नेपालमा नेपाली जनताले जस्तो प्रकारको संर्घष बलिदानी एबं रगतको खोलो बगाए पनि दिघो शान्ति हुन सकेन । जनताले कति यातना पिडा कस्ट झेले बयान गरि साध्य छैन । नेतृत्वले एउटा संर्घषको कार्ड फाल्छन । उनीहरु कुनै शुरक्षित स्थानमा वा जनताकै शुरक्षाको बलियो घेरामा सम्मान जनक तरिकाले बस्छन । नेताले फालेका आन्दोलनका कार्डहरु पुरा गर्ने दायित्व जनताको हुन्छ । दायित्व पुरा गर्न आर्थिक देखि जनता सडकमा ओरालेर सत्ताका ठेकदार तलुवा चाटक सि आइ डि शुराकी बिचौलिया आन्दोलन भित्रकै धोकेवाज लगाएतकाहरुको लाठी बुट बन्दुकका कुण्डा ताता गोलीका छर्रा देखि चिसो छिडि अध्यारा भोका तिसा उडुस उपियाँको आहारा समेतको जेल नेल यातना सबै साधारण जनताले नै भोग्नु पर्छ । त्यसमा पनि यदि यातना सहन नसकेर थोरै कमजोरी पनि देखियो हुन गयो भने त्यति ठूलो क्रुर्बानी गरेको कुनै अर्थ हुँदैन गद्धारको बिल्ला भिर्दै दुश्मनको खोर बाट बाहिर आए पनि पूनः निलम्बन लगाएतका कार्बाही हुन्छन । अझ संकटकालमा त कतिले ज्यान कै जोखिम हुने प्रकारका पिडादायी सजाए नभोगेको होइन । जनताले भोगेका दर्जनौ प्रकारका दुखदायी इतिहास साक्षी छन । राणा शासन कालिन होस या २५० बर्षको राजतन्त्रको कालारात्री पन्चायती निरङकुश तन्त्रको समय होस । जुन सुकै आन्दोलनको यात्रा जनताको लागि कहिल्यै सहज भएनन । शासकको बिपक्षमा आवाज उठाउँने नेता हुन्छन । आवाज बुलुन्द पारेर उचाइमा लाने जिम्मा कार्य कर्ताको हुन्छ कार्यकर्ता भनेका मैदानमा जाने र जनता उठाउँने हुन्छन । बिना जनताको संघर्ष हुदैन । कार्यकर्ता र जनताको शुरक्षा घेरामा नेताले भाषण गर्छन । आइ पर्दा कार्यकताले नेता बचाएर लान्छन मैदानमा जनता हुन्छन । तिनै जनता दुश्मनका लाठी गोली बुट नुन चुक दिनभरको रिष साँझ रक्सिको मातमा खोर भित्रको कथा ब्यथा के के हुन्छ ? लेखा जोखा हुँदैन गरेर पनि साध्य हुदैन । यो त संघर्षको नियम हो । बिगतको इतिहास निमार्ण पनि यसरी नै बन्यो । यस्ता का्रन्ति संर्घष बर्गिय दुश्मनसंगको भिडन्त बिना जनताको सत्ता आउदैन भन्ने कुराको पुष्टि क माओले दिर्घकालीन जनयुद्धको क्रान्ति गर्दाको भोगाइलाई बिश्लेषण गरेका छन । सत्ता बन्दुकको नाल भित्र हुन्छ । यो शब्द त्यतिकै श्रृजना भएको होइन । अति र्ममाहत छ । उक्त शब्द र्निमाण हुन पनि क माओले चीनीयाँ निरङकुश च्याङकाइ सेकको बलिया किल्ला तोडेर जनवादी क्रान्ति पुरा गर्दाको अनुभब सम्पूर्ण पक्षको निचोड हो । सायद नेपाली जनताका पीडा पनि कम छैनन होला ? बिडम्बनाको पक्ष यती ठूला कस्टगर घातक आन्दोलन संर्घषको बिचबाट प्राप्त गरेका प्रजनतन्त्र होस वा गणतन्त्र होस किन धरापमा पर्दै छन ? किन त्यती ठुला बलिदानीबाट आएका क्रान्तिकारी शक्ति बिघटनको खर्तनाक मोडमा उभिएका छन ?
वास्तबमा क्रान्ति कम्युनिष्टले मात्र गर्ने र गरेको शब्द होइन । प्रजातन्त्रका लागि संर्घष गरेका पार्टीहरु मध्य नेपाली काँग्रेसले पनि बम बोकेकै हो ,बन्दुक उठाएकै हो तर आज ति सबै शक्तिहरु एउटै अबस्था र समयमा किन बिघटनको मोडमा पुग्दैछन ?
