काठमाडौं । क्रान्तिकारी महिला संगठनको एक भेलाले संगठन पुनर्गठन गरेको छ । पुनर्गठित क्रान्तिकारी महिला संगठनको संयोजकमा नेतृ शारदा महत चुनिनु भएको छ । भेलाले संगठनको राष्टिय सम्मेलन मंसिर २६ र २७ मा गर्ने पनि मिति तय गरेको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सन्तबहादुर नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले शारदा महतको संयोजकत्वमा ३५ सदस्यीय पुनर्गठित केन्द्रीय समिति निर्माण गरेको छ । र, भेलाले ७ जनाको सचिवालय पनि गठन गरेको छ ।




























