मे २२, २०२६
संक्षिप्त संस्करण
नवउपनिवेशहरूमा २१ औं शताब्दीमा साम्राज्यवाद र फासीवाद सम्बन्धी छैठौं ल्म्ँए अन्तर्राष्ट्रिय सैद्धान्तिक सम्मेलनको लागि मुख्य लेख
यसको अघिल्लो सैद्धान्तिक सम्मेलनमा, हामीले साम्राज्यवादी केन्द्रहरूमा फासीवादको परीक्षण ग¥यौं । एकाधिकार पुँजीवादको गहिरो संकटले उदार लोकतन्त्रको क्षय र उन्नत पुँजीवादी अर्थतन्त्रहरूमा अति–दक्षिणपन्थी, खुलारूपमा प्रतिक्रियावादी शक्तिहरूको उदय कसरी निम्त्याएको छ भनेर हामीले विश्लेषण ग¥यौं । हामीले लेनिन, स्टालिन र दिमित्रोभको योगदानबाट फासीवादका सैद्धान्तिक आधारहरू पुनः समीक्षा ग¥यौं र आजको विश्वको वर्तमान अवस्थामा तिनीहरूलाई मिलाएर हे¥यौं ।
त्यो छलफलले हामीलाई साम्राज्यवादी क्षय र सर्वहारा क्रान्तिको वर्तमान युगभित्र फासीवादको उदयलाई बुझ्न अनुमति दियो । हामीले पुँजीवादको द्रूत पतन, साम्राज्यवादी युद्धहरू र श्रमिक–वर्ग संघर्षको पुनरुत्थानको अवधिभित्र यसको उदय भएको देख्यौं । यस सम्मेलनमा, हामीले हाम्रो ध्यान नवउपनिवेशहरूको फासीवादमा केन्द्रित गरेका छौ, जहाँ साम्राज्यवादले आफ्नो सबैभन्दा स्थापित, नाङ्गो र क्रूर रूप धारण गर्दछ ।
हामी एउटा प्रमुख भिन्नतालाई जोडदिएर सुरु गर्छौं । साम्राज्यवादी केन्द्रहरूमा, फासीवाद चरम प्रतिक्रियावादी विचारहरू अन्ध–राष्ट्रवाद र साम्यवादको विरोधमा आधारित राजनीतिक आन्दोलनको रूपमा देखा प¥यो । राज्यशक्ति कब्जा गर्न, बुर्जुवा लोकतान्त्रिक प्रणालीलाई उल्टाउन र श्रमिक वर्गको विरुद्धमा प्रयोग गर्न पुँजीवादी आर्थिक उथल–पुथलका बीचबाट यसले फाइदा उठायो ।
तर नवउपनिवेशहरूमा, फासीवादको उदय साम्राज्यवादद्वारा लगाइएको बलजफ्तिपूर्ण रुपमा गरिएको राज्यको गठनसँग जोडिएको छ । यसले निर्बाधरुपमा अर्धसामन्ती शोषण गर्न र राष्ट्रिय प्रतिरोधलाई दबाउन स्थानीय ठुला बुर्जुवा दलाल स्वार्थहरूसँग मिलेर काम गर्दछ ।
फिलिपिन्सले यस घटनाको स्पष्ट ऐतिहासिक उदाहरण प्रदान गर्दछ । यहाँ, फासीवादले गत शताब्दीको पूर्वार्धमा अमेरिकी औपनिवेशिक र नवऔपनिवेशिक आधिपत्यको रूप लिएको थियो । अमेरिकी साम्राज्यवादीहरूले फासीवादलाई प्रयोग गरे र पछि यसलाई राज्यमै संगठित गरे, उदार लोकतन्त्रका सबै गहना र रुपलाई ढाकछोप गरे ।
१९४६ मा नवऔपनिवेशिक राज्यको स्थापना भएदेखि विगतका आठ दशक अमेरिकी कठपुतली शासनको क्रमबद्ध इतिहास हो । तिनीहरूले लोकतन्त्रको बहानामा राजनीतिक दमनका प्रणालीलाई परिष्कृत गर्दैआएका छन् । तैपनि, १९६९ देखि संगठित क्रान्तिकारी प्रतिरोधको उदयसँगै, यो नवऔपनिवेशिक राज्यको फासीवादी गुदीलाई ढाक्ने बाहिरी बोक्राहरु खस्दैजाने क्रम बढ्दो छ ।
क्ष्. फिलिपिन्समा फासीवादी कठपुतली राज्यको उत्पत्ति
फिलिपिनी औपनिवेशिक विजय र साम्राज्यवादी शासनको सम्पूर्ण ऐतिहासिक प्रक्रियाबाट जन्मिएको एउटा अर्धऔपनिवेशिक र अर्धसामन्ती समाज हो । शताब्दीको सुरुवातमा, देश अमेरिकी वित्तीय पुँजीको “सबैभन्दा प्रतिक्रियावादी, सबैभन्दा अहङ्कारवादी र अति साम्राज्यवादी तत्वहरू” को नाङ्गो आतंकवादको अधीनस्थ र खुला औपनिवेशिक शासन अन्तर्गत रहेको थियो । फासीवाद फिलिपिन्सको सामाजिक–आर्थिक विकासको एक विशिष्ट मोडमा देखा परेको होइन । बरु, यसलाई नवऔपनिवेशिक राज्यको रूपमा अमेरिकी साम्राज्यवादद्वारा संगठित गरिएको र लादिएको थियो । यसको उद्देश्य उत्पीडित र शोषित जनताको वर्ग विरोधलाई दबाउनु र देशलाई निर्ममतापूर्वक लुट्नुु थियो ।