वास्तविक कारण यस्ता छन ।
१) २००७ शालको प्रजातन्त्र प्राप्तीको आन्दोलनको श्रेय नेपाली काग्रेसमै जान्छ । जानु पनि स्वभाबिक हो । किनभने २००६ शालमा मात्र भरखरै नेपालमा कम्युनिष्ट पार्टीको जन्म भएको थियो । पार्टीको शक्ति आन्दोलनमा गै हाल्ने थिएन । त्यसकारण नेपाली काँग्रेससंग मिलेर मोर्चा खडा गराएर राणा शासन बिरुद्धमा लडेको थियो । श्रेय काँग्रेसको भएपनि प्रभाब भने कम्युनिष्टको मोर्चाले राणा शासन ढाल्नमा टेवा पुरायो र सफल पनि भयो तर टिक्न सफल्ताको लक्ष्यमा पुग्न सकेन । त्यसको मुख्य कारण आन्दोलन सफल भए पछि आफना बिरोधी प्रति गरिने ब्यबहार कस्तो हुनु पर्दथ्यो त्यसो नभै ठिक उल्टो भयो । कुनै पनि क्रान्ति आन्दोलन होस वा संर्घष होस अब पुरा हुन्छ हुन्छ भन्ने बेलामा एउटा जुन प्रकारको उभार आउँछ त्यहि समयमा सहि इमान्दारीताको उभार कम हुन्छ । बिभिन्न प्रकारका गलत सोचाइ अबसरवादी दृष्टिकोण निम्न पुँजीवादी चिन्तनले ग्रस्तहरुको बाक्लो भिड लाग्छ । त्यहि भित्र पार्टी आन्दोलन समाप्त पार्ने गिरोह जासुसि हरुको प्रबेश अझ बढि खर्तनाक हुन्छ । त्यति बेला पनि ठिक त्यस्तै थियो । जस्को उदाहरण प्रजातन्त्र असफल पार्न दुनियाँ तिक्डम भयो । समाजमा हो हल्ला हुल दगां चोरी चकारी बलत्कारी ढाँट लुट बिध्वसं आगजनी घर घरमा लुटपाट काटमार अराजकता को कारण जनताको मन मष्तिस्कमा एक प्रकारको छाप बस्यो प्रजातन्त्र भन्दा उहि पुरानै ठिक भन्ने प्रकारको अबस्था श्रृजना गराएर कति मिहेनत गरेर ल्याएको प्रजातन्त्र गुम्ने अबस्थामा पुगे पछि त्यती बेलाका राजा त्रिभुबनको पनि प्रजातन्त्र ल्याउँनमा हात थियो । उनी २०११शालमा बिरामीको कारण बिदेशमा औषधि उपचारकै क्रममा हस्पिटलको बेड बाटै भनेका छन हामी सबैको साना दुखले आज्र्याको प्रजातन्त्र होइन यदि कोहि कसैको कारणले प्रजातन्त्र गुम्यो भने भिटो पावर प्रयोग गर्न पछि पन्र्या छैनौ भनेका थिए आखिर प्रजातन्त्रको जग हल्लियो ।कमजोर भयो जेनतेन बि पि गृह मन्त्री बने तर मन्त्रीको पद सहित जेल परे । जेलमा पनि उनलाइ थुपै्र मानसिक शारिरीक शास्ती यातना दिइयो । उनको रोगमाथि मलजल गरियो । अन्तमा २०१७ शाल पौष १ गतेको दिन राजा महेन्द्रबाट प्रजातन्त्र माथि कुटराघात भयो । प्रजातन्त्र माथि कुठराघात भयो भन्ने चिन्ता आन्दोलनकारी दुख पसिना मिहेनत गर्ने रगत बगाउने शहीद परिवार जनलाई भयो तर एउटा कम्युनिष्टको जिम्मेवार ब्यक्तिले ठिक भयो भनेर खुसी मनाएर ऐक्यबद्धता जनाएर बर्ग बैरीको रुपमा चित्रित हुन पुग्यो । त्यो गद्धार भनेको केशरजगं रायमाझि नामको देश जनता द्रोहि थियो ।
२) त्यस पछि फेरि २०३६ शालमा अर्को सुबर्ण अबसर आयो । जनताले ब्यबस्था छनौट गर्न पाउँने भए ।निर्दल की बहुदल त्यसमा पनि फेरी बहुदलको नाममा हुल दगां लुटपाट पिटमार को अराजक समूहले गाउँगाउमा जनता सताउँनु सम्म सताए र जनताको मनमा बहुदल भनेको बहुला दल जस्तै हो ।यो ब्यबस्था आयो भने दुख हुन्छ । चेलीबेटी को इज्जत भएको धन संपत्ति लुटिन्छ भनेर अफबाह फैलाए तर जनताले हारेनन भोट बहुदलमै गरे । वास्तविक जनताका भोटका बाकस खोला जगंल मा बगाउँने आगो लगाउँने सबै हर्कत गरे हार्नेले जित्यो जित्नेले हारयो देशको ढुकुटी पनि रित्ताए ।
