नेपालमा संसदवादी र संशोधनवादी कम्युनिस्टहरुले यो वर्षको लेनिन दिवस मनाएनन्, उनीहरुले राष्ट्रिय सभाहलमा नेकपाको स्थापना दिवस मात्रै मनाए, लेनिनको फोटो राख्न पनि उनीहरु (संशोधनवादका नयां जोगी माके र संशोधनवादको पुरानो जोगी एमाले) बीचमा विवाद देखियो, यसमा संशोधनवादको पुरानो जोगी एमालेको नै सिद्धान्ततः विजय नै देखियो । यद्धपि नेपालमा विद्यमान अन्य माक्र्सवादी लेनिनवादी माओवादी कम्युनिस्टहरुले आ–आफ्नो हिसावले लेनिनको १४८औ लेनिन जयन्ती र ६८औ नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस मनाए ।

अहिले नेपालमा संसदवादी र संशोधनवादी कम्युनिस्टहरुको नेतृत्वमा सरकार गठन भएको छ । तर नामबाट मात्रै यी कम्युनिस्ट हुन् । सिद्धान्त, विचार र राजनीतिका हिसावले ती कम्युनिस्ट होइनन् भन्ने कुरा स्वयम् उनीहरुले पनि भन्दै आएका छन्, व्यवहारमा पुस्टि र पुनर्पुस्टि गर्दै आएका छन् । विश्व कम्युनिस्ट आन्दोलनमा जुनबेलादेखि माक्र्सवादको खोल ओढेर माक्र्सवाद विरोधी धाराको रुपमा संशोधनवादको उदय भयो, त्यसै बेला देखिन त्यसका विरुद्ध निरन्तर संघर्ष पनि चल्दै आएको छ र नेपाली कम्युनिस्ट आन्दोलनवारे पनि सत्य हो । लेनिनको सम्पूर्ण राजनीतिक जीवनकालभरी माक्र्सवाद र संशोधनवादबीच गहन वादविवाद र संघर्ष चलेको इतिहास छ । यस दौरानमा लेनिनले माक्र्सवादको रक्षा मात्रै गर्नु भएन अपितु यसको खजानामा महत्वपूर्ण प्रस्थापनाहरु पनि थप्नु भयो, जसलाई आज हामी माक्र्सवाद लेनिनवाद भन्दछौ । अन्तरास्ट्रिय कम्युनिस्ट आन्दोलनमा भएका विकास क्रममा समय समयमा नयां अनुहारमा देखा परेका बन्र्सटीनहरु, काट्स्कीहरु, ख्रुश्चेभ, ब्रेझनेभ, ल्युशाओचीहरु, नानारुपी अवसरवादीहरुको विरुद्धको संघर्षमा माक्र्सवादको अजेयता र जीवन्तता पुस्टि हुंदै आएको छ । तर अहिले नेपालमा संशोधनवादीहरु संशदवादको आहालमा रमाई रमाई सत्ता स्वाद लिंदै छन् र जसलाई लेनिनले जनताका लागि एउटा “सुँगुरको खोर” भन्नु भएको थियो ।

यस्ता नेता (लेनिन) जन्मेको देश रसिया त्यस्तो देशहरूमध्ये एउटा थियो जहाँ माक्र्सवाद र माक्र्सवादी साहित्य धेरै पहिले सुरूमै फैलियो । वास्तवमा माक्र्सको सैद्धान्तीक कार्य ‘क्यापिटल–पुँजी ’ अथवा ‘दास क्यापिटल’को पहिलो अनुवाद रसियन भाषामा भएको थियो । १८७२मा प्रकाशित एउटा संश्करण ( मुल जर्मन संश्करणको केबल ५ वर्षपछि), जो एउटा प्रशिद्ध जर्नलमा प्रकाशित गरिएको थियो, त्यसले नै राम्रो बजार पाएको थियो र अनगिन्ति सकारात्मक पुनरावलोकन सहितले सफल भएको थियो । यसको प्रभाव यति ठूलो भयो कि १८७३–७४ आउँदा नआउँदै ‘पु‘जी’बाट सन्दर्भहरू रसियाका ठूल्ठूला शहरहरूमा क्रान्तिकारी विद्यार्थीका आन्दोलनहरूका प्रचारमा देखिन सूरू भइसकेका थिए । माक्र्सवादी कामका रसियन भाषाका अन्य अनुवादहरूलाई पनि रसियन क्रान्तिकारीहरूद्धारा निकै पहिले देखिनै माक्र्सवादप्रतिको आकर्षण बढाएको थियो । यस्ता क्रान्तिकारीहरुमध्ये एकजना महिला क्रान्तिकारी–भेरा जासुलिक थिइन, जो सेन्ट पिटस्वर्गको गभर्नरको हत्या गर्ने उनको प्रयासका लागि प्रशिद्ध थिइन् । उनले १८८१मा माक्र्ससित पत्राचार गर्न सुरू गरेकी थिइन् जसलाई उनले माक्र्सको मृत्युअघिसम्म पनि निरन्तरता दिइ रहिन । १८८३मा उनी पहिलो रसियन माक्र्सवादी संगठन–जर्ज प्लेखानोवद्धारा नेतृत्व गरिएका ’लेबर मुक्ति समूह‘को हिस्सा बनिन । प्लेखानोवले १८८९मा भएको दोस्रो अन्तराष्ट्रियको कांग्रेसमा भाग लिएका थिए, त्यससपछि उनले पहिलो पटक एङ्गेल्ससित भेट गरेका थिए । यो वैठक पछि प्लेखानोवले एङ्गेल्सबाट मार्गनिर्देशन लिने र नजिकको सम्वन्ध कायम राख्ने कामलाई निरन्तरता दिएका थिए ।

रसियामा माक्र्सवादको स्थापना गर्ने काममा प्लेखानोवको प्रमुख भूमिका रहेको छ । उनले माक्र्स र एङ्गेल्सका घेरै कामहरूलाई रसियन भाषामा अनुवाद गरेका थिए र लोकपृय बनाएका थिए । अराजकतावादी, नरोदनिकहरूका किसान समाजवादी विचारहरूसित लडाई गर्दा उनले पनि माक्र्सवादका सैद्धान्तिक योगदानहरू गरेका थिए । रसिया त्यो समयमा जारको निरंकुश शासनमूनी थियो, जसका विरूद्ध त्यहाँका घेरै क्रान्तिकारीहरू र क्रान्तिकारी समूहहरूले उनीहरूका कृयाकलापहरू सुरू गरेका थिए । ती समूहहरूमध्ये घेरैले अराजकतावादीहरू र आतंकवादीहरूप्रति झुकाव राख्ने गर्दथे । प्लेखानोव र ‘लेवर मुक्ति समूह’ले माक्र्सवादप्रति एउटा ठूलो पक्षलाई परिवर्तनमा ल्याउन महत्वपूर्ण भूमिका खलेको थियो । लेनिन, जसले पछिल्लो चरणमा यो समूहसित हातेमालो गर्नु भएको थियो, यद्धपि, उहाँ नै एउटा यस्तो उच्स्तरको व्यक्तित्व हुनुहुन्थ्यो, जसले माक्र्सवाद र सर्वहारा आन्दोलनलाई अगाडि बढाएर लैजाने काम गर्नु भयो ।