एकाधिकार पुँजीवादको संकटसँगै अमेरिकी साम्राज्यवादले फिलिपिन्समा फासीवाद निर्यात ग¥यो । २० औं शताब्दीको अन्त्यमा यसले आफ्नो देशमा भएको आर्थिक उथलपुथल र श्रमिक–वर्गको बढ्दो अशान्तिसँग जुध्नु प¥यो । तैपनि, अमेरिकी साम्राज्यवादीहरूले फिलिपिन्स र अन्य विदेशी भूमिहरूमाथि क्रूर फासीवाद प्रयोग गरी ती देशमाथि विजय हासिल गरेर घरेलु बुर्जुवा लोकतान्त्रिक प्रणाली कायम राख्न सफल भए । कच्चा पदार्थहरू कब्जा गर्ने, सस्तो श्रमको शोषण गर्ने र देशलाई अमेरिकामा बचेका मालको डम्पिङ ग्राउन्ड बनाउँने काममा जनताले गरेको प्रतिरोधलाई निर्ममतापूर्वक दबाए । यो साम्राज्यवादीहरूका बीच विश्व विभाजन पूरा हुनुभन्दा पहिले र साम्राज्यवादी केन्द्रहरूमा फासीवादको उदय हुनुभन्दा अघि भएको थियो ।
१८९९ देखि १९०२ सम्म, अमेरिकाले विजयको क्रूर युद्ध सुरु ग¥यो । यसले तीन शताब्दीको स्पेनी औपनिवेशिक शासनलाई सफलतापूर्वक समाप्त पार्ने १८९६ को फिलिपिनी क्रान्तिलाई उल्टाउन फासीवादी हिंसाका सबैभन्दा क्रूर रूपहरू प्रयोग ग¥यो । यस क्रममा करिब २००,००० भन्दा बढी फिलिपिनी नागरिकहरू मारिएको अनुमान छ, जबकि अनिकाल तथा रोगका कारण त्यो सङ्ख्या ६ लाखदेखि १० लाखसम्म पुग्न सक्छ । अमेरिकी सेनाहरूले पृथ्वीमा भएका सम्पूर्ण चीज डढाउने (क्अयचअजभम(भ्बचतज) कार्यनीति प्रयोग गर्दा अधिकांश क्षेत्रहरू जनसंख्या विहीन भए ।
सबैभन्दा कुख्यात उदाहरणहरू मध्ये एक सेप्टेम्बर २८, १९०१ मा भएको बालाङ्गिगा नरसंहार थियो । समरमा अमेरिकी सेना विरुद्ध भएको जनविद्रोह पछि, अमेरिकी सेना विनाशको असमान अभियानका साथ प्रतिकारमा उत्रिए । ब्रिगेडियर जनरल ज्याकब स्मिथले आफ्ना सेनाहरूलाई टापुलाई “रुवावासीगर्ने उजाड भूमि” (ज्यधष्लिन ध्ष्मिभचलभकक) मा परिणत गर्ने र दस वर्ष भन्दा माथिका सबै पुरुषहरूलाई मार्ने आदेश दिए । सुलुमा, अमेरिकी सैनिकहरूले १९०६ मा बड दाजो पहाडमा १,००० भन्दा बढी मोरो मानिसहरूको नरसंहार गरे; र १९१३ मा बड बागसाकमा ५०० भन्दा बढी मानिसहरूको हत्या गरे ।
फिलिपिनोहरूलाई “जंगली”, “विदेशी आदिम”, “साना खैरे बाँदर”, वा “अमानवीय“ भनेर चित्रण गरी “पाशविक घृणा” र जातीय तथा अमानवीय गालीको प्रयोगबाट प्रतिबिम्बित गरिन्थ्यो, तिनलाई “महान गोरा मानिसहरू” को “मार्गदर्शन” आवश्यक थियो भनी अमेरिकी साम्राज्यवादीहरुले भन्ने गर्दथे ।
अमेरिकी औपनिवेशिक विजयले फिलिपिनी जनताको लोकतान्त्रिक आकांक्षालाई खोसेको थियो । यसले स्पेनी औपनिवेशिक शासनको निरंकुश सामन्ती प्रणालीलाई कायम राख्दै र एकाधिकार पुँजीवादको सेवा गर्न उत्पादनको मोडलाई पुनर्निर्देशित गर्दै अथक हिंसा निम्त्यायो । ठुला सम्पत्तिहरू अक्षुण्ण रहे, र किसानहरू अत्यधिक भाडा र ऋण बन्धनमा फस्दै गए ।
व्यापक विधायीकि र कार्यकारी अधिकार प्रयोग गर्दै युद्ध पूर्ण रूपमा शान्त हुनुभन्दा अघि नै अमेरिकाले १८९९ मा फिलिपिन्स आयोग मार्फत् आफ्नो शासनलाई सुदृढ गर्न थाल्यो । अमेरिकाले १९०१ मा आन्तरिक शान्ति कायमगर्ने तथा दमनकारी उपकरणको रूपमा काम गर्ने फिलिपिनी स्काउट्स र फिलिपिनीनी न्स्टेबुलरी पनि स्थापना ग¥यो ।
फिलिपिनो प्रतिरोध कायम रह्यो, जसमा मिगुएल मालवार, सिमोन ओला, मकारियो साकेको नेतृत्वमा छापामार लडाकुहरू र मोरो विद्रोहहरू समावेश थिए । अमेरिकी औपनिवेशिक शासनले ब्रिगेन्डेज ऐन अन्तर्गत प्रतिरोधगर्ने लडाकुहरूलाई “डाकु“ को रूपमा अपराधीकरण गरेर प्रतिक्रिया दियो । १९०१ को राजद्रोह विरोधी कानूनले स्वाधीनताको वकालत गर्ने सबै प्रयासहरूलाई गैरकानूनी बनायो । यी कानूनहरूले व्यवस्थित दमनको लागि आधार तयार पारे ।
