अराजकता, गुटबन्दी, अनियमिततामा संलग्न भएको आरोपमा संगठनका उपाध्यक्षलगायतलाई अखिल (क्रान्तिकारी)ले गर्यो निष्कासन

अराजकता, गुटबन्दी, अनियमिततामा संलग्न भएको आरोपमा संगठनका उपाध्यक्षलगायतलाई अखिल (क्रान्तिकारी)ले गर्यो निष्कासन

काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी)ले संगठनको अनुशासनलाई उलंघन गर्दै संगठानिक अराजकता, गुटबन्दी, अनियमितता गरी संगठनको विधान बिपरितको कार्य गरेको आरोपमा संगठनका उपाध्यक्ष नेत्र बहादुर शाही (कालिकोट), सचिवहरु नमराज बिक(कालिकोट), नर बहादुर कुमाल (कालिकोट), कोषाध्यक्ष लक्ष्मण बिक (कालिकोट), केन्द्रीय सदस्यहरु लक्ष्मण बम (कालिकोट), निर्मला लुहार (कालिकोट), मोहनविर कुमाल (कालिकोट), देबेन्द्र शाही (कालिकोट) र प्रकाश वि.क. (अछा) लाई संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

संगठनका अध्यक्ष महेश श्रेष्ठले जारी गरेको वक्तव्यमा संगठनका सम्पुर्ण नेताकार्यकर्ता कमरेडहरु, शुभचिन्तक र समर्थक विद्यार्थी मित्रहरूलाई भ्रमित नहुन हार्दिक अनुरोध गर्नुभएको छ ।