भ्लादिमिर इल्यिच उल्यानोभको पार्टी नाम लेनिन थियो, जो सिम्बिष्र्क प्रान्तको राजधानी सिम्बिष्र्क शहरमा २२ अप्रिल १८७०मा जन्मनु भएको थियो । यो शहर रसियाको सबैभन्दा ठूलो नदी भोल्गामा अवस्थित छ । यद्धपि यो प्रदेशको राजधानी थियो, ता पनि लेनिनको जवानीमा यसको सञ्चार बाहिरी दुनीयाँमा सिमित थियो । त्याहाँ रेलवे थिएन् र भोल्गाको तल र माथि गर्ने एउटा स्टिमर मात्रै यातायातको प्रमुख माध्यम थियो । यो तै पनि लामो जाडोको महिनाहरूमा बन्द हुन्थ्यो, जब नदी जमेर हिंउ बन्दथ्यो र यातायातको साधन घोडाको पिठ्यु बनाइन्थ्यो ।

लेनिनका बाजे निकोलाई उल्यानोभ एक जना रुसी भूदास हुनुहुन्थ्यो, तर लेनिनका पिता एउटा राम्रा शिक्षित पढेलेखेका मानिस हुनुहुन्थ्यो,जसले ज्यादै कठिन परिश्रम गरेर भूदास र गरीब किसानको स्तरबाट शिक्षक, स्कूलहरूका निरिक्षक र अन्त्यमा सिम्ब्रीष्क प्रान्तका प्राथमिक स्कूलका डाइरेक्टर समेत बन्न सक्नु भएको थियो । १८७४मा उहाँलाई नागरिक परिषदको उच्च पद पनि दिइएको थियो । लेनिनको आमा, मारिया अलेक्सान्द्रभ्ना, एकजना ग्रामिण डक्टरकी छोरी हुनुहुन्थ्यो । यद्धपि उहाँ स्कुल जानु भएन । उहाँले घरमै शिक्षा प्राप्त गर्नु भएको थियो र घेरै विदेशी भाषाहरू समेत सिक्नु भएको थियो, जसलाई उहाँले पछि उहाँका बच्चालाई सिकाउनु भयो । उहाँहरूका आठ जना छोराछोरी थिए, जसमध्ये २ जना बच्चामा नै मरेका थिए र एक जना उनको कच्चा उमेरमा मरेकी थिइन् । लेनिन चौथो वच्चा हुनुहुन्थ्यो । सबै उहाँका भाइहरू र बहिनीहरू क्रान्तिकारीहरू भएर बढे ।

लेनिन यद्धपि उहाँका जेठा दाजु एलेकजेण्डरद्धारा ज्यादै प्रभावित हुनुहुन्थ्यो । एलेकजेण्डर एउटा चलाख विद्यार्थी र सेण्ट पिटस्वर्गको विश्वविद्यालयका स्वर्णपदकधारी थिए । सेण्ट पिटस्वर्ग त्यसवेला रूसको राजधानी थियो । उनी सेण्ट पिटस्वर्गमा क्रान्तिकारी युवाको गुप्त क्रान्तिकारी अध्ययन सर्कलहरूका एकजना सदस्य थिए र कामदारहरूका बीचमा राजनीतिक प्रचारप्रसार सञ्चालन गर्दथे । उनी वैचारिक रूपमा नरोद्निकहरू र माक्र्सवादीका बीचमा खडा थिए । १८८७मा एलेकजेण्डर उनको दिदी अन्ना र अन्य कमरेडहरूलाई जारको हत्यागर्ने कोशिस गरेको भनेर गिरफ्तार गरियो । अन्नालाई पछि जेल मुक्त गरियो र सेण्ट पिटस्वर्गबाट निर्वासनमा पठाइयो । एलेकजेण्डर यद्धपि जो त्यो समूहका नेता थिए, उनका अन्य चारजना साथीसहितलाई १८८७ मार्च ८का दिन झुण्डाएर फाँसि दिइयो । लेनिन त्यसवेलामा केबल १७वर्षीय उमेरका हुनुहुन्थ्यो, उहाँका दाजुको मृत्युमा त्यसको बदलालिने कसम खानु भएको थियो ।

लेनिन उहाँको युवा अवस्थादेखि नै एउटा मोडल विद्यार्थी हुनुहुन्थ्यो, जोसित अध्यनको एउटा राम्रो योजनावद्ध तरिका हुन्थ्यो । अन्य विद्यार्थीहरूले झै उहाँले अन्तिम समयमा आफ्ना गृह कार्यहरू तयार पार्ने कहिल्यै गर्नु भएन । त्यसको बदला उहाँले उहाँको अन्तिम मसौदा तयार पार्नुभन्दा पहिले नै सुरू आउटलाइन र मसौदा तयार पार्नु हुन्थ्यो , निरन्तर नोटहरू तयार पार्नेे, आवश्यक थपथापहरू परिवर्तनहरू गर्ने । उहाँले हरेक अध्यनलाई एकदमै केन्द्रीकरणको उच्चताका साथ गर्ने गर्नु हुन्थ्यो र जसले उहाँलाई उहाँको अध्यनमा डिस्टर्व गर्दथ,े उनीसित कुरा पनि गर्नु हुँर्दैनथ्यो । उहाँ आफ्नो जेठा दाजुप्रति एकदमै प्रशंसक हुनुहुन्थ्यो र एउटा युवा उमेरमा नै उहाँले गरेका हरेक चीजमा एलेक्जेण्डरको नक्कल गर्ने कोशिस गर्नु हुन्थ्यो । उहाँका दाजुलाई झुण्डाइएको एक महिनापछि, लेनिनले, व्यापक तनाव र दुखको वावजुद,उहाँको स्कूलको परिक्षाका लागि बस्नु पर्ने थियो । तैपनि उहाँले स्कुलको सबैभन्दा राम्रो विद्यार्थीका रूपमा स्वर्ण पदक पाउनु भयो ।
स्वर्णपदक पाएर पनि लेनिनले सेण्ट पिट्सवर्ग विश्वविद्यालयमा नत भर्ना पाउनु भयो न मस्को विश्वविद्यालयमा किनभने उहाँ एकजना प्रख्यात क्रान्तिकारीका भाई हुनुहुन्थ्यो । उहाँले अन्त्यमा कजानको सानो विश्वविद्यालयमा भर्ना पाउनु भयो । उहाँ तैपनि तीन महिनापछि विश्वविद्यालयहरूको स्वयत्तता र विद्यार्थीहरूको स्वतन्त्रतालाई सिमितगर्ने गरि ल्याइएको नयाँ नियमहरूका विरूद्ध एउटा प्रदर्शनमा भाग लिएको हुनाले कजानको शहरबाट निष्काशित गराइनु भयो । प्रहरी अधिकारी जसले उहाँलाई गिरफ्तार गरेर शहरमा लैजादै थियो, उसले जवान लेनिनलाई सम्झाउने कोशिस गर्दै भनेको थियो कि तिमी पर्खालसित टाउको ठोक्दै छौ । लेनिनले त्यसको जवाफमा भन्नु भएको थियो “पर्खाल त हो तर एउटा कुहिएकोे, जो एक लातमा गल्र्यामगुर्लुम ढल्नेछ ।” दोस्रो वर्ष १८८८मा लेनिनलाई कजानमा फर्कन अनुमति दिइयो तर उहाँलाई विश्वविद्यालयमा पुनः भर्ना दिइएन् । यहि शहर थियो, जहाँ लेनिनले गोप्य माक्र्सवादी अध्ययन सर्कलहरूमध्ये एकमा उपस्थित हुन सुरू गनु भएको थियो ।