अर्धऔपनिवेशिक व्यवस्थालाई सुदृढ गर्नका लागि लोकतान्त्रिक देखिने तर अमेरिकी हितको अधीनमा रहने राजनीतिक संरचनाहरू खडागर्नु यसको केन्द्रीय प्रश्न थियो । १९१६ को जोन्स ऐनले अन्ततः “स्वतन्त्रता“ को प्रतिज्ञा त ग¥यो तर यसले स्थानीय शासक वर्गहरूलाई भर्तिगर्ने संयन्त्रको रूपमा काम ग¥यो । यो वाचालाई टाइडिंग्स–म्याकडफी ऐन मार्फत औपचारिक रूप दिइयो, जसमा अमेरिका–अनुमोदित संविधानका आधारमा निर्मित राष्ट्रमण्डल सरकार स्थापना गरी “पवित्र बुर्जुवा लोकप्रियतावादी अभिव्यक्ति र स्व–शासनको मिथकको छलावरण अन्तर्गत अमेरिकी साम्राज्यवाद र स्थानीय शासक वर्गहरूको हितलाई संश्लेषण र मिलान गर्न डिजाइन गरिएको थियो ।”
यी विकासहरूको बीचमा, प्रतिरोधको एक नयाँ रूप देखा प¥यो । १९३० मा, क्रिसेन्टो इभान्जेलिस्टाको नेतृत्वमा पार्टीडो कम्युनिस्टा पिलिपिनास (पीकेपी) स्थापना भयो । रूसी अक्टोबर क्रान्तिबाट प्रेरित भएको पीकेपीले श्रमिक–वर्गको नेतृत्वमा क्रान्तिकारी आन्दोलनतर्फ निर्णायक फडका मा¥यो । १९३२ मा अमेरिकी औपनिवेशिक सरकारले पीकेपीलाई तुरुन्तै गैरकानूनी घोषित ग¥यो ।
१९४२ मा, जापानी साम्राज्यले फासीवादी दमनलाई चौतर्फी प्रयोग ग¥यो र फिलिपिन्समाथि अक्रमण गरी कब्जा ग¥यो, यसबाट अथाह पीडा भयो र अनुमानित ५ लाखदेखि १० लाखभन्दा बढी फिलिपिनी जनता मारिए ।
१९४२ मा, पीकेपीको नेतृत्वमा, हुक्बालाहाप स्थापना भयो, जसले दशौं हजार किसान र कामदारलाई छापामार सेनामा संगठित ग¥यो । जनतामा जरा गाडेर, हुक्बालाहापले निरन्तर छापामार युद्ध चलायो र जापानी कब्जालाई कमजोर पार्न निर्णायक भूमिका खेल्यो ।
१९४५ मा जापानीहरूको पराजयसँगै, अमेरिकी साम्राज्यवाद पुनः नियन्त्रण गर्न फर्कियो । पुनर्निर्माणको बहानामा, अमेरिकाले जुलाई ४, १९४६ मा नाममात्रको स्वतन्त्रता प्रदान गरेपनि आफ्नो प्रभुत्वलाई सुदृढ बनायो ।
बेल व्यापार ऐन, फिलिपिनी पुनर्वास ऐन, र लरेल–ल्याङ्गली सम्झौताले अमेरिकीहरूलाई “समानताको अधिकार” प्रदान गरेर, फिलिपिनी मुद्रालाई अमेरिकी डलरसँग बाँधेर, र व्यापार प्राथमिकताहरू प्रदान गरेर अमेरिकी आर्थिक प्रभुत्वलाई संस्थागत गरायो । सैन्य अखडाको सम्झौता र पारस्परिक रक्षा सन्धिले अमेरिकाको स्थायी सैन्य उपस्थितिलाई सुनिश्चित ग¥यो, फिलिपिन्सको प्रतिक्रियावादी सशस्त्र सेनालाई अमेरिकी रणनीतिक हितमा एकीकृत ग¥यो ।
फिलिपिनी नवऔपनिवेशिक राज्य अमेरिकी साम्राज्यवादी हितहरू लागू गर्ने, जमिन्दारहरू तथा दलाल पुँजीपतिहरूको सम्पत्तिको रक्षा गर्ने र क्रान्तिकारी आन्दोलन दमन गर्ने स्थायी साधन बन्यो । यसरी, नव–औपनिवेशिक राज्य अन्तर्गत अर्ध–औपनिवेशिक र अर्ध–सामन्ती व्यवस्थालाई सुदृढ गरियो ।
क्ष्क्ष्. फिलिपिन्समा नवऔपनिवेशिक फासीवादी राज्यको विकास
विशेष गरी किसान तथा कम्युनिस्ट आन्दोलनको प्रतिक्रिया स्वरुप नवऔपनिवेशिक राज्यको फासीवादी चरित्र सुरुदेखि नै स्पष्ट थियो । सुरुदेखि नै अमेरिकी साम्राज्यवादीहरूले लोकतन्त्रको मुकुण्डो निर्माण गर्दै कम्युनिस्ट विरोधी दमनका आधारमा आफ्नो ग्राहक–राज्यलाई सुदृढ गरे । अमेरिकी निर्देशिकाहरूले फिलिपिन्नी राज्यको दिशा निर्धारण गरेपछि “प्रति–विद्रोह” को ढाँचा अगाडि बढाए ।
