नयाँ दिल्ली । नेपाली एकता समाज भारत र प्रबासी नेपाली जनसमाज भारतको सयुक्त आयोजनामा नयाँ दिल्ली अन्तर्गत १२९ औ अन्तराष्ट्रिय मजदुर दिबस भव्य रूपमा सम्पन्न भएको छ । केन्द्रीय समिति को आयोजनामा सम्पन्न कार्यक्रमको संचालन ने.ए.स.का महासचिब बिष्णु शर्माले गर्नु भएको थियो भने स्वागत मन्तव्य सुरज कुमारले राख्नु भएको थियो र वक्ताहरुमा सोभाखर अधिकारी, मोति गौतम, हरि थापा, शम्भु थापा, शिव दाहाल, भिमकान्त घिमिरे, लाल बहादुर कुँवर, रेश्मा थापा, जमुना थापा हुनहुन्थ्यो ।
त्यसैगरी नेपाली एकता समाज भारतको आयोजनामा भारतको बिभिन्न राज्यहरुमा कार्यक्रम सम्पन भएको समाचार प्राप्त भएका छन्, जस अनुसार भारतको चण्डीगड, हुसियारपुर, पंजाब, हैदाराबाद लगायत स्थानहरुमा मजदुर दिवस मनाइएको छ । गुजरातमा दुइदिने भलीबल खेलको आयोजना गरिको समाचार प्राप्त भएको छ । मजदुर दिबसको बारेमा मन्तब्य राख्दै केन्द्रीय उपाध्य सोभाखर अधकारीले प्रबासमा भएका नेपाली मजदूर हरुको भूमिका नेपाली क्रान्त्रिकारी अन्दोलनमा निरन्तर रहने बताउनु भयो । त्यसैगरी अन्य बक्ताहरुले अहिलेको बाम गठबन्धनले मजदुरहरुको हकअधिकार सुनिचित गर्न नसक्ने भन्दै अबको मजदुर आन्दोलनले त्यसको भण्डाफोर गर्दै अगाडि बढ्नुपर्ने बताउनु भयो ।