यो अवधिमा र पछि जब उहाँको परिवार समाराको अर्को प्रान्त बसाई सरयो, लेनिनले उहाँको समयको ठूलो हिस्सा पढने र अध्ययन गर्नेमा विताउनु भयो । रसियन क्रान्तिकारीहरूका कामहरू पढनुको साथै, लेनिन, १८ वर्षको उमेरमा, माक्र्स र प्लेखानोबका धेरै किताबहरू पढन सुरू गर्नु भयो । उहाँले माक्र्सवाद सम्वन्धी उहाँको ज्ञानलाई प्रथम उहाँकी बहिनी अन्नालाई र अनि उहाँका साथीहरूका स–साना छलफल समूहहरूलाई संगठित गर्दै सुरू गर्नु भयो । उहाँले पौडी खेल्ने, स्केटिंग गर्ने, पाहाड चढने र सिकार खेल्ने क्लासमा पनि भाग लिनु भयो ।

सोही समयमा उहाँकी आमाले उहाँलाई विश्वविद्यालयमा पुनः भर्नाका लागि वारम्वार कोशिस गरि रहनु भयो । उहाँलाई तै पनि कजानमा फेरी पनि इन्कार गरियो । उहाँलाई विदेशमा गएर पढनका लागि एउटा राहादानी दिन पनि इन्कार गरियो । घेरै निवेदनहरूपछि, लेनिनलाई १८९०को अन्त्यमा एउटा वाह्य कानुन विद्यार्थीको रूपमा सेन्ट पिटस्वर्ग विश्वविद्यालयमा भर्नाका लागि स्विकार गरियो । उहाँ लेक्चर क्लास उपस्थित हुने अनुमति नभइकनै परीक्षाका लागि सिधै बस्न सक्नु हुन्थ्यो । लेनिनले उहाँका पहिलेका कजानका साथी विद्यार्थीसितै उही समयमा नै उहाँको कोर्ष सिध्याउने निस्चित गर्नु भएको थियो । उहाँले त्यसकारण स्वअध्यनद्धारा चारवर्से कोर्सलाई एक वर्षभित्रैमा पुरा गरेर देखाइ दिनु भयो । १८९१मा लिइएको परीक्षामा उहाँले सबै विषयहरूमा उच्चतम अंक प्राप्त गर्नु भएको थियो र उहाँलाई प्रथम स्थानको डिग्री दिइयो । जनवरी १८९२मा उहाँलाई कानुनवेत्ताका रूपमा स्विकार गरियो र सामारा क्षेत्रीय अदालतमा उहाँले प्राक्टीस सुरू गर्नु भयो ।
लेनिन यद्धपि उहाँको कानुन प्राक्टीसमा एकदमै कम इच्छा राख्नु हुन्थ्यो । सेन्ट पिटसवर्गमा उहाँको परिक्षा दिंदै गर्दा उहाँले त्यहाँ माक्र्सवादी सम्पर्कहरू विकास गर्नु भएको थियो । र जसद्धारा उहाँलाई माक्र्सवादी साहित्य प्राप्त गर्न सजिलो भएको थियो । सामारामा लेनिनले मजदुरहरू र अरूहरूका गैर कानुनी अध्ययन सर्कलहरूमा लेक्चरहरू दिनका लागि उहाँको समयको ठूलो हिस्सा खर्च गर्नु भएको थियो । सामाराको पहिलो माक्र्सवादी अध्ययन सर्कल पनि उहाँले नै गठन गर्नु भएको थियो । पुराना पार्टी सदस्य ग.मा. क्रझिझानोभस्कीले आफ्नो संस्मरणमा लेखेका थिए–“हाम्रो उत्तरी भेकमा पनि यी असाधारण व्यक्तित्व देखा परे । माक्र्सको प्रतिभाद्धारा प्रतिपादित वैचारिक अस्त्र कति शक्तिशाली हुन सक्छ भन्ने कुरा यस व्यक्तिले जति अरु कसैले बुझेको थिएन । उसका लागि एक माक्र्सवादी सवभन्दा पहिले क्रान्तिकारी हुनुपथ्र्यो ।” लेनिनसित निम्न चार अति महत्वपूर्ण प्रतिभाहरु थिए– (१)माक्र्सवादको गम्भीर अध्ययन, (२) रुसी परिस्थितिमा माक्र्सवादी विचारधारा कसरी प्रयोग गरिनुपर्छ भन्ने ज्ञान, (३) मजदुर संघर्षको अजेयताप्रति दृढ विश्वास, (४) महान् सङ्गठनात्मक प्रतिभा ।
सामारा नरोदनिकको एउटा केन्द्र थियो र लेनिनले उहाँको शक्ति र क्षेमता त्यो समयको नरोदनिक विचारसितको लडाइमा केन्द्रीत गर्नु भयो, जो उदारवादतर्फ गतिशील भएको थियो । उहाँले, त्यही समयमा, १८७०का बहादुर, स्वार्थहिन, नरोदनिक क्रान्तिकारीहरूका लागि उहाँमा महान् आदर थिया,े जसमध्ये धेरै जना राजनीतिबाट रिटाएर पछि सामारामा वस्दै आएका थिए । लेनिन सधैभरी उनीहरूबाट उनीहरूका क्रान्तिकारी कामहरू, उनीहरूका गोप्यता सम्वन्धी तरिकाहरू र सोधपुछ र मुद्दाहरूका दौरान क्रान्तिकारीहरूका व्यवहारवारे सिक्न उत्सुक हुनुहुन्थ्यो । यहि सामारामा रहदादेखि नै लेनिनले उहाँको पहिलो लेखहरू लेख्न सुरू गर्नु भयो , जसलाई अध्ययन सर्कलहरूबीचमा वितरण गरिएका थिए । उहाँले रसियन भाषामा कम्युनिष्ट घोषणापत्र पनि अनुवाद गर्नु भएको थियो । लेनिनका कार्यहरू र प्रभाव भोल्गा क्षेत्रका सामारा वाहेक अरू प्रान्तहरूमा फैलिन सुरू ग¥यो ।