१९४५ मा, अमेरिकी सेनाहरूले मालोलोसमा हुकको स्क्वाड्रन ७७ को नरसंहार गरे । १९४० को दशकको अन्त्य र १९५० को दशकको सुरुमा, फिलिपिनी सरकारले हुकहरू विरुद्ध सैन्य अभियान सुरु ग¥यो । १९५० मा, मालीवालु नरसंहारमा पाम्पाङ्गाको बाकोलरमा २० भन्दा बढी किसानहरू मारिए ।
अमेरिकी सल्लाहमा म्यागसेसेलाई शुद्ध सैन्य दमनबाट “मुटु र मन जित्ने” अभियान तर्फ मोड्यो । । विकसित सैन्य गुप्तचरले एएफपीलाई १९५० मा पीकेपी र हुक नेतृत्वको सम्पूर्ण सचिवालयलाई पत्तालगाउन र पक्राउ गर्न अनुमति दियो । गम्भीर विचारधारात्मक त्रुटिहरूका कारण क्रान्तिकारी आन्दोलन प्रतिक्रान्तिलाई प्रभावकारी रूपमा सामना गर्न असफल भयो ।
हुकहरूको दमन पछि, सरकार आफ्नो विजय सुदृढ पार्न अघि बढ्यो । १९५७ को विध्वंस–विरोधी ऐनले साम्यवादको विरोधलाई राज्यनीतिको रूपमा संस्थागत ग¥यो । डिओसडाडो म्याकापागल अन्तर्गत, १९६१ मा म्याकार्थीवादको शैलीमा कम्युनिस्टहरुलाई बोक्सीलाई झैं लखेट्न थालियो ।
विद्यार्थीहरुका तर्फबाट गरिएको तीव्र विरोधका कारण १९६१ को सुनुवाइ रोकियो । यसपछि १९६४ मा काबाताङ मकाबायन (प्ः) र १९६८ मा क्म्प् को स्थापना भयो । सामाजिक अशान्ति तीव्र भयो, १९७० को पहिलो चौथाइमा यो उत्कर्षमा पुग्यो । यसका साथै, १९६८ मा पुनस्र्थापित फिलिपिनी कम्युनिष्ट पार्टीको नेतृत्वमा १९६९ मा नयाँ जनसेनाको स्थापनासँगै पुनः सशस्त्र क्रान्ति सुरु भयो ।
देशभक्त शक्तिहरूको पुनरुत्थानसँगै, अमेरिकी निर्देशनमा प्रतिक्रियावादी राज्य “फासीवादीकरण” को प्रक्रियामा अगाडि बढ्यो । उदार लोकतन्त्रका गहनाहरु खिइँदै गए, जसले सेनाको बढ्दो भूमिकालाई बाटो खोलिदियो । व्ग्क्ःब्न् को सल्लाहमा फिलिपिनी सशस्त्र बल (ब्ँए) ले नागरिक तथा राज्य मामिलामा ठुलो भूमिका खेल्यो ।
मार्शल ल र खुला फासीवादी शासन
फर्डिनान्ड मार्कोस सिनियरले फासीवादी तानाशाही स्थापना गरी १९७२ मा मार्शल ल घोषणा गरे । अमेरिकाको पूर्ण समर्थनमा, मार्कोसले कांग्रेस खारेज गरे, नागरिक स्वतन्त्रता निलम्बन गरे र हुकुमी शासन चलाए । उनले प्रमुख उद्यमहरूलाई एकाधिकारी बनाएर र देशलाई गम्भीर ऋणमा डुबाएर नोकरशाही पुँजीवादको विस्तार गरे ।
सेना र प्रहरी संरचनाहरुको व्यापक विस्तार भयो । श्रमिक, विद्यार्थी तथा पत्रकारहरू सहित दशौं हजारलाई पक्राउ गरियो । यातना, जबरजस्ती बेपत्ता पार्ने कार्य र गैरन्यायिक हत्या संस्थागत साधन बने ।
मार्शल लले प्रतिविद्रोही बाटो खोल्ने प्रारम्भिक भूमिका खेल्यो । एएफपी र फिलिपिनी कन्स्टेबुलरीले प्राथमिक स्तम्भको रूपमा काम गरे । मार्कोसले “कोपिलामै निमोठ” अभियान र अमेरिकाद्वारा निर्देशित ओप्लान काटाटागन चलाए । सम्पूर्ण समुदायहरू सैन्य कब्जा, खाद्य नाकाबन्दी र नरसंहारको शिकार भए ।
१९८० को दशकको मध्यतिर, व्यापक विरोध प्रदर्शन, आर्थिक पतन र शासक वर्ग भित्रको झगडाले १९८६ मा मार्कोसको पतन भयो ।
मार्शल ल पछि
मार्कोसको बर्खास्तीले रूपमा परिवर्तन ल्यायो, तर सारमा होइन । नवऔपनिवेशिक फासीवादी शासनको आधारभूत संरचनाहरू यथावत रहे ।
“लोकतन्त्र पुनस्र्थापना“ को जामाका बावजुद, जनवरी १९८७ को मेन्डियोला नरसंहारमा फासीवादी चरित्रको पर्दाफास भयो, जहाँ राज्यको सेनाले भूमि सुधारको लागि प्रदर्शन गरिरहेका किसानहरूमाथि गोली चलाएको थियो । यो मार्कोस पछिको शासनले कुनै पनि माध्यमबाट जग्गाधनी र दलालको हितको रक्षा गर्नेछ भन्ने स्पष्ट घोषणा थियो ।
एक्विनो सरकारले ओप्लान मामामायन र ओप्लान लाम्बाट बिटाग मार्फत् प्रति–विद्रोहलाई चर्कायो । १९९२ मा फिडेल रामोसलाई अगाडि सारिएपछि सैन्य नियन्त्रण बढाउने काममा एउटा महत्वपूर्ण मोड आयो । उनले अमेरिकी निर्देशनमा दमनका तीन अभियानहरू सुरु गरे ।
