आजिवन प्रतिबन्ध लगाइएका खेलाडीको अपिल खारेज

काठमाडौं । अन्तर्राष्ट्रिय फुटवलमा आजीवन प्रतिबन्ध लगाइएका चार नेपाली फुटबल खेलाडीले गरेको पुनःविचारको अपिल एशियाली फुटबल महासंघ (एएफसी) ले खारेज गरिदिएको छ । एएफसीको अपिल कमिटीको बिहीबार बसेको बैठकले चार खेलाडी र एक प्रशिक्षकको अपिल खारेज गरिदिएको हो। एएफसीले नेपाली टोलीका तत्कालीन प्रशिक्षक अन्जन केसी, तत्कालीन कप्तान सागर थापा, विकास सिंह क्षेत्री, रितेश थापा, सन्दिप […]

इन्जिनियरिङ कलेजमा क्रान्तिकारी विध्यार्थीको अनिश्चितकालीन तालाबन्दी

काठमाडौं । शुल्कवृद्धि, अनियमितता, विकृतिलगायतका समस्याहरु हल गर्न भनी सातदिने अल्टिमेटमसहित बुझाएको मागमाथि कुनै सुनुवाइ नगरेको भन्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले त्रिभूवन विश्वविद्यालयन्तर्गतका सबै इन्जिनियरिङ कलेजमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । संगठनकी नेवा राज्य समिति संयोजक ज्ञानु खतिवडाले बुधबार एक विज्ञप्ती जारी गर्दै यस्तो त्यस्ता कलेजहरुमा तालाबन्दी गरिएको जनाएकी हुन् । विज्ञप्तीमा भनिएको […]

दाहालको पत्रले मच्चायो हंगामा, पत्र सार्वजनिक गर्न एमालेको माग

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणको बारेमा नेपालमा समेत कुनै चर्चा नभई उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीको भारत भ्रमणका बेला मिति तय भएपनि त्यसले नेपालमा विवाद र शंका उत्पन्न गराएको छ । दाहालको भ्रमणको मिति भारतमा तय भएको भन्दै नेपालमा विरोध भइरहेका बेला प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष दूत मार्फत […]

मोर्चाले असोज ३ लाई कालो दिनका रुपमा मनाउने

काठमाडौं । सरकारमा जान खुट्टा उचालेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान जारी भएको असोज ३ गतेको दिनलाई कालो दिनका रुपमा मनाउने निर्णय गरेको छ । गत वर्ष असोज ३ गते संविधान जारी भएको दिन कालो दिनका रुपमा मनाउने भन्दै मधेसका जिल्लाहरुमा ब्ल्याक आउट गरेको थियो । एक वर्षपछि संविधानमा संशोधन गर्दै सरकारमा जाने तरखत गरेको […]

यसरी पुनर्जागृत हुँदछ क्रान्तिकारी माओवादी

काठमाडौं । राष्ट्रिय भेलादेखि पार्टीको क्षेत्रीय व्यूरोको प्रशिक्षण कार्यक्रमसम्म आइपुग्दा नेकपा (क्रान्तिकारी माओवादी)मा उल्लेखनीय पुनर्जागरण पैदा भएको छ । पार्टीभित्र विचार र राजनीतिको क्षेत्रमा पार्टी कार्यकर्तामा रहेको भ्रम चिर्न यतिखेर नेकपा (क्रान्तिकारी माओवादी) देशभर वैचारिक–राजनीतिक प्रशिक्षणमा जुटेको छ । जिल्लाका अगुवा कार्यकर्तासम्मलाई कमाण्ड(क्षेत्रीय व्यूरो)स्तरमा जम्मा पारेर उसले वैचारिक तथा राजनीतिक विषयमा प्रशिक्षण दिइरहेको छ । […]

म क्रान्तिकारी माओवादीको दृढ समर्थक हुँ : घर्ती

बाग्लुङ । बाग्लुङ जिल्ला निवासी अमृतबहादुर घर्तीमगर ‘आभाष’ ले एक विज्ञप्ती जारी गरी आफू नेकपा (क्रान्तिकारी माओवादी) को दृढ समर्थक रहेको जनाएका छन् ।  यहि २०७३ साल श्रावण २९ गतेको नया“ पत्रिका दैनिकलगायतले प्रकाशित गरेको ने.क.पा. (माओवादी केन्द्र) को केन्द्रीय समितिको बाग्लुङ जिल्लाको कार्यकर्ताहरुको नामावलीसंगै घर्तीका नाम समेत राखिएकोमा उनले आपक्ति जनाउँदै आफू क्रान्तिकारी माओवादीमा […]

शुल्क वृद्धिको विरोधमा क्याम्पसमा क्रान्तिकारीको ताला

चितवन । अखिल (क्रान्तिकारी) जिल्ला समिति चितवनले क्याम्पसहरुले मुल्य वृद्धि गरेको भन्दै क्याम्पस प्रसासनहरुमा ताला लगाएको छ ।  अखिल (क्रान्तिकारी) जिल्ला समिति चितवनका अध्यक्ष अमृत चापागाईको नेतृत्वमा गएको टोलीले बालकुमारी कलेज नारायणगढ, सप्तगण्डकी बहुमुखी क्याम्पस, सहिद स्मृति बहुमुखी क्याम्पस लगायतका १४ वटा सरकारी क्याम्पसहरुमा ताला लगाएको हो ।  क्याम्पसहरुले ५५ प्रतिशत शु्ल्क बृद्धि गरेर गरिब […]

विष्टको सिको गर्दै शर्मा, रत्नको महेन्द्र मञ्जिलको बत्ती काटियो

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा ऊर्जामन्त्री जनार्दन शर्माले एमाले नेता गोकर्ण विष्टको बाटोमा समाएर चर्चामा आउने प्रयास थालेका छन् । विद्युतको महशुल नबुझाएका कार्यालयको विद्युत काटिदिएर विष्टले चर्चा बटुलेका थिए । विष्टकै सिको गर्दै ऊर्जामन्त्री शर्माले विद्युत महशुल नतिर्ने ग्राहक तथा फर्मको लाइन काट्न निर्देशन दिएका छन् । मन्त्री शर्माको निर्देशनपछि पहिलो पटक […]

राष्ट्रिय स्वाभिमान बेचेको भए सरकार रहन्थ्यो : ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले स्वाभिमान बेच्न नचाहेकै कारण आफ्नो नेतृत्वको सरकार ढलेको बताएका छन् । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड कर्मचारी संघको आठौं केन्द्रीय अधिवेशनको उदघाटन गर्दै उनले आफू नेतृत्वको सरकारले देशको स्वाभिमान बचाएकै कारण ढलेको दाबी गरे । षडयन्त्रकारीहरुसँग शीर उँचो बनाएकै कारण आफ्नो नेतृत्वको सरकार ढलेको उनको […]

मधेसवादीका माग पूरा गर्ने म्याण्डेड लिन दाहाल दिल्ली जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको साथबिना मधेसको मागलाई पूरा गर्न नसक्ने निश्कर्षसहित दिल्ली भ्रमणमा जाने तयारीमा जुटेका छन् ।  दाहालले मधेसको मुद्दा सम्बोधनका लागि प्रस्तावसहित उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीलाई आफ्नो विशेष दूतका रुपमा दिल्ली पठाएका छन् ।  निधीको दिल्ली भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले यही भदौ ३० गतेदेखि भारतको तीन दिने भ्रमण गर्ने […]