सुस्पष्ट विचारहरूको विकास पछि लेनिनले अनि उहाँका क्रान्तिकारी कामका क्षेत्रलाई व्यापक गराउन चाहानु हुन्थ्यो । यो लक्ष्यका साथ अगस्त १८९३मा उहाँ सेन्ट पिटसवर्गका लागि वसाई सर्नु भयो, जो अत्यधिक सर्वहारा रहेको एउटा प्रमुख औधोगिक शहर थियो । एउटा कभरका रूपमा उहाँले सेन्ट पिटसवर्गको सिनियर वेरिष्टरका लागि एसिष्टेन्ट कानुन वेत्ताका रूपमा काम लिनु भएको थियो । उहाँले यद्धपि धेरै कम कानुनी काम गर्नु भयो र पूर्ण रूपमा क्रान्तिकारी कृयाकलापहरूमा केन्द्रीत गर्नु भयो । लेनिन तुरून्तै सेन्टपिटसवर्गका अनगिन्ति गोप्य अध्ययन केन्द्रहरूलाई नयाँ जीवन ल्याइदिने एउटा नेतृत्वदायी व्यक्तिका रूपमा अगाडि आउनु भयो । उहाँले मस्को सर्कलहरूलाई पनि प्रभावित पार्नु भयो । सर्कलहरूमा लेक्चरहरूको अलवा, उहाँ कामदारहरूको जीवनबारे विस्तृत रूपले सिक्नमा सधैभरी उत्सुक हुनुहुन्थ्यो । सर्कलहरूमा उहाँले क्रान्तिकारीहरूको एउटा ठूलो हिस्सालाई स–साना सर्कलहरूमा गरिने छानिएका प्रचारप्रसार (त्यसवेलाका प्रोपोगन्डा जसलाई अहिले हामीले हाम्रो राजनीतिक शिक्षा कक्षाहरूका रूपमा बुझने गरेझै) लाई मजदुरहरूका व्यापक मासकाबीचमा गरिने मास विद्रोहको आवश्यकता बारे सम्झाउन सक्नु भयो ।

यो त्यही अवधि थियो जुन बेलामा उहाँको भेट उहाँकी भावी श्रीमति क्रुप्सकाया, जो माक्र्सवादसित पहिले नै सम्पर्कमा आइसक्नु भएको थियो , भेट भयो र जसले मजदुरहरूका लागि एउटा रात्री स्कुलमा तलब विना पढाइरहनु भएको थियो । उहाँका धेरै मजदुर विद्यार्थीहरू लेनिनले सञ्चालन गरेको एउटा सामूहिक अध्ययन सर्कलमा भाग थिए । लेनिनले आफै पनि उहाँबाट उहाँको सेन्ट पिटसवर्गका मजदुरहरूको जीवनहरू र कामको अवस्थाबारेको गहिरो ज्ञानबाट सिक्न सधैभरी इच्छुक हुनुहुन्थ्यो । जब लेनिन विरामी हुनु भयो क्रुप्सकायाले उहाँलाई भेटन गई रहनु हुन्थ्यो र उहाँहरूबीचको मित्रता क्रमसःएउटा प्यारमा झागीदै गयो ।

सोही समयमा लेनिनले रसियाका जति सक्यो धेरै शहरहरूमा उहाँको सम्पर्कलाई विस्तार गर्ने कामलाई निरन्तरता दिनु भयो । फरवरी १८९५मा विभिन्न प्रमुख शहरहरूमा रहेका समूहहरूको एउटा बैठकले लेनिन र मस्कोबाट अर्को प्रतिनिधिलाई बाहिर पठाएर ‘लेवर समूहको मुक्ति’ सित सम्पर्क बढाउनका लागि पठाउने निर्णय गर्नु भयो । लेनिनको पहिलो युरोपको भ्रमण जुन १८९५को अप्रिलदेखि सेप्टेम्वरसम्म भएको थियो । उहाँले यो अवधिभरी ‘लेवर समूहको मुक्ति’का नेता प्लेखानोव र अक्जेलरोडलाई भेट्नु भयो र जर्मन र फ्रेन्च कामदार वर्गका संगठनहरूका अन्य नेताहरूलाई पनि भेटनु भयो । उहाँको एङ्गेल्ससित भेट गर्ने गहिरो इच्छा थियो तर सो हुन सकेन किनभने एङ्गेल्स त्यसवेलामा उहाँको मृत्यु सैयामा हुनुहुन्थ्यो ।

उहाँको रसिया फर्काइपछि उहाँले सेण्ट पिटसवर्गका सवै माक्र्सवादी सर्कलहरूलाई एउटै राजनीतिक संगठन जसलाई ‘लेवर समूहको मुक्ति’का लागि संघर्षको लिग भनिन्थ्यो, मा एकतावद्ध गराउनु भयो । उक्त लिगले तुरून्तै विरोधस्वरुप शहरका ठूला कारखानाहरूमा हडताललाई संगठित गर्न सुरू ग¥यो । यसले कामदारहरूको एउटा गैर कानुनी पत्रिका प्रकाशित गर्ने योजना बनायो । गुप्त पुलिस जसले लेनिनमाथि निगरानी राखीरहेका थिए अन्त्यमा एकजना सुचनादाताको मद्तले प्रमाणसहित उहाँलाई गिरफ्तार गर्न सफल भयो । उहाँलाई डिसेम्वर १८९५मा अवैधानिक पत्रिकाको पहिलो अंकको हस्तलिखित सहित पक्डीयो र जेलमा पठाइयो ।