जोसेफ एस्ट्राडाको शासनले सैन्यवादी दमनसँग लोकप्रियतावादलाई जोड्यो । १९९९ मा, उनले ओप्लान मकाबायन सुरु गरे, जुन सीपीपी र एनपीएलाई नष्ट गर्ने उद्देश्यले गरिएको एक समग्र युद्ध रणनीति थियो ।
ग्लोरिया मकापागल एरोयोको नेतृत्वमा अमेरिकाको नेतृत्वमा रहेको “आतंकवाद विरुद्धको युद्ध” बाट लिइएको फासीवादी मेसिनरी विस्तार गरियो । उनले प्रतिक्रान्तिकारी युद्धलाई “आतंकवाद” विरुद्धको अन्तर्राष्ट्रिय लडाइँको एक अंशका रूपमा अथ्र्यायिन । एरोयो शासनले कार्यकर्ता, पत्रकार र ट्रेड युनियनवादीहरूलाई लक्षित गर्दै ओप्लान बान्टे लाया क्ष् र क्ष्क्ष् सञ्चालन ग¥यो । यस अवधिमा गैरन्यायिक हत्यामा तीव्र वृद्धि भयो । २००७ को मानव सुरक्षा ऐनले “आतंकवाद विरुद्ध युद्ध” को सिद्धान्तलाई कनूनी रुपदियो ।
बेनिग्नो एक्विनो क्ष्क्ष्क्ष् अन्तर्गतको फासीवादी शासनलाई “सुशासन” को रुपमा अथ्र्याइयो । उनको प्रशासनले अमेरिकी प्रतिविद्रोहको निर्देशिकालाई प्रतिबिम्बित गर्दै ओप्लान बयानिहान मार्फत प्रतिविद्रोह ढाँचालाई कायम राख्यो । एक्विनोले एएफपीलाई यस क्षेत्रमा अमेरिकी साम्राज्यवादको रणनीतिक कार्यमा चीनसँग बढ्दो प्रतिद्वन्द्विताको सामना गर्र्न अझ एकीकृत हुँदै २०१४ मा सम्बृद्ध रक्षा सहयोग सम्झौता (भ्म्ऋब्) मा हस्ताक्षर गरे ।
रोड्रिगो डुटेर्टेको नेतृत्वमा फासीवादले खुला हिंस्रक चरित्र ग्रहण ग¥यो । उनको “लागुऔषध विरुद्धको युद्ध” आम जनहत्याको फासीवादी अभियान थियो, जुन ग्रामीण इलाकामा निरन्तर प्रतिक्रान्तिकारी अभियानसँग समानान्तर रुपमा चल्दथ्यो । उनले ऋएए, ल्एब् र ल्म्ँए लाई “आतंकवादी संगठन” बताएर २०१७ मा शान्तिवार्ताको अन्त्य गरे । उनले ओप्लान कपानाटागनलाई जारीगरे र मिन्डानाओमा मार्शल ल लागू गरे ।
अमेरिकी निर्देशनमा डुटेर्टेले मारावीलाई घेराबन्दी गरे, अमेरिकी सहयोगमा बम विष्फोट गराई शहर धुलोपिठो बनाए ।
कार्यकारी आदेश ३७० र २०२० को आतंक–विरोधी कानून
तीव्र फासीवादी अभियानको एक केन्द्रीय उपकरणका रुपमा “सम्पूर्ण राष्ट्रिय दृष्टिकोण” लाई संस्थागत गर्ने कार्यकारी आदेश नम्बर ७० (२०१८) थियो । यसले नागरिक एजेन्सी र संस्थाहरूलाई एकीकृत प्रतिविद्रोह कमाण्ड अन्तर्गत राखेर ल्त्ँ–भ्अिबअ सिर्जना ग¥यो । यसले राज्यको मामिला र नागरिक जीवनका सबै पक्षहरूमा सेनाको पहुँच विस्तार ग¥यो ।
ल्त्ँ–भ्अिबअ ले कार्यकर्ता र पत्रकारहरूलाई लक्षित गर्दै कम्युनिस्टको शिकारगर्ने अभियान ब्युँतायो । २०२० को आतंकवाद विरोधी ऐनले राज्यलाई जो केहीलाई पनि “आतंकवादी” बिल्ला भिराउन सक्ने व्यापक शक्ति दियो ।
यो प्रक्षेपण फर्डिनान्ड मार्कोस जूनियर भ्इ ७० अन्तर्गत जारी छ र ल्त्ँ–भ्अिबअ क्रियाशील छ । मार्कोस जूनियरले राष्ट्रिय एकता, शान्ति र विकास कार्ययोजना (ल्ब्ए–ग्एम्) मार्फत् राता मान्छेहरु छान्ने र तिनलाई सैन्य कार्बाहीसँग जोड्ने गरी यसको निर्माण गरे । उनले असहमतिलाई अपराधीकरण गर्न र सम्पत्ति फ्रिज गर्न आतंकवाद विरोधी ऐनको प्रयोगलाई विस्तार गरे ।
मार्कोस जूनियरले भ्म्ऋब् अन्तर्गतका सुविधाहरूलाई विस्तार गरी र चीनलाई कमजोर पार्ने अमेरिकी प्रयासहरूसँग फिलिपिन्सलाई पङ्क्तिबद्ध गरी अमेरिकासँग सैन्य सम्बन्धलाई गहिरो बनाएका छन् । यसले अमेरिकी साम्राज्यवादमाथिको निर्भरतालाई बलियो बनाएको छ ।
