मजदुर दिवससँगै बर्दियामा क्रान्तिकारी ट्रेड यूनियन महासंघको भेला सम्पन्न

मजदुर दिवससँगै बर्दियामा क्रान्तिकारी ट्रेड यूनियन महासंघको भेला सम्पन्न

बर्दिया । १२९ औं मजदुर दिवस पारेर बर्दियामा नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले स्माइल गुजरको नेतृत्वमा ११ सदस्यीय जिल्ला कमिटि निर्माण गरेको छ । कमिटिको सचिवमा रामबहादुर बन्जरालाई चयन गरिएको छ भने भेलाले सदस्यहरुका रामा चौधरी, हलिम गुजर, पल्टी थारू, रहमत गुजर लगायतलाई चयन गरेको छ ।

भेलाअघि क्रान्तिकारी मजदुरहरुले ¥याली निकालेका थिए । ¥याली कोणसभामा परिणत भएको थियो । कोणसभालाई क्रान्तिकारी माओवादी बर्दियाका सचिव लोकेशले सम्बोधन गर्नुभएको थियो । बर्दिया पार्टी सचिवालय सदस्य भूकम्पले सञ्चालन गरेको कोणसभामा मजदुर नेता स्माइलले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा अखिल नेपाल शिक्षक संगठन क्रान्तिकारी बर्दियाका संयोजक लक्ष्मी नारायण थारू, क्रान्तिकारी पत्रकार महासंघ बर्दिया अध्यक्ष आयुष, बाँके अध्यक्ष दिनेश श्रीवास्तव, युवा नेता माघुँराम, तिलक लगायतको उपस्थिति रहेको थियो ।