जेलबाट समेत लेनिनले बाहिर रहेका उहाँका कमरेडहरूसित नजिकको सम्पर्कलाई व्यवस्थित गर्नु भयो । उहाँको आमा र बहिनी अन्नाले कैयौ किताबहरू ल्याएर किताबमा उहाँले कोड भाषामार्फत जसलाई उहाँले आफ्नो बहिनीलाई सिकाउनु भएको थियो, चिठीहरू पठाउनु भयो । उहाँले दुधमा लेखिएका चिठीहरू पनि पठाउनु भयो जसले नदेखिने मसिको रूपमा काम गर्दथ्यो जुन पछि त्यसलाई तताएर पढदा देख्न सकिने हुन्थ्यो । उहाँले कालो रोटीलाई मसिदानीका रूपमा प्रयोग गर्नु हुन्थ्यो ताकि यदि कुनै जेल सुरक्षा आर्मी नजिकमा आयो र देख्यो भने त्यसलाई उहाँले छिटछिटो निल्न सक्नु हुनथ्यो । यसरी जेलबाट लेनिनले पम्पलेटहरू र प्रत्यक्ष हडतालहरूको आव्हानमा लेख लेख्न सक्नु हुन्थ्या,े जो १८९६का दौरान जुनवेला रसियाभरी एउटा ज्वारका रुपमा फैलिएको थियो । उहाँ लिगका वास्तविक नेताका रूपमा प्रख्याती कमाउदै जानु भयो । सोही समयमा उहाँले विहानदेखि रातीसम्म गहिरो अध्ययन गरिरहँदा उहाँको पहिलो सैद्धान्तिक कार्य–रुसी पुँजीवादको विकासको गहन अध्ययन र अनुसन्धान गर्न सुरू गर्नु थियो । लेनिनले सुत्न जानुभन्दा अगाडि दैनिक नियमित शारिरिक अभ्यास गरेर शरीरलाई तन्दुरस्ती राख्ने गर्नु हुन्थ्यो ।

एकवर्षभन्दा अलि बढता जेलको बसाईपछि लेनिनलाई कैद मुक्त गरियो तर त्यसको लगत्तै उहाँलाई तीनवर्षका लागि साइबेरियामा निर्वासनमा पठाइयो जहाँ उहाँ १८९७ मेमा पुग्नु भयो । क्रुप्सकायालाई पनि त्यही समयमा गिरफ्तार गरियो । लेनिनले साइवेरियाबाट उहाँलाई विवाहको प्रस्ताव राख्नु भयो । उहाँले सामान्यरूपले उत्तर दिनु भएको थियो –“ यदि म एउटी श्रीमति हुने हो भने, यसलाई अहिलेकै अवस्था नै ठिक छ ।” उहाँलाई साइवेरियामा लेनिनसित वस्ने अनुमति दिइयो जहाँ १८९८ मेमा उहाँ पुग्नु भयो । लेनिनले साइवेरियामा उहाँको वसाइका दौरानमा प्रशस्त समय सैद्धान्तिक काममा विताउनु भयो । क्रुप्सकायासित मिलेर उहाँको सहयोगमा लेनिनले एउटा अंग्रेजी किताब–रसियामा औधोगिक प्रजातन्त्रको अनुवाद गर्नु भयो । उहाँले उहाँको कार्य रसियामा पुँजीवादको विकासमाथिको लेखाई पुरा गर्नु भयो जुन वैधानिक रूपमा १८९९मा प्रकाशित गरियो । उहाँले अघिल्लो खण्डमा बर्णन गरिएको बर्नस्टीन संशोधनवादलाई लिएर गरिएको एउटा अवसरवादी प्रवृतिमा आधारित अर्थशास्त्रीहरूका विरूद्ध उहाँको संघर्षलाई पनि सुरू गर्नु भयो । उहाँले रसियन क्रान्तिका तत्कालिन कार्यहरू र कार्यक्रमहरू के हुनु पर्दछ भन्नेबारे लगातार लेखहरु लेख्नु भयो । जब उहाँ निर्वासनबाट बाहिर आउनु भयो, उहाँका लागि अति जरूरी र जल्दोबल्दो कार्य क्रान्तिकारी सर्वहारा पार्टीको निर्माण थियो । द रसियन सामाजिक प्रजातान्त्रिक लेबर पार्टी(आरएसडिएलपी) १८९८मा गरिएको एउटा कांग्रेसमा औपचारिक रूपले स्थापना गरिएको थियो, जसमा केबल ९ जना प्रतिनिधिहरू थिए । तै पनि कांग्रेसले निर्वाचित गरेको केन्द्रीय समिति धेरै छिटो गिरफ्तार गरियो । यद्धपि पार्टीको झण्डा यो कांग्रेसले घोषणा गरेको थियो कि यसले सबै समूहहरूलाई एकतावद्ध गर्न वास्तवमा असफल भयो र एउटा पार्टी संगठनात्मक संरचना निर्माण गर्न सकेन् । यसरी १९००का लागि यो कार्य बाकी रहयो ।
१९००को सुरूमा जब लेनिन निर्वासनमा हुनुहुन्थ्यो पार्टी निर्माणको लागि योजनालाई विस्तृत खाका बनाइएको थियो । यसका लागि लेनिनले महसुस गर्नु भएको थियो कि अखिल रसियन राजनीतिक समाचार पत्रको स्थापनाको आवश्यकता छ । लेनिनले प्रस्ताव राख्नु भएको थियो कि राजनैतिक रूपले र संगठनात्मक रूपको एउटा मात्रै मार्ग जसले छरिएर रहेका माक्र्सवादी अध्ययन सर्कलहरू, समूहहरू र संगठनहरूलाई एकतावद्ध गर्न एउटा राजनीतिक समाचारपत्रमार्फत सम्भव छ । यो समाचारपत्रले तत्कालै सबै अवसरवादी भड्कावहरूका विरूद्ध लड्दै र सही लाइनलाई प्रस्तुत गरेर रसियाभरका सबै विभिन्न सेलहरूलाई एक आपसमा राजनीतिक सम्वन्ध स्थापित गर्न सक्षम हुने छ । त्यसैगरी एउटा अवैधानिक पत्रिकालाई गोप्य तरिकाले वितरणको कठिन कार्यले रसियन गुप्तचर पुलिसको दमन सामना गर्नमा तालिम प्राप्त आफै एउटा भूमिगत संगठन निर्माण गर्न सक्षम हुने छ । लेनिनले पार्टी कंग्रेसको आव्हान गर्नुभन्दा अगाडि नै यो कार्यक्रमलाई पहिलो बनाउन चाहानु हुन्थ्यो किनभने संशोधनवादी र अवसरवादी प्रवृतिहरू जसले आउने वर्षहरूमा भएका आन्दोलनहरूमा उनीहरूका टाउकाहरू उठाइसकेका थिए तिनलाई पराजित गर्नु पहिलो आवश्यकता थियो ।

