काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य शिव श्रेष्ठकी जीवन संगिनी तथा पार्टी सदस्य विमला श्रेष्ठको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै पार्टीले मृतक विमला श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । उहाँको मंगलबार विहान निधन भएको थियो । उहाँ केही समयदेखि अर्बुद रोगबाट पीडित हुनुहुन्थ्यो ।

पार्टी प्रवक्ता सुदर्शनले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, “हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय समिति सदस्य शिव श्रेष्ठकी जीवन संगिनी तथा पार्टी सदस्य क. विमला श्रेष्ठ अर्बुद रोगबाट पीडित हुनुहुन्थ्यो । आज २०८३ श्रावण ४ गते बिहान उहाँको दुःखद निधन भएको खबरले हामी मर्माहत भएका छौं । यस दुःखद घडिमा कृतिशेष कमरेड विमलाप्रति हार्दिक श्रद्धाञ्जली तथा उहाँका जीवनसाथी, एक छोरा तथा एक छोरी लगायत सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै शोकलाई शक्तिमा बदल्न विशेष अनुरोध गर्दछौं ।”
उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीसहित अन्त्यष्टी गरिएको थियो । उहाँको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलीका लागि पार्टीका स्थायी समिति सदस्यहरु रामसिंह श्रीस, हरिभक्त कँडेल, हेमन्तप्रकाश ओली, सीताराम तामाङ लगायत पार्टीका नेता कार्यकर्ताहरु पुग्नु भएको थियो । पार्टी प्रवक्ता सुदर्शनसहित स्थायी समितिका सदस्यहरुले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो ।































