उदयपुर र सप्तरीले संयुक्त रुपमा मनाए मजदुर दिवस

उदयपुर र सप्तरीले संयुक्त रुपमा मनाए मजदुर दिवस

सप्तरी । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी टे«ेड युनियन महासंघको सप्तरी र उदयपुर जिल्ला समितिले संयुक्त रुपमा १२९ औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएका छन् । उक्त अवसरमा चियापान सहितको कार्यक्रम आयोजना गरिएको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार पार्टी केस मोहनसिंह तामाङको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा विशेष अतिथि पार्टी केस अम्बर परियार, अतिथि सप्तरी जिल्ला इन्चार्ज सुर्य नारायण चौधरी लगायतका नेताहरु रहनु भएको थियो ।

अछ्मितलाल चौधरीले सञ्चालन गर्नु भएको उक्त कार्यक्रमको अध्यक्षता पञ्चीदेवी चौधरीले गर्नुभएको थियो भने देजमो उदयपुरका संयोजक लिल ब. विकले स्वागत मन्तव्य राख्नुभएको थियो ।