लेनिनको योजनाको महत्वपूर्ण कार्य रसियाका विभिन्न शहरहरूमा रहेका संघर्षका लिगहरूद्धारा र समाजवादी लोकतान्त्रिकहरूको कन्फरेन्स जसमा उहाँले यो योजनालाई बहसका लागि व्यवस्था गर्नु भएको थियो, त्यसमा बहसगरेर त्यसलाई पास गर्नु थियो । यो योजनामा उहाँका प्रमुख सहयोगीहरू सेन्ट पिटसवर्गको केन्द्रीय समूहका सदस्यहरू मार्तोभ र पोट्रेसोभ जसलाई गिरफ्तार गरेर साइवेरियामा सोही समयमा जुन समयमा लेनिन त्यहाँ हुनुहुन्थ्यो, पठाइएको थियो । योजना अनुसार पत्रिकालाई बाहिरबाट प्रकाशित गर्ने थियो किनभने रसियाभित्रबाट यसलाई प्रकाशित गर्ने काम ज्यादै कठिन थियो । लेनिनले यो अभिप्रायका लागि प्लेखानोवको ‘लेवर समूहको मुक्ति’ जो पहिले देखि नै बाहिर अस्तित्वमा थियो, सित एकतागर्ने योजना पनि थियो । सम्पादकीय बोर्ड सदस्यहरूमा ६जना सदस्यहरू थिए जसमा तीन जना बाहिरी ‘लेवर समूहको मुक्ति’बाट र तीन जना रसियाबाट जसमा लेनिन, मार्तोव र पोट्रेसोव थिए । सबै व्यवस्थापनहरू गरिसकेपछि पत्रिकाको पहिलो अंक डिसेम्वर १९००मा बाहिर आयो । यसलाई इष्क्रा माने झिल्को भनियो । यसको टाइटल पेजमा १८२५को पहिलो रसियन पुँजीवादी क्रान्तिकारीहरूका शब्दहरू–झिल्कोले एउटा ज्वाला बाल्ने छ भन्नेलाई राखियो । इष्क्रा विभिन्न समयमा विभिन्न देशहरू–जर्मनी, इगलैण्ड र स्टिजरलैण्डमा छाप्ने काम भयो । यसलाई सिधै रसियामा कहिल्यै पठाइएन् बरू जवसम्म रसियाभित्र रहेको गोप्य इष्क्रा समितिमा तिनीहरू पुग्ने हुँदैनन्थे, यसलाई एकदमै घुमाउरो बाटोहरू हुँदै पठाउने गरियो । वितरकहरूका लागि गुप्त पुलिसलाई छल्नु एउटा एकदमै कठिन काम थियो र यदि इष्क्राका गुप्तरूपले निकाशी पैठारी गर्नेहरू समातिए भने तिनीहरूलाई सिधै साइवेरियाको निर्वासनमा पठाइन्थ्यो । इष्क्रा मजदुर वर्ग प्रशिक्षण गर्नका लागि एउटा प्रमुख औजार थियो किनभने पत्रिकामा प्रकाशित लेखहरू पढेर विभिन्न अध्ययन सर्कलहरूमा लेक्चर सहित कक्षा लिने गरिन्थ्यो । इष्क्रा एजेण्टहरूले गोप्य इष्क्रा लिफलेटसका रूपमा पनि वितरण गर्ने प्रत्येक अवसरहरूको उपयोग गर्ने गर्दथे । तिनीहरूलाइ केबल कारखानाहरूमा मात्रै वितरण गरिएन बरू गल्लीहरू, नाचघरहरू, फौजी व्यारेकहरू र हुलाकहरूमार्फत पनि वितरण गरिए । ठूला शहरहरूमा तिनीहरूलाई गल्लीहरूमा छरिए अथवा बाल्कोनीबाट तल नाचघरहरूमा छरिए । स्थानीय स्तरमा तिनीहरूलाई राती अवेरा र विहानै कारखानाका चोकचोकहरू र पानी थाप्ने ठाउँहरूमा, जहाँ तिनलाई मानिसले विहानै देख्न सक्दथे, राखियो । प्रत्येक यस्ता अपरेशनपछि जसलाई सोयिंग( कयधष्लन) भन्ने गरिन्थ्यो, एउटा निस्चित चिन्ह नजिकका पर्खालमा लगाउने गरिन्थ्यो ताकि रातीको कामको असर, प्रभावको पुरा प्रतिवेदन विहानमा पाउन सकिन्थ्यो । स–साना नगरहरू र गाउँहरूमा, इष्क्रा पर्चाहरूलाई बजारका दिनहरूमा किसानका हलोहरू र पर्खालहरूमा टाँसिएको हुन्थे । यो सबै खतरापूर्ण काम थियो, किनभने पत्ता लाग्दा वित्तिकै गिरफ्तार र साइवेरियाका लागि निर्वाशनको सम्भावना थियो । यो काममा संलग्न कमरेडहरूले सुस्त–सुस्त लेनिनको सर्वहारा पार्टी निर्माणको योजना मुताविक त्यसको आधारमा प्रोफेशनल क्रान्तिकारीहरूको टिम निर्माण गर्न सुरू गरे ।

पार्टीको संरचना र वनावटलाई, लेनिनले विचार गर्नु भयो कि यसका दुई भागहरूः एउटा नेतृत्वदायी पार्टि कार्यकर्ताहरूको नियमित क्याडरहरूको एउटा नजिकको सर्कल । खासगरी प्रोफेशनल क्रान्तिकारीहरू, त्यो भनेको, पार्टी काम देखि वाहेक अन्य सबै पेशाहरूबाट स्वतन्त्र र कम्तिमा पनि न्यूनतम सैद्धान्तिक ज्ञान भएका, राजनीतिक अनुभव भएका, संगठनात्मक व्यावहार भएका र जारशाही पुलिससित लडने र सामना गर्ने कला भएका पार्टी कार्यकर्ताहरू । दोस्रो स्थानीय पार्टी संगठनहरूको एउटा चौतर्फि सञ्जाल भएको र मजदुर जनताको सयौ–हजारौको समर्थन भएको । जब यस्तो पार्टी निर्माणको प्रक्रिया इष्क्राको मद्तमार्फत अगाडि बढिरहेको थियो, लेनिनले उहाँका लेखहरू र किताबहरूमार्फत यो प्रक्रियालाई दिशा निर्देसन गर्नु भयो । खासगरी महत्वपूर्ण कुराहरु कहाँबाट सुरू गर्ने ? के गर्ने ? र संगठनात्मक प्रश्नहरूमाथि कमरेडलाई चीठीआदि थिए । यी कामहरूमा उहाँले सर्वहाराको वैचारिक र संगठनात्मक आधार बसाल्ने काम गर्नु भयो ।

