काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले एक प्रेस वक्तव्य जारी गर्दै कुरा क्रान्तिको गर्ने तर संगठनात्मक संलग्नता क्रान्तिविरोधी पार्टीमा खोज्ने घोर अवसरवादी प्रवृत्तिलाई परास्त गर्न क्रान्तिकारी पङ्क्तिलाई आह्वान गर्नुभएको छ ।
वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टीका वैकल्पिक केन्द्रीय समिति सदस्य नेत्र शाही विरोधी पार्टीमा प्रवेश गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो प्रेस वक्तव्य जारी गरिएको छ । कुरा क्रान्तिको गर्ने तर संगठनात्मक संलग्नता क्रान्तिविरोधी पार्टीमा खोज्ने घोर अवसरवादी प्रवृत्तिलाई परास्त गर्न पार्टी क्रान्तिकारी पङ्क्तिलाई आह्वान गर्दछ ।’





























