क्रान्तिकारी युवा लिगको बर्दिया जिल्ला भेला सम्पन्न, अध्यक्षमा रोशन थारु

क्रान्तिकारी युवा लिगको बर्दिया जिल्ला भेला सम्पन्न, अध्यक्षमा रोशन थारु

बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी) को युवा संगठन क्रान्तिकारी युवा लिग नेपालले मंगलबार बर्दियामा जिल्ला भेला सम्पन्न गरेको छ । दर्जनौ प्रतिनिधि, पर्यवेक्षकहरूको सहभागितामा भएको उक्त भेलाले रोशन थारूको संयोजकत्वमा ९ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ ।

भेलापछि बसेको युवा लिगको पहिलो बैठकले जन्जिर थारू ‘जागृत’ लाई सह–संयोजकमा चयन गरेको छ भने सदस्यहरुमा माघुराम थारू, पटुवारी गुजर, पुन्सराम थारू, दामोदर परियार, साहरूख गुज्जर, रत्न ऐडी रहेका छन् ।

जन्जिर थारूको सभापतित्वमा सम्पन्न भेलामा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा बाँके बर्दिया ईन्चार्ज सङ्कुल, पार्टी सेक्रेटरी लोकेशको सहभागिता रहेको थियो । कार्यक्रममा क्रान्तिकारी युवा लिग नेपालको पाँच नम्बर प्रदेश संयोजक भुकम्प, देजमो नेपालका प्रदेश सचिवालय सदस्य, क्रान्तिकारी ट्रेड युनियन महासंघ बर्दियाका अध्यक्ष स्माइल गुजर लगायतको सहभागिता रहेको थियो ।