संगठनात्मक प्रश्नहरू बाहेक लेनिनले गरेको एउटा प्रमुख लडाई अर्थशास्त्रीहरू, जसले मजदुरहरूको आर्थिक संघर्षलाई मात्रै काम गर्ने सामाजिक प्रजातान्त्रिक पार्टीका रुपमा सिमित गर्न चाहन्थे, तिनका विरूद्ध थियो । तिनीहरू रसियामा लेनिनको निर्वासनको दौरानमा शक्तिमा बढेका थिए र लेनिनले महसुस गर्नु भएको थियो कि पार्टी कंग्रेस सुरूभन्दा पहिले अर्थवादलाई वैचारिक रूपले पराजित गरिनु पर्दछ । उहाँले तिनीहरूमाथि सिधै आक्रमण सुरू गर्नु भयो, खासगरी उहाँको ‘के गरिनु पर्दछ ?’ भन्ने किताब मार्फत । लेनिनले पर्दाफास गर्नु भयो कि कसरी अर्थशास्त्रीहरूका विचारहरूको अर्थ मजदुर वर्गका निरन्तरतालाई नमस्कार गर्ने गर्दछन् र पार्टीको नेतृत्वदायी भूमिका र सचेतताको भूमिकालाई इन्कार गर्ने गर्दछन् । उहाँले देखाउनु भयो कि कसरी पुँजीवादलाई मजदुर वर्गको दासता तर्फ यसले लैजाने गर्दछ । जब माक्र्सवाद प्रशिक्षीत गरिरहँदा, अर्थशास्त्रिहरूले सामाजिक सुधारको एउटा पार्टीभित्र क्रान्तिकारी पार्टीलाई बदल्न चाहन्थे । लेनिनले यसरी देखाउनु भयो कि कसरी अर्थशास्त्रिहरू बर्नस्टिन शंसोधनवादका अवसरवादी प्रवृतिका रसियन प्रतिनिधि थिए । लेनिनको यो किताब, रसियामा व्यापक वितरण गरिएको थियो, अर्थवादलाई कडारूपले पराजित गर्न सफल भयो । यसले यसप्रकार सिद्धान्तहरूलाई स्थापित ग¥यो, जुन पछि गएर बोल्सेविक पार्टीको वैचारिक जग बन्यो ।

रसियन समाजवादी प्रजातान्त्रिक मजदुर दल(आरएसडिएल्पी) भित्र बेल्सेविक प्रवृितको वास्तविक जन्म जुलाई–अगस्त १९०३मा भएको दोस्रो पार्टी कंग्रेसमा भयो । कग्रेसमा प्रमुख बहस पार्टीको प्रकृति कस्तो हुनु पर्दछ र यसरी पार्टीमा कसलाई सदस्यता दिइनु पर्दछ भन्ने सम्वन्धमा थियो । लेनिन जसले दिमागमा एउटा कसिलो,प्रभावकारी प्रोफेशनल क्रान्तिकारी आधारित पार्टीको प्रस्ताव राख्नु भएको थियो ताकि सबै सदस्यहरूले पार्टी संगठनहरूको कुनै एकमा काम गर्नु पर्दछ । मार्तोभले, अर्कोतीर, उसको मोडल खुकुलो काम गर्ने कानुनी पार्टीहरू, जुन त्यो समयमा दोस्रो अन्तराष्ट्रियमा सामान्य भएको थियो । उसले यसरी सदस्यका लागि खुकुलो क्राइटेरिया प्रस्ताव ग¥यो, जसले कुनै पनि व्यक्ति पार्टी कार्यक्रम स्विकार ग¥यो र आर्थिक रूपले सहयोग ग¥यो भने पार्टी सदस्यका लागि योग्य हुन्थ्यो । उ यसरी कुनै पनि पार्टी शुभेच्छुकलाई पार्टी सदस्यता दिनलाई तयार थियो । यो प्वाइन्टमाथिको भोटमा बहुमत मार्तोभसित थिए । यद्धपि पछि जब केही अवसरवादी पक्षहरूले कंग्रेस बहिष्कार गदै कंग्रेसबाट बाहिरीए बहुमत लेनिनको पक्षमा आयो । यो केन्द्रीय समितिको निर्वाचनहरूमा स्पष्टसित देखियो र इष्क्राको सम्पादक मण्डलमा, जुन लेनिनको प्रस्तावहरू अनुसार भयो । यी दुई समूहहरू बीचको फरक यद्धपि बलियो रहयो र कंग्रेसपछि समेत निरन्तर रहयो । त्यससमय देखि लेनिनका अनुयायीहरू, जसले कंग्रेसमा निर्वाचनहरूमा भोटहरूको बहुमत प्राप्त ग¥यो , बोल्सेविकहरू(जसको अर्थ रसियन भाषामा बहुमत हो) भन्न थालियो । लेनिनका विरोधीहरू, जसले भोटहरूको अल्पमत प्राप्त गरे, मेन्सेविकहरू( जसको अर्थ रसियन भाषामा अल्पमत हो) भए ।

कंग्रेसपछि लगत्तै मेन्सेविकहरूले तोडमरोडहरू र विभाजनका कृयाकलापहरू सुरू गरे । यसले प्रसस्त भ्रमहरू सृजना ग¥यो । भ्रमहरूलाई स्पष्ट पार्नका लागि, लेनिनले, मे १९०४मा उहाँको प्रशिद्ध किताब, ‘एक पाइला अगाडि, दुई पाइलाहरू पछाडि’ प्रकाशित गर्नु भयो । यसले दुवै कंग्रेसको दौरान र कंग्रेसपछि अन्तर–पार्टी संघर्षको एउटा विस्तृत विश्लेषण दियो र त्यो आधारमा सर्वहारा पार्टीको प्रमुख संगठनात्मक सिद्धान्तहरू, जुन पछि बोल्सेविक पार्टीको संगठनात्मक जगहरू बन्यो । यो किताबको सर्कुलेसनले पार्टीको स्थानीय संगठनहरूको बहुमत बोल्सेविकहरूको पक्षमा ल्यायो । यद्धपि केन्द्रीय संस्थाहरू, पार्टीको मुखपत्र र केन्द्रीय समिति मेन्सेविकहरूको हातमा गया,े जो कंग्रेसका निर्णयहरूलाइ हराउन ह्दयदेखिनै प्रतिवद्ध थिए । बोल्सेविकहरूलाई यसरी उनीहरूको आफ्नै समिति गठन गर्न र उनीहरूको आफ्नै मुखपत्रका लागि वाध्य पारियो । दुवै समूहहरूले उनीहरूका आफ्ना कंग्रेस र कन्फरेन्स आयोजनाका लागि वेग्ला वग्लै तैयारीहरू गर्न सुरू गरे । यी सबै १९०५मा आयोजना गरिए । पार्टीमा विभाजन पुरा भयो । जगहरू यद्धपि सांचो क्रान्तिकारी पार्टी–एउटा नयाँ प्रकारको सर्वहारा पार्टीको निर्माणका लागि बसाली सकिएको थियो ।

