दाहालसहित ६ मन्त्रीको सपथ

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालसहित ६ मन्त्रीले विहीबार पद तथा गोपनीयताको सपथ लिएका छन्।शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनिर्वाचित प्रधानमन्त्री दाहालले पद तथा गोपनियताको शपथ लिएका हुन्। प्रधानमन्त्रीको शपथपछि दुई उपप्रधानमन्त्री बिमलेन्द्र निधि र कृष्णबहादुर महराले पनि सपथ लिए । यस्तै, तीनजना मन्त्रीहरु रमेश लेखक, गौरिशंकर चौधरी र दलजीत श्रीपाइलीलाई पनि राष्ट्रपति […]

दाहाल मन्त्रिपरिषदमा लुछाचुडीले सकस

काठमाडौं । बुधबार व्यवस्थापिका संसदबाट प्रधानमन्त्रीमा निर्वाचित पुष्पकमल दाहाल प्रचण्डले बिहीबार पद तथा गोपनियताको शपथ ग्रहणसँगै सानो आकारको मन्त्रिपरिषद गठनको तयारी गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह तीन बजे पद तथा गोपनियताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । उनले शपथ ग्रहण गरेलगत्तै आजै केही नेतालाई मन्त्री बनाउने तयारी […]

दाहाललाई मोदीको बधाइ, भारत भ्रमणको निम्तो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाइ तथा शुभकामना दिएका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर बधाई एवम् सफल कार्यकालका लागि शुभकामना दिएका हुन् । भारतीय प्रधानमन्त्री मोदीले बधाईकै क्रममा नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको निम्तोसमेत दिएका छन् । यस्तै, काठमाडौंस्थित चिनियाँ राजदूत ऊ चुन्ताईले पनि […]

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ३९ औं प्रधानमन्त्रीमा निर्वाचित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित बनेका छन् । बुधबार व्यवस्थापिका संसदमा भएको निर्वाचनमा संसदको सबैभन्दा ठूलो दलको साथ पाएका प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बन्ने पहिलो कम्युनिष्ट नेता समेत बनेका छन् । यसअघि गणतन्त्र स्थापनाअघि पहिलो प्रधानमन्त्री बनेका थिए भने उनीभन्दा अघि मनमोहन अधिकारी प्रधानमन्त्री बनेका […]

ओलीका प्रश्न, प्रचण्डको जवाफः फास्ट ट्रयाक बनाउन तपाईको साथ चाहियो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमतिको सरकार नबनेपनि सहमतिका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।  व्यवस्थापिका संसदको बैठकमा प्रधानमन्त्री पदका लागि आफ्नो उम्मेदवारी पेश गर्दै प्रचण्डले आफूले विना कुनै आग्रह पूर्वाग्रह सहकार्य गर्ने र राष्ट्रिय समस्या समाधान गर्ने विश्वास दिलाए । निषेधको राजनीति नचलोस् भन्दै प्रचण्डले सहमति, सहकार्य तथा […]

सीटीईभीटीमा शुल्क वृद्धिविरुद्ध क्रान्तिकारीको ३२ बुँदे मागपत्र पेश

भरतपुर । नेकपा (क्रान्तिकारी माओवादी) को भातृ संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति चितवनले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) मा ३२ बुँदे मागपत्र पेश गरेको छ । क्रान्तिकारी चितवन जिल्ला अध्यक्ष अमृत चापागाईको नेतृत्वमा सीटीईभीटी मध्य क्षेत्रीय कार्यलय भरतपुर चितवनमा बढाइएको शुल्क घटाउन तथा वैज्ञानिक शुल्क कायम गर्नुपर्नेसहितका ३२ बुँदे मागपत्र पेश गरिएको हो […]

कांग्रेस, माओवादी मधेसी मोर्चा/गठवन्धनबीच तीनबुँदे सहमति

काठमाडौं । नयाँ सरकार गठनको प्रक्रियासँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चासहितको संघीय गठवन्धनबीच तीनबुँदे सहमति भएको छ । व्यवस्थापिका–संसदको बैठकमा प्रधानमन्त्रीको निर्वाचनअघि भएको तीन बुँदे सहमतिसँगै माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मोर्चाले सघाउने भएको छ । सहमतिअनुसार गठनबन्धनको माग अनुसर संविधानमा रहेको असन्तुष्टि समाधानका लागि संविधान संशोधनको प्रस्ताव संसदमा पेश […]

कांग्रेस सभापतिलाई डेढ वर्षको जेल सजाय

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामालाई ठगीको मुद्दामा अदालतको फैसला कार्यन्वयन गर्न प्रहरीलाई आदेश दिइएको छ । उनीमाथि ठगीको आरोपमा सर्वोच्चले गरेको फैसला कार्यन्वयन गर्न फैसला कार्यन्वयन निर्देशनालयले जिल्ला अदालत चौतारालाई पत्र पठाउँदै वैदेशिक रोजगारी कसुर मुद्दामा अदालतको फैसला कार्यन्वयन गर्न आदेश दिएको हो । उनी दुई महिनाअघि मात्रै जिल्ला सभापतिमा निर्वाचित भएका […]

आज प्रधानमन्त्रीको निर्वाचन, प्रचण्ड एक्ला उम्मेदवार, सर्वसम्मत भने नहुने

काठमाडौं । नयाँ प्रधानमन्त्री चयनका लागि बुधबार व्यवस्थापिका–संसदमा निर्वाचन हुँदैछ । बुधबार बिहान ११ बजे बस्ने व्यवस्थापिका संसदको बैठकले नेपालको संविधानको धारा २९८ को उपधारा ३ अनुसार नयाँ प्रधानमन्त्री चयन गर्नेछ ।  प्रधानमन्त्रीका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मात्र उम्मेदवारी दर्ता भएपनि उनी सर्वसम्मत भने हुनेछैनन् ।  प्रचण्डको प्रस्तावकमा कांग्रेस सभापति […]

अब यस्तो बन्दैछ धरहरा

काठमाडौं । वि.सं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ । अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा सोमवार राजधानीमा भएको कार्यक्रममा धरहराको प्राविधिक प्रस्तावलाई सार्वजनिक गरियो । तीन […]