रोमासँग हारे पनि चाम्पियन्स लिगको फाइनलमा लिभरपुल

प्रकाशित मिति : २०७५ बैशाख २०

काठमाडौं, वैशाख २० । बुधबार राति भएको दोस्रो लेगमा रोमासँग ४–२ गोल अन्तरले हारेपनि समग्रमा ७–६ को नतिजा निकाल्दै लिभरपुल च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । पहिलो लेगमा लिभरपुल ५–२ ले विजयी भएको थियो ।

अब उपाधिका लागि लिभरपुल र रियल मड्रिडबीच प्रतिस्पर्धा हुनेछ । रियल यसअघि नै वायर्न म्युनिखलाई हराउँदै फाइनलमा पुगिसकेको छ ।

बुधबार रातिको खेलमा लिभरपुललाई हराउन रोमाका राड्जाले दुई तथा इडेन डिजेकोले एक गोल गरे । अर्को एक गोल भने लिभरपुलका जेम्स मिल्नरको आत्मघाती गोलबाट रोमाले उपहार पायो ।

लिभरपुलका लागि साडिओ माने र जर्जिनियोले एक–एक गोल गरे ।