१९०७को अप्रिलको अन्त्यमा भएको रसियाली सामाजिक–जनवादी मजदुर पार्टीको पाचौ महाधिवेशनमा भागलिन आएका डेलीगेटहरुले आपसमा गरेको कुराकानी सम्झदै माक्सिम गोर्कीले आफ्नो संस्मरणमा लेख्नुभएको थियो –एक जना मजदुरले लेनिनवारे आफ्नो उद्गार प्रकट गरेका थिए–“उ हाम्रो हो !” उसको कुरा काट्दै अर्कोले भन्यो–“प्लेखानोभ पनि त हाम्रा हुन् !” मैले घत लाग्दो उत्तर सुने –“प्लेखानोभ हाम्रा गुरु हुन्, हाम्रा साहेब हुन्, लेनिन हाम्रा नेता र साथी हुन् ।”

लेनिनले विघटनवादीजस्ता खुल्ला अवसरवादीहरुको विरुद्ध मात्र नभएर क्रान्तिकारी शब्दहरुद्धारा आफ्नो अवसरवादी नीति लुकाउने छद्मभेषी पार्टी सदस्यहरुका विरुद्ध पनि कठोर संघर्ष चलाउनु भयो । यस संघर्षको सिलसिलामा बोल्सेभिक पार्टीले आफ्नो शक्ति दरिलो तुल्यायो, क्रान्तिकारी राजनीतिक र रणनीति अगाडि राख्यो । पछि गएर आफ्नो कृति “वामपन्थी”साम्यवाद–एक बालरोगमा लेनिनले लेख्नु भएको थियो, क्रान्तिको पराजयपछि बोल्सेभिकहरु यस निमित्त नै उचित तरिकाले पछि हटन र आफ्नो शक्ति कायम राख्नसफल भए किनभने उनीहरुले समयमै “सबै क्रान्तिकारी कुरौटेहरुलाई ………बडो कठोरतासाथ भण्डाफोर गर्दै पार्टीबाट निकालिदिएका थिए ।” मिठामिठा “क्रान्तिकारी”शब्दहरु मनपराउने तर दैनिक , आवश्यक क्रान्तिकारी कामचाहीं गर्न नचाहने त्यस्ता सबै क्रान्तिकारीहरुलाई पार्टीले निकाली दियो ।

जनवादी क्रान्तिमा सर्वहारावर्गको नेतृत्वदायी भूमिका रहन जानु नै क्रान्तिको मुख्य परिणाम हो भन्ने लेनिनको विचार थियो । जनवादी क्रान्तिमा दलित तथा उत्पीडित वर्गहरुले व्यापक क्रान्तिकारी संघर्ष चलाउन सिके । मजदुरवर्ग र किसानहरुबीचको एकता सुदृढ तुल्याउन कति आवशयक छ भन्ने पनि लेनिनले छर्लङ्ग पार्नु भयो । लेनिनले रुसी सर्वहाराका उपलब्धिहरुको महानता अगाडि राख्नु भयो । लेनिनले लेख्नु भएको थियो, “तीन वर्षको (सन् १९०५–१९०७)अवधिमा आफ्नो विरतापूर्ण संघर्षद्धारा रुसी सर्वहाराले आफ्नो र रुसी जनताको लागि त्यो उपलब्धि हासिल गर्न सफल भएको छ जसको लागि अरु जनताहरुले दशौ वर्ष लगाएका थिए ।” पछि यसमा जोड दिंदै लेनिनले लेख्नुभएको थियो, सन् १९०५को जस्तो “अन्तिम रिहर्सल” बिना सन् १९१७मा सम्पन्न भएका फेब्रुअरी वुर्जुवा क्रान्ति अथवा अक्टोबर सर्वहारा क्रान्ति असम्भव हुने थियो ।”

लेनिन पहिलो माक्र्सवादी हुनुहुन्थ्यो जसले त्यस नयाँ युगको सारांश स्पष्ट पानुभएको थियो, जुन युगमा मानव समाजले प्रवेश गरिसकेको थियो । आफ्नो कृति‘साम्राज्यवाद पुँजीवादको चरम अवस्था’मा लेनिनले देखाउनु भएको थियो कि बिसौ शताब्दीको सुरुमा पुँजीवादले आफ्नो विकासको नयाँ चरणमा साम्राज्यवादमा प्रवेश गरिसकेको छ । लेनिनले यो साम्राज्यवादलाई एकाधिकारिक पुँजीवाद हो भन्नु भएकोछ ।

निरन्तर माक्र्सवादको विकास र सर्वहारावर्गको मुक्तिका लागि काम गर्दागर्दै २१ जनवरी १९२४को बेलुका ६ बजेर ५० मिनट जाँदा दिमागको नसा फुटेर लेनिनको देहावसान भयो । २१ जनवरीको राती बसेको केन्द्रीय समितिको प्लेनमले एउटा अपिल जारी ग¥यो, जसमा भनिएको थियो, “त्यस व्यक्तिको देहावसान भएको छ, जसको वीरतापूर्ण नेतृत्वमा हाम्रो पार्टीले युद्धको राँकोबीच दृढतापूर्वक सम्पूर्ण देशभरी अक्टोबर क्रान्तिको रातो झण्डा फहराएको थियो, शत्रुहरुको विरोधको बाढी रोकेको थियो र भूतपूर्व जारशाही रुसमा श्रमिकहरुको प्रभुत्व कायम गरेको थियो । कम्युनिस्ट इन्टरनेस्नलका संस्थापक, विश्वसाम्यवादका नेता, अन्तराष्ट्रिय सर्वहाराको प्रेम र गौरव, पददलित पूर्वेली जनताहरुका झण्डावाहक, रुसी सर्वहारा अधिनायकवादका अगुवा आज हाम्रो बीचमा हुनुहुन्न ।” २७ जनवरीका दिन दिनको ४ बजे लेनिनको शवलाई लाल मैदानमा विशेषरुपले बनाइएको समाधिमा राखियो ।  Singhhukum683@gmail.com

प्रतिक्रिया

सम्बन्धित खवर