशानाको तारो बनाउन सफल भएको छ र किन कम्युनिस्ट आन्दोन धरापमा पर्दै छ ?
१) कम्युनिस्ट विचार सिद्धान्त बाट नेतृत्व को विचलन यसको प्रमुख कारण हो । कुनै पनि सस्थाको प्रमुख नेतृत्व भनेको सस्थाको मूल्य मान्यता संग जोडिएको हुन्छ ।नेतृत्वले सस्थालाइ जता डोराउँछ सस्था उतै उतै डोराइन्छ ।सस्था राम्रो नराम्रो दुबैको जस अपजस सस्थाको भविष्य सम्पूर्ण पक्ष नेतृत्वमै जान्छ । कम्युनिस्ट को नेतृत्व को जीम्मेवारी बहन गर्नु भनेको फलामको चिउँरा चपाए सरी हुन्छ ।कम्युनिष्ट नेतृत्वले संसार लाइ बुझन र बदल्न को लागि सब भन्दा पहिले स्वयं आफै सच्चिने बदलिने भएन भने बाँकी सबै कुरा कल्पना मात्र हुन्छ । खोक्रो कुरा कसैले पत्याउने हुदैन सबै निरर्थक हुन्छ, जस्का केहि उदाहरणहरुः
क) सर्ब प्रथम म कम्युनिस्ट हुँ भन्ने कुरा समाजले विश्वास गर्ने आधार र कम्युनिस्ट विचारकमा हुनु पर्ने अनीबार्य सर्त त्यसमा पनि नेतृत्वमा हुनु पर्ने गुण हरु के के हुन ?त्यसबारे निम्न ब
१)अनुशासन । २) जुन सुकै पक्षमा पारर्दसीता । ३) विद्धान सबै कुरामा दक्ष निपूर्ण ठोस बस्तुको ठोस विश्लेषण गर्न सक्ने । ४) दया माया स्नेह सहितको निडर । ५ ) त्यागी ६) इमान्दार । ७) निजी सम्पत्तिको लोभ मोह देखि टाढा रहन सक्ने । ८)विपक्षी लाइ पनि आर्कषण गरेर आफनो विचारमा सहमत गराउँन सक्ने क्षमता वाल कुटनीतिज्ञ छलछाम देखि सावधान रहने । ११) साधा जीवन उच्च विचार भएको । १२)परिश्रमी ।१३)भौतिकवादी विचारमा दृढ कुनै पनि कुलत शब्द सम्म नअगाल्ने । १५) विषय बस्तुको अध्यता ।१६) सत्य मा अडिग अन्याय अत्याचारको विरोध गर्न सक्ने । १७) समस्या आपत विपत मा धैर्य संयमता अपनाएर समस्याको माकर््सवादी तरिकाले हल गर्न सक्ने ।१८)भद्र स्वभाभाब कम बोलेर धेरै काम गर्न सक्ने । १९ ) समाजमा आफनो पारिबारीक जीबन नमुना योग्य बनाउन सक्ने । २०) स्वाभीमानी । आत्म रक्षाको प्रशिक्षक एबं स्वस्थ निस्वार्थ समाजसेवि लगाएतका अन्य झिना मसिना कुराहरुमा कहि कतै विरोधिले प्रश्न चिन्ह खडा गर्न नसकोस ।
जति विषयबस्तु माथि उल्लेखित भए, सम्पूर्ण कुराको रतिभर कमी नभएका शक्तिशाली ब्यक्तित्व भनेका विश्वका शक्तिशाली शाहसी वैेज्ञानिक विद्धान दार्शनिकहरु भनेकै अहिले सम्म पनि माकर््स,एगेंल्स, लेनीन , स्टालिन र माओ यिनै ५वटा हुन । त्यसैले उनीहरुको कार्यकाल सफल भयो सफल्ता हासिल गरे र मात्र मालेमावाद एबं दर्शन शास्त्रका ज्ञाता विचारका खम्बाको रुपमा परिचित भए । कम्युनिष्ट आन्दोलन पुरानो इतिहास जसले सिगों युगलाई बदल्न सक्ने शक्तिशालि हुन्छ तर विडम्बना अहिले नेपालको कम्युनिष्ट आन्दोलनको माथि उल्लेखित कारण बाटै साम्राज्यवादले मौका पायो र समाप्त पार्नमा अहोरात्र लागि परेको छ । यदि यहि अबस्था रहेमा सायद नेपालको कम्युनिस्ट आन्दोलन र कम्युनिस्टको विचारमा निष्ठावान ब्यक्ति समेत राँको बालेर खोज्नु सम्मको अबस्थामा पुग्दै छ र अब कम्युनिस्ट आन्दोलन नै समाप्त हुने अबस्थाका खतर्नाक संकेतहरु देखिदै छन । दर्शन दृष्टिकोण त्याग तपस्या स्वार्थ विहिन इमान्दारीता नैतिक्ता मेहनत उत्पादन बाट र्निभरता हरेक बिषय बस्तुमा पार्दशिता विस्वास विगत देखि हाल सम्म जीवन बलिदान गर्ने बेपत्ता घाइते अपागं हरु प्रति को जीम्मेबरीता सम्मान भविष्यको ग्यारेन्टी शिक्षा स्वास्थ्यग गास बास कपासको ग्यारेन्टी लगाएतका कुरा जे जति हुनु पर्दथ्यो हुन सकेन त्यसको बदला आफ्नै र आफन्त नातावाद कृपावाद भ्रष्ट अबसरवाद मनले चाहेकबो नभएमा गुट उपगुट हुदै पार्टी फोडने विर्सजनको बाटो मात्र उज्यालो देख्ने इमान्दार कार्यकर्ता प्रतिको अपमान गर्ने षडयन्त्रकारी भाष तर्फ जान खोजेकै कारण विश्व कम्युनिष्ट आन्दोलन धरापमा पर्दै जाने थुप्रैे खतराका संकेत अहिलेको परस्थितिले देखाउदै गएको अबस्था छ । त्यसकारण समयमै यस प्रति ध्यान आन्दोलनका नेतृत्वदायी भूमिका खेल्नेहरु सबैले समयमै विचार पुराइएन भने भोलिका चिन्ताको कुनै अर्थ रहने छैन सबैमा चेतना जागोस धन्यवाद ।