काठमाडौं । अरुण तेस्रो शिलान्यासलगायतका असमान सन्धि सम्झौताहरुको खारेजी, ओली–मोदी गठबन्धन, मोदी भ्रमण र ओलीको लम्पसारवादका विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी) निकट विध्र्थाी संगठन अखिल (क्रान्तिकारी)का नेताहरु अनसन स्थलबाटै गिरफ्तारमा परेका छन् ।
विहान १० बजेबाट अखिल(क्रान्तिकारी)ले त्रिभुवन बिश्वविद्यालय केन्द्रीय क्याम्पसमा राखेको थियो । रिले अनसनमा बसेका विध्यार्थी नेताहरु अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा का काठमाडौं जिल्ला संयोजक महेश श्रेष्ठ, केन्द्रीय सदस्यहरु जितेन्द्र लम्साल, संघर्ष दाहाल, मनोविज्ञान शर्मा, त्रि.वि. क्याम्पस अध्यक्ष हेमराज शर्मा, सुरज आचार्य, विनोद के.सी. र सुजन सापकोटा लगायतका विध्यार्थी नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको हो । गिरफ्तार गरिएका नेताहरुलाई कीर्तिपुर प्रहरी चौकीमा राखिएको छ । क्रान्तिकारी माओवादीका काठमाडौं इन्चार्ज सुरेश श्रेष्ठले आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै गिरफ्तार गरिएका सबै विध्यार्थी नेताहरुलाई विना सर्त रिहाई गर्न माग गर्नुभएको छ ।
विध्यार्थी नेताहरुले ‘नाकाबन्दी गर्ने नाइकेलाई नागरिक अभिनन्दन गर्न पाइदैन, नाकाबन्दी गर्नु अपराध हो, मोदीले माफी माग्र्नुपर्छ’लगायत असमान सन्धिसम्झौताहरु खारेजीको माग राखेर विध्यार्थी नेताहरुले ३६ घण्टे रिलेअनसन सुरु गरेका थिए । विध्यार्थी नेताहरुको गिरफ्तारीको चौतर्फी विरोध भइरहेको छ ।