अर्को गोल थप्दै कोरियाले लियो अग्रता

अर्को गोल थप्दै कोरियाले लियो अग्रता

विश्वकपको समूह ए अन्तर्गतको दक्षिण कोरिया र चेक गणतन्त्रबीचको खेलमा दक्षिण कोरियाले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। पहिलो हाफरहित भए पनि दोस्रो हाफमा दुवै टोली आक्रमक देखिएका छन्।
२ गोल प्रहार गर्दै खेलमा दक्षिण कोरिया हाबी देखिएको छ। चेक टोलीको अहिलेसम्म १ गोल मात्र छ।

खेलको ५९ औँ मिनेटमा लाकेर जिकीले गोल प्रहार गर्दै चेक टोलीलाई अग्रता दिलाएका थिए। कोरियाली टोलीका लागि ह्वाङ इन बियोमले ६७ मिनेटमा गोल फर्काएर खेल बराबरीमा ल्याए। ८० औँ मिनेटमा फेरि दक्षिण कोरियाली टोलीका ओ ह्योन गाउले गोल गर्दै कोरियाली टोलीलाई अग्रता दिलाएका छन्।
दुवै टोलीले रक्षापंक्ति कसिलो बनाएर सावधानीपूर्वक खेल्दा पहिलो हाफमा गोलरहित भएको थियो। दक्षिण कोरियाली टोलीका सन ह्युङ मिनको प्रर्शन उत्कृष्ट देखिएको तर उनले पनि गोल गर्न सकेका छैनन्।