सबैलाई एकसाथ मिलाउँदा, यी शासनहरूले फासीवाद नवऔपनिवेशिक राज्यको प्रमुख विशेषता हो भन्ने देखाउँछन् । प्रगतिशील शक्तिहरूका विरुद्ध स्थायी युद्ध गर्न फासीवादी उपकरणलाई निरन्तर परिष्कृत गरिन्छ ।
क्ष्क्ष्क्ष्. प्रतिविद्रोह र फासीवादी प्रतिक्रान्तिका संयन्त्रहरू
फिलिपिन्समा देखिइझैं, नवउपनिवेशहरूमा हुने फासीवादी प्रतिक्रान्ति अमेरिकी साम्राज्यवादद्वारा संचालित एउटा जानीबुझी गरिने राजनीतिक परियोजना हो । प्रो. सिसनले टिप्पणी गरेझैं, “अमेरिकी एकाधिकार पुँजीवादले ग्राहक राज्यहरूमा फासीवादी शासन स्थापना गर्न उक्साउँदै आइरहेको छ … जब यो क्रान्तिकारी जनआन्दोलनबाट अत्यन्त भयभित हुन्छ ।”
यी प्रतिविद्रोह (ऋइक्ष्ल्) का अभियानहरूले राजनीतिक विरोधीहरूलाई हटाउन र परिश्रमी जनतालाई दमन गर्न साम्यवाद विरोधी विचारधारा प्रयोग गर्छन् । ऋइक्ष्ल् को उत्पत्ति फिलिपिन्स–अमेरिकी युद्धमा भएको हो, जहाँ अमेरिकाले जनसंख्या नियन्त्रण, बस्ती विस्तार र आतंक जस्ता कार्यनीतिहरूको विकास ग¥यो । यो सिद्धान्त नवऔपनिवेशिक संसारभरि ग्राहक राज्यहरूमा निर्यात गरियो ।
आधुनिक ऋइक्ष्ल् कार्बाहीहरुलाई जनसंख्या नियन्त्रण, कानुनी संहिताकरण, वैचारिक हेरफेर र उन्नत सैन्य प्रविधिहरूद्वारा परिभाषित गरिएको छ ।
१. वास्तविक मार्शल ल
ऋइक्ष्ल् कार्यनीतिको केन्द्रमा सम्पूर्ण जनसंख्यालाई सैन्य नियन्त्रणमा राख्ने व्यवस्थित उपायहरू रहेका छन् । चेकपोइन्ट, कफ्र्यू र गस्तीहरू मार्फत् समुदायको सैन्यीकरण गरिएको देखिन्छ । “द्वन्द्व क्षेत्रहरू” नाम दिइएका ग्रामीण इलाकाहरूमा चर्का अपरेशनहरू चलाइन्छ, जहाँ जनसंख्यालाई खतराको रूपमा व्यवहार गरिन्छ ।
भारतमा, सम्पूर्ण इलाकालाई “द्वन्द्व क्षेत्र” घोषित गरिएको छ । २००९ मा, राज्यले अपरेशन ग्रीन हन्टको क्रममा ८०,००० अर्धसैनिक सेना तैनाथ गरेको थियो । यसपछि २०२४ मा कागार नामको अपरेशन चलाइयो, जसमा १००,००० सुरक्षाकर्मीहरू सम्मिलित थिए, तिनले गाउँलेहरूलाई सरकार–नियन्त्रित बस्तीहरूमा स्थानान्तरण गर्न बाध्य पारेका थिए ।
फिलिपिन्समा “समग्र राष्ट्रिय दृष्टिकोण” अन्तर्गत यस्तै रणनीति क्रियाशील छ । ग्रामीण क्षेत्रहरुमा सैन्य एकाइहरू तैनाथ गरिएका छन् । सैनिकहरूले चेकपोइन्टहरू स्थापना गर्छन् र व्यापार नियन्त्रण गर्छन् । कोषमा पहुँच स्थापित गर्नका लागि स्थानीय अधिकारीहरू तिनलाई “विद्रोहमुक्त” क्षेत्र घोषणा गर्न बाध्य हुन्छन् ।
जबरजस्ती विस्थापन एक प्रमुख कार्यनीति रहेको छ । सुरक्षा वा विकासको बहानामा र कहिलेकाही खानीका लागि क्षेत्रहरू खाली गर्न भनी समुदायहरूलाई हटाइन्छ । मिलेमतोमा सहायताको पहुँच स्थापित गरिन्छ । फिलिपिन्समा, जमिनको मुद्दाबाट ध्यान अन्यत्र मोड्न “सर्तबद्ध नगद स्थानान्तरण” (ऋयलमष्तष्यलब िअबकज तचबलकाभच) प्रयोग गरिएको छ ।
कब्जा गरिएको प्यालेस्टाइनमा, जबरजस्ती विस्थापन प्रमुख प्रश्न हो । बसोबास गर्नेहरुको नेतृत्वमा गरिने निष्कासनमा सम्पूर्ण समुदाय पर्दछन् । कोलम्बियामा, राज्य र अर्धसैनिक समूहहरूले ँब्च्ऋ लाई समर्थन गर्ने भनी शंका गरिएका समुदायहरूको घरहरू जलाउने र कृषि भूमि कब्जा गर्ने काम गरेर समुदायहरुलाई उच्छेद गरे ।
१. फासीवादी शासनलाई वैध बनाउने कानूनहरू
अमेरिकी सल्लाहकारहरूले फासीवादी दमनलाई संस्थागत गर्दै ऋइक्ष्ल् सिद्धान्तलाई विधायीकी ढाँचामा सम्मिलित गर्न जोड दिए । यसमा विद्रोह विरोधी र आतंकवाद विरोधी कानूनहरूको मस्यौदा तयार गर्ने काम पर्दथे ।
