
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपाल भ्रमणमा आउँदैछन् । धार्मिक भ्रमण भनिए पनि उनी अरुण तेस्रोको शिलान्यासका लागि नेपाल आएको प्रष्ट भएको छ । नेपालको दुईदिने राजकीय भ्रमणका लागि मोदी जनकपुर हुँदै काठमाडौं आउने छन् । आजै भारतीय प्रम मोदी र नेपालका प्रम ओलीले अरुण तेस्रोको शिलान्यास गर्दैछन् । यस विषयलाई लिएर क्रान्तिकारी माओवादीलगायत देशभक्त तथा क्रान्तिकारी शक्तिले देशव्यापी रुपमा विरोध गरिरहेको छन् । सामाजिक सञ्जालमा पनि व्यापक विरोध भइरहेको छ ।
नेपाली जनताका विरुद्ध नाकाबन्दी लगाउने जस्तो अमानवीय कार्य गरेका मोदीलाई सरकारले गरेको नागरिक अभिनन्दनको पनि चौतर्फी रुपमा विरोध भइरहेको छ । नेकपा (क्रान्तिकारी माओवादी)ले मोदीको भ्रमणबाट राष्ट्रिय स्वाधीनतामाथि गम्भीर खतरा उत्पन्न भएको भन्दै देशभक्त नेपालीहरुलाई एकजुट भएर विरोधमा उत्रन आव्हान गरेको छ । शनिबार क्रान्तिकारी माओवादीले ७ वटै प्रदेशमा विभिन्न कार्यक्रम गरी राष्ट्रघातको श्रृङ्खलाको रुपमा भएको मोदी भ्रमणको विरोधमा प्रदर्शनको तयारी गरिरहेको छ ।
यस्तो छ मोदीको भ्रमणको कार्यतालिका
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय वायुसेनाको विशेष हेलिकप्टर मार्फत मोदी नयाँदिल्लीबाट विहारको राजधानी पटना हुँदै बिहान बिहान ९ः१५ बजे जनकपुर आइपुग्ने कार्यक्रम छ।
विमानस्थलबाट मोदी सीधै जानकी मन्दिर जानेछन् । त्यहाँ उनलाई प्रधानमन्त्री ओलीले स्वागत गर्ने कार्यक्रम छ।
दुवै प्रधानमन्त्रीले जानकी मन्दिरको दर्शन र पूजा गरेपछि बाह्रबिघा मैदानमा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ।
त्यसपछि मोदी भारतीय वायुसेनाको विशेष हेलिकप्टरबाटै काठमाडौं आउने छन्। दिउँसो साढे १ बजे भारतीय प्रधानमन्त्री मोदीलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गर्ने छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण तालिका
पटनाबाट सैनिक हेलिकोप्टरमा जनकपुर हुँदै नेपाल आउन लागेका मोदीले नेपालमा करिब ३० घन्टा बिताउनेछन्।
परराष्ट्र मन्त्रालय र प्रहरीबाट प्राप्त विवरण अनुसार यसरी बित्नेछ नेपालमा मोदीका ३० घन्टा–
वैशाख २८ गते शुक्रबार (आज)
बिहान ९ः१५ बजे– हेलिकोप्टरबाट जनकपुरमा अवतरण।
९ः३०– जानकी मन्दिरमा पूजा।
१०ः१५– बाह्रबिघा मैदानका लागि प्रस्थान। नागरिक अभिनन्दनमा सहभागी र सम्बोधन।
१ः३०– हेलिकोप्टरबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण, बौद्धस्थित हायात होटलमा प्रस्थान। परराष्ट्रमन्त्री ज्ञवालीले मोदीसँग शिष्टाचार भेट गर्ने।
४ः००– गार्ड अफ अनरका लागि चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर हुँदै सैनिक मञ्च टुँडिखेलका लागि प्रस्थान।
४ः३५– उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटका लागि बहादुर भवन निवासमा।
५ः००– राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवासमा।
६ः००– महाराजगञ्ज, चावहिल, गौशाला हुँदै द्वारिकाज होटलमा पुग्ने। त्यहाँ विभिन्न दलका नेताहरुसँग भेटघाट।
६ः२०( होटल द्वारिकाजमा मोदी र ओलीबीच ‘वान टु वान’ वार्ता
वैशाख २९ गते शनिबार
बिहान ६ः००– मुक्तिनाथ जान विमानस्थल प्रस्थान।
८ः३०– मुक्तिनाथमा पूजा।
१०ः३०– मुक्तिनाथबाट काठमाडौं फिर्ता।
१०ः४०– विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान।
११ः३०– होटल हायात प्रस्थान।
२ः००– महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान।
३ः३०– नागरिक अभिनन्दन, नेपालका प्रधानमन्त्रीसँग संयुक्त पत्रकार सम्मेलन तथा अरुण तेस्रोको उद्घाटन गरी बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान।






























