भविष्य अनिश्चित र अन्यौलपूर्ण तुल्याइदिएको भन्दै क्रान्तिकारी सुकुम्बासी संघले दियो पाँच बुँदे माग पूरा गर्न चेतावनी

भविष्य अनिश्चित र अन्यौलपूर्ण तुल्याइदिएको भन्दै क्रान्तिकारी सुकुम्बासी संघले दियो पाँच बुँदे माग पूरा गर्न चेतावनी

बाँके । क्रान्तिकारी सुकुम्बासी संघ नेपालले सुकुम्बासीलाई दमन गर्ने, बिल्लिबाठ पार्ने, भविष्य असुरक्षित तुल्याउने काम तत्काल बन्द गर्न भन्दै पाँच बुँदे माग तत्काल पूरा गर्न जोडदार रुपमा माग गरेको छ ।
संघका बाँके संयोजक दिपेन्द्र घर्तीले स्थानीय पालिकामा बुझाएको ज्ञापन पत्रमा तत्काल सम्पूर्ण सुकुम्बासी र अब्यबस्थित बसोबासीहरुलाई सुनिश्चित र सुरक्षित बसोबासको ब्यवस्था तुरुन्त मिलाऊ, सुकुम्बासीका छोरा छोरीले पढ्लेख गर्न पाउने समुचित ब्यबस्था गर, बिरामी र अशक्त सुकुम्बासीहरुको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने ब्यबस्था गर, बस्ती उजाडिएका सुकुम्बासी र गैर सुकुम्बासीको बिवरण सार्बजनिक गर र सम्पूर्ण सुकुम्बासीलाई दीर्घकालीनरुपमा आवास, शिक्षा, स्थास्थ्य सबै हिसाबले सुरक्षित बसोबासो र काम गर्ने उमेरका सबैलाई रोजागरी दिने ब्यवस्था गर लगायतका मागहरु अगाडि सारिएको छ ।
ज्ञापन पत्रमा भनिएको छ, शासनसत्तामा आउनासाथ रास्वपाको बालेन सरकारले सुकुम्बासी बस्तीहरुमाथि डोजर चलाएर आफ्नो सुसानको शुरुवात गरेको र सुकुम्बासीहरुलाई होल्डिङ्ग सेण्टरमा कैदी बन्दी जस्तै थुनामा राखेर समाधान खोज्ने भनेको थियो । बस्ती उजाडिएको ती सुकुम्बासीलाई अहिले ती होल्डिङ्ग सेण्टरहरु छोड्न उर्दी सुनाएर उनीहरुमाथि बिचल्लीको थप अर्को चरणको सुसाशनको प्रदर्शन गरेको छ । ब्यबस्थित बसोबासोको लालपूर्जा र जीवन धान्ने रोजगारी पाइएला भनेर आशा गरिरहेका सुकम्बासीको भविष्य यसरी अनिश्चित र अन्यौलपूर्ण तुल्याइएको छ ।
सुकुम्बासीलाई यसरी बिचल्ली तुल्याउने र सुनिश्चित बसोबासो र समुचित रोजगारीको ब्यबस्था नगरी उनीहरुको जीवनमाथि खेलबाड गर्ने गैर जिम्मेवारीपूर्ण र दमनकारी सरकारी कदमको हामी तीन किसान संगठन घोर निन्दा र भर्त्सना गर्दछौं ।
कुनै पूर्व तयारी नगरी हचुवाको भरमा सुकुम्बासी बस्तीमाथ डोजर आक्रमण गर्ने र बिचल्ली पारेर छोड्ने सरकारले सुकुमबासी समस्या हल गर्नेभन्दा उनीहरुमाथि थप समस्या थोपर्ने जुन काम गर्दैछ यसले आवास, रोजगारी, शिक्षा र स्वास्थ्य सम्वन्धि मौलिक संवैधानिक हकको पनि धज्जी उठाएको छ । अतः हामी ततकाल निम्न लिखित माग पूरा गर्न र दीर्घ कालीनरुपमा यस समस्याको सही समाधान खोज्न जोडदार माग गर्दछौं स्
१। ततकाल सम्पूर्ण सुकुम्बासी र अब्यबस्थित बसोबासीहरुलाई सुनिश्चित र सुरक्षित बसोबासको ब्यवस्था तुरुन्त मिलाऊ
१२। सुकुम्बासीका छोरा छोरीले पढ्लेख गर्न पाउने समुचित ब्यबस्था गर
३। बिरामी र अशक्त सुकुम्बासीहरुको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने ब्यबस्था गर
४। बस्ती उजाडिएका सुकुम्बासी र गैर सुकुम्बासीको बिवरण सार्बजनिक गर
५। सम्पूर्ण सुकुम्बासीलाई दीर्घकालीनरुपमा आवास, शिक्षा, स्थास्थ्य सबै हिसाबले सुरक्षित बसोबासो र काम गर्ने उमेरका सबैलाई
रोजागरी दिने ब्यवस्था गर ।
२०७३ श्रावन ०३
क्रान्तिकारी सुकुमबासी सघ नेपाल,
जिल्ला समिती बाँके संयोजक
दिपेन्द्र घर्ती