फिलिपिन्समा, १९५७ को विद्रोह विरोधी ऐन मार्कोसद्वारा विस्तार गरिएको थियो । यसलाई २००७ को मानव सुरक्षा ऐन र पछि २०२० को आतंकवाद विरोधी ऐनले प्रतिस्थापन गरेको थियो । यी कानूनले प्रमाण बिना व्यक्तिहरूलाई “आतंकवादी” करार गर्न पर्याप्त अधिकार प्रदान गरेका छन् ।
भारतमा, गैरकानूनी गतिविधिहरू (रोकथाम) ऐन (ग्ब्एब्) ले कुनैपनि व्यक्तिलाई मुद्दा नचलाइकन “आतंकवादी” को बिल्ला भिराउन सक्ने अनुमति दिएको छ । सशस्त्र बल (विशेष शक्ति) ऐन (ब्ँक्एब्) ले कश्मीर जस्ता “अशान्त क्षेत्रहरू” मा सेनालाई सुरक्षाको अधिकार दिएको छ ।
प्यालेस्टाइनमा, दोहोरो कानुनी प्रणालीले शासन गर्दछ ः बसोबास गरेकाहरुलाई नागरिक कानून र प्यालेस्टिनीहरूलाई सैन्य कानून । कुनै आरोप बिना नै सैन्य आदेशले प्रशासनिक नजरबन्दको अनुमति दिन्छ । आतंकवाद विरोधी कानूनले राजनीतिक अभिव्यक्तिलाई अपराधीकरण गर्दछ ।
१. सञ्चार माध्यममा वैचारिक हेरफेर र नियन्त्रण
फासीवादी शासनमा प्रधानरुपमा जबरजस्ती दवाव र सहायकरुपमा विचारधारात्मक प्रभुत्व रहन्छ । प्रो. सिसनले टिप्पणी गरेझैं, “छलछामको नीति जनतामाथि फासीवादी दमनगर्ने एउटै सिक्काको अर्को पाटो हो ।”
वास्तविक मार्शल ल रहेको अवस्थामा पनि फासीवादी राज्यलाई ढाकछोप गर्न र लोकतन्त्रको भ्रम सिर्जना गर्न, प्रतिक्रियावादीहरूले नियमित रूपमा चुनावहरू गर्ने गर्छन् । प्रतिक्रियावादी शासकहरूले आफ्नो शासनको वर्ग चरित्रलाई ढाकछोप गर्न लोकप्रिय नाराहरूको प्रयोग गर्छन् । फिलिपिन्समा, प्रत्येक शासनले यस्ता नाराहरू प्रयोग गरेको छ ः “फिलिपिन्स २०००” देखि “बागोङ पिलिपिनास” सम्म । वर्तमान मार्कोस जूनियरको शासनले विकासको लागि दमन आवश्यक ठान्दछ ।
९÷११ पछि, “आतंकवादसँग लड्ने” नाराले “साम्यवादको विरोध” लाई विस्थापन गरेको छ । भारतमा, हिन्दुत्व विचारधाराले कार्यकर्ताहरूलाई “शहरी नक्सल“ को नाम दिइएको छ ।
यी नाराहरू अमेरिका–नियन्त्रित मिडियासँग जोडिएका छन् । राज्य र कर्पोरेट मिडियाले क्रान्तिकारी आन्दोलनहरूलाई खतराको रूपमा चित्रण गर्छन् । सीआईए–निर्देशित एसिया फाउन्डेसन र नेशनल एन्डोमेन्ट फर डेमोक्रेसीले दक्षिणपूर्वी एसियामा काम गरेका छन्, अमेरिकी हितसँग मिल्दोजुल्दो कथा बनाएर अभिजात वर्गलाई प्रशिक्षण दिइरहेका छन् ।
प्यालेस्टाइनमा, यहुदीवादी र अमेरिकी भनाइले प्रतिरोधलाई “सभ्यता” का लागि खतराको रूपमा प्रस्तुत गर्छन् । प्रेस स्वतन्त्रतामाथिको प्रतिबन्धले वैकल्पिक आवाजहरूलाई दबाउँछ ।
१. उन्नत सैन्य प्रविधिहरूको एकीकरण
फासीवादी नियन्त्रणको सुदृढीकरण बढ्दो रूपमा उन्नत निगरानी र डिजिटल दमनमा निर्भर गर्दछ ।
फिलिपिन्समा, डिजिटल निगरानी एउटा प्रमुख साधन हो । एएफपीले जीपीएस ट्र्याकिङ, मोबाइल मेटाडेटा ट्रलिङ र हवाई निगरानी प्रयोग गर्दछ । सामाजिक सञ्जाललाई “विध्वंसक” गतिविधि भनी निगरानी गरिन्छ । अमेरिका र इजरायल–निर्मित ड्रोनहरू कार्बाहीका अभिन्न अंग बन्न गएका छन् ।
प्यालेस्टाइनमा, अमेरिका–समर्थित शासनले सामाजिक सञ्जाल र बायोमेट्रिक डेटालाई “भविष्यवाणी गर्ने पुलिसिङ” (एचभमष्अतष्खभ एयष्अिष्लन) प्रणालीमा एकीकृत गर्दै पलान्टिरको प्रविधि प्रयोग ग¥यो । गाजा यी नियन्त्रणहरूको लागि परीक्षण स्थल बनेको छ ।
भारतमा, मोदी सरकारले गतिविधि पत्तालगाउन एआई–संचालित ड्रोन प्रणाली र थ्रु–वाल रडारहरू प्रयोग गर्दछ ।
यी संयन्त्रहरूको केन्द्रमा अमेरिकी साम्राज्यवाद छ, जसले उन्नत प्रविधिहरू आपूर्ति गर्दै आएको छ । निरन्तर दमन गर्नुपर्ने आवश्यकताले अर्ध–औपनिवेशिक समाजको गहिरो संकटलाई प्रतिबिम्बित गर्दछ । तीव्र हुँदै गइरहेको फासीवादी नियन्त्रण र उत्पीडितहरूको स्थायी संघर्षका बीचको अन्तर्विरोधबाट नै क्रान्तिकारी संघर्षको आवश्यकता पैदा हुन्छ ।
