स्कूल बसले ठक्करदिदाँ मोरङमा एक बालिकाको मृत्यु

स्कूल बसले ठक्करदिदाँ मोरङमा एक बालिकाको मृत्यु

विराटनगर, वैशाख २१ । मोरङको रङ्गेली नगरपालिका–२ मा बिहीबार साँझ स्कूलको बसले ठक्करदिदाँ एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

सोही नगरपालिका–३ बस्ने विनोद कार्कीकी तीन वर्षीया छोरी सुजिका कार्कीको मृत्यु भएको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ ।

ठक्कर दिने धनपालथानस्थित एक अंग्रेजी बोर्डिङ स्कूलको को १ ख २७८१ नम्बरको सो बससहित चालक इलाका प्रहरी कार्यालय रङ्गेलीको नियन्त्रणमा रहेका छन् ।