
सुनसरी । अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघ, सुनसरीले १२९ औ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा जिल्ला भेलाको आयोजना गरी मनाएको छ । भेलाले सञ्जय चौधरी अध्यक्ष र प्रेम उराउ सचिव रहने गरी १३ सदसिय जिल्ला समिति चयन गरेको छ । समितिका सदस्यहरुमा वरुण चौधरी, उमेश श्रेष्ठ, सन्तोष ठाकुर, दिपक शर्मा, रामनारायण चौधरी लक्ष्मि सुतिहार, कुमार उराउ, रघु चौधरी, दशनी चौधरी, शंकर राई र मनोज साह रहेका छन् । बैठकबाट अन्य पदाधिकारी चयन गरिने अध्यक्ष चौधरीले बताउनु भयो ।

भेला क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला ईन्चार्ज मनोज श्रेष्ठको प्रमुख आतित्थमा तथा क्रान्तिकारी ट्रेडयुनियन महासंघ सुनसरीका संयोजक जगनारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । सुनसरीको ईटहरीमा सम्पन्न कार्यक्रममा पार्टीका केन्दीय सदस्य गणेश, जिल्ला सचिव पेमा लामा, देजमोका जिल्ला संयोजक टिका राई, पार्टीका प्रदेश समिति सदस्य र जिल्ला सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।






