फासीवाद तथा साम्राज्यवादको अन्त्यका लागि जनयुद्ध गरौं
नवउपनिवेशहरूमा फासीवादलाई केवल एक तदनुरूप संगठित क्रान्तिकारी शक्तिले मात्र पराजित गर्न सक्दछ । प्रो. सिसनले व्याख्या गरेझैं, “नयाँ विश्व अव्यवस्थाले फासीवाद र युद्ध उत्पन्न गर्दछ … जनतालाई क्रान्तिकारी संघर्ष गर्न प्रेरित गर्दछ ।”
फासीवादलाई जन्म दिने यीनै शर्तहरुले क्रान्तिका लागि वस्तुगत आधार सिर्जना गर्दछन् । फासीवादी दमनले जनतालाई प्रतिरोध गर्न उत्प्रेरित गर्छ । कम्युनिस्ट पार्टीको काम यो अवस्थालाई सचेत र संगठित शक्तिमा रूपान्तरण गर्नु हो । यसमा पार्टी निर्माण, मजदुर–किसान गठबन्धन निर्माण, सशस्त्र संघर्षलाई अगाडि बढाउने र सबै प्रगतिशील शक्तिहरूलाई एकताबद्ध गर्ने कामहरु पर्दछन् ।
फासीवाद र साम्राज्यवादलाई परास्त गर्न, क्रान्तिकारी आन्दोलनहरूले जनताको जनवादी क्रान्ति चलाउनु पर्दछ । यो क्रान्ति चरित्रमा राष्ट्रिय छ, विदेशी प्रभुत्व विरुद्ध निर्देशित छ, र अन्तर्वस्तुमा लोकतान्त्रिक छ, घरेलु सामन्ती र दलाल वर्गहरूमाथि लक्षित छ । रणनीति भनेको ग्रामीण इलाकाबाट शहरहरूलाई घेर्ने दीर्घकालीन जनयुद्ध हो । ग्रामीण इलाकाले सशस्त्र संघर्षको लागि मुख्य भूमिको रूपमा काम गर्दछ, जबकि शहरहरूले कानुनी राजनीतिक संघर्षको भूमिको रूपमा काम गर्दछन् ।
फिलिपिन्समा सीपीपीको नेतृत्वमा चलेको क्रान्तिकारी आन्दोलनले छापामार इलाकाहरूमा राजनीतिक सत्ताका अंगहरू स्थापना गरेको छ । यी जनताको जनवादी सरकारका भ्रूण हुन्, जहाँ क्रान्तिकारी भूमि सुधार, स्वास्थ्य सेवा र शिक्षा प्रदान गरिन्छ । एनपीएले प्रतिक्रियावादी राज्यको सशस्त्र शक्तिलाई ध्वस्त पार्न प्रमुख हतियारको रूपमा काम गर्दछ ।
ग्रामीण इलाकाले सशस्त्र संघर्षको प्राथमिक कार्य गर्दछ भने, कानुनी लोकतान्त्रिक जनआन्दोलनले महत्वपूर्ण पूरकको भूमिका खेल्दछ । यसले समाजको अर्धऔपनिवेशिक चरित्रलाई उजागर गर्दछ र प्रगतिशील शक्तिहरूको एकता निर्माण गर्दछ । प्रो. सिसनले व्याख्या गरेझैं, कानुनी संघर्षहरू क्रान्तिकारी संघर्षको हतियारको रूपमा प्रयोग गरिन्छ, यसको विकल्पको रुपमा होइन ।
जनताको जनवादी क्रान्तिले दुई चरणको क्रान्तिकारी प्रक्रिया मध्ये पहिलो ऐतिहासिक चरणको प्रतिनिधित्व गर्दछ । विजय पछि, क्रान्ति समाजवादी कार्यहरू तर्फ अगाडि बढ्छ । यसले पुराना शोषक वर्गहरूलाई दबाउने छ, भूमि वितरण पूर्ण गर्नेछ र समाजवादी रूपान्तरणको आधार तयार गर्नेछ ।
स्वतन्त्र अर्थतन्त्र निर्माण गर्न राष्ट्रिय औद्योगिकीकरण सुरु गर्नुपर्छ । अर्थतन्त्रको कमान्डिङ उचाइ जनताको जनवादी राज्यद्वारा नियन्त्रित हुनेछ । यसले उत्पादनका साधनलाई सामाजिकीकरण गर्नेछ ।
प्रो. सिसनले हामीलाई सम्झाउनुहुन्छ, “अविकसित देशहरूमा हुने क्रान्तिकारी संघर्षहरूले एकअर्कालाई सहयोग गर्नुपर्छ ।”
फिलिपिन्समा जनयुद्धको सञ्चालन उत्पीडित जनताको संघर्षमा सीपीपीको योगदान हो । फासीवाद र साम्राज्यवादको पराजय राष्ट्रिय मुक्ति र समाजवादका लागि संघर्षबाट अविभाज्य छ । दीर्घकालीन जनयुद्ध भनेको त्यो बाटो हो जसबाट जनताले साम्राज्यवादी प्रभुत्वलाई भत्काउन, स्थानीय शोषक वर्गहरूलाई उखेल्न र वास्तविक लोकतन्त्र र सामाजिक न्यायमा आधारित नयाँ समाज निर्माण गर्न सक्छन्





