३) त्यस पछि फेरि पनि २०४६ शालको जनआन्दोलनले बहुदलिय प्रजातन्त्र ल्यायो ।त्यँहा पनि सबै बिगतका तरमारा पन्चे बहुदलीय ब्यबस्थामा हर्ता कर्ता भए ।नेपाली काँग्रेसको बहुमतको एकमना सरकार गिराएर मध्याबधि चुनावमा गए ।त्यँहा बाट प्रजातन्त्र खस्किदै गयो ।त्यसपछि २०५२मा माओवादी युद्ध ले स्थान पायो ।
४) नेपालमा सबभन्दा धेरै जनधनको आकलन गरे भन्दा बढि क्षति भयो । आखिर तथा कथित प्रजातन्त्र राजतन्त्र एकै चोटी समाप्त भयो तर जनताको लागि काग लाइ बेल पाके सरह भयो । त्यति ठूलो आन्दोलन युद्ध किन त्यस्तो बन्यो ?कारण के थिए ?
क्) माओवादीमा मात मात्र नभै उन्मात चढयो । बिगतको २००७ शालको काँग्रेस भन्दा कति कम भएनन । लुटने पिटने सताउने चन्दा आतंक भ्रष्टचार कमिसन नातावाद कृपावाद सेटीङमा भ्रष्टाचार मानव तस्करी नेपालको प्राकृतिक सम्पदाको दोहन बाली जन्य भूमिको पलटिङ बिभिन्न खाले बिचौलियाको श्रृजना, ऐश आराम बिलासिता जनता सताउँने महगी शिक्षा स्वास्थ्यमा ब्यापार बिभेद कर उठाउँने यस्ता हर्कतहरु के भएनन के गरेनन भन्दा छोटो उत्तर आउछ । यसको कारक तत्व भनेकै माओवादी हो । जीम्मा पनी माओवादीले नै लिनु पर्छ किनभने काग्रेस एमालेले देश लुटे भनेर जन्मेको माओवादीले के गरयो ? अहिले अरुलाई दोष थोपरेर उम्कन पाइन्छ ? माओवादीकै कारण रास्वपा भन्ने जन्म्यो जेनजी आन्दोलन जन्मयो । बिडम्बना रास्वपा जेन्जी जेड आए पनि जनता माथि राहत को बदला हरेक कारणले आहत हँुदै गयो । यो पनि टिक्दैन यस्का दिन गन्ति शुरु भए । मात्र ५ बर्ष टिक्ने कि नटिक्ने ? यस्को कारण के भन्दा बिगतको २००७ शालको प्रजातन्त्र २०४६ शालको बहुदलिय प्रजातन्त्र २०६२ ,०६३ को गणतन्त्र असफल हुनाका कारण के के थिए ? त्यहि रोग रास्वापा भित्र प्रबेश गरि सक्यो जस्को सानो उदाहरण रास्वापाको वर्तमानको राष्ट्रिय माहाधिबेसन हेरे पुग्छ ।
निचोडमा भन्नु पर्दा बिगतमा सबै पार्टीको लहर अत्याधिक सबैमा अहिलेको रास्वापामा जस्तै आयो तर जुभाmारु अर्थवाद अर्कैको संपत्तिमा रमाउँने उत्पादनमा हस कहि कतैबाट आउने थात थलो छैन । जतनाले आशा भरोसा गर्ने कुनै बिस्वास इज्जत नैतिक्ता कर्तब्यता इमान्दारीता राजनैतिकता बैचारीक्तामा दृढता सबै गुम्दै गयो पार्टी भित्र गुट उपगुट बेइमानी धोका बढदै गयो गाउँमा कार्यकर्ता बिहिन बन्दै गयो पार्टी छोडने को लर्को भयो केन्द्र जिल्ला कमिटी बिहिन बन्दै गयो । कार्य कर्ता बिनाका नाम मात्र सिमित हुदै गए । त्यसकारण बिघटनको खर्तनाक मोडमा पार्टीहरु पुगे । अहिलेको नयाँ उभारको पार्टी रास्वपाले पनि अझ खर्तनाक रोगको चुनौती अनिबार्य बेर्होनु पर्ने छ । धन्यवाद ।




























