यि तीन खेलाडीँँ जो सर्वाधिक छैटौँ पटक विश्वकप खेल्दै

यि तीन खेलाडीँँ जो सर्वाधिक छैटौँ पटक विश्वकप खेल्दै

 

काठमाडौं । विश्वकप २०२६ को मिति नजिकिँदै जाँदा खेलाडीको चर्चा पनि बढ्दै गइरहेको छ। आफ्नो मनपर्ने टिमलाई समर्थन गर्दै खेलाडीको हौसला बढाउन अब फुटबल समर्थक पनि बाँडिँदै गएका हुन्।

केही खेलाडीले विश्वकपमा ‘डेब्यु’ गरिरहँदा केही खेलाडीका लागि यो विश्वकप अन्तिम बन्न सक्नेछ। विश्वकपमा टिम र खेलाडीहरुले नयाँ नयाँ कीर्तिमान बनाउने संघारमा छन्। यो पटक सर्वाधिक छैटौँ पटक विश्वकप खेल्न लागेका तीन खेलाडीमा छन्– लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो र गुइलेर्मो ओचोआ।

विश्व फुटबलको महाकुम्भ सुरु हुँदै गर्दा मेस्सी र रोनाल्डोको चर्चा बिना यो अधुरो हुने गर्छ। यो संस्करण सबैभन्दा धेरै विश्वकप खेल्ने रेकर्डका लागि अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोसँगै छन् मेक्सिकोका गोलकिपर गुइलेर्मो ओचोआ पनि।

मेक्सिकोका गोलकिपर गुइलेर्मो ओचोआको विश्वकप खेल्ने अन्तिम सूचीमा नाम परेसँगै उनले कीर्तिमानी छैटौँ विश्वकप खेल्ने अवसर पाउँदै छन्।

पहिलो रोजाइका गोलकिपर लुइस मालागनले चोटका कारण विश्वकप खेल्ने टोलीबाट बाहिरिएसँगै ४० वर्षीय ओचोआको लागि ढोका खुलेको हो।

सहआयोजकहरूले जुन ११ मा दक्षिण अफ्रिकाविरुद्ध मेक्सिको सिटीको एस्टाडियो एज्टेकामा प्रतियोगिताको उद्घाटन गर्नेछन् र दक्षिण कोरिया ९जुन १९, जापोपान० र चेक गणतन्त्रको सामना गर्नेछन्।

छैटौँ पटक विश्वकप खेल्न लागे पनि उनले तीन संस्करणमा मात्र सुरुवाती रोजाइमा स्थान बनाउन सफल भए। विश्वकपका तीन संस्करणमा उनले ११ खेल खेले। सन् २००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६ मा विश्वकप खेल्ने टोलीमा उनी छन्।

सन् २००६ मा जर्मनी र २०१० को दक्षिण अफ्रिका विश्वकपमा उनी बेन्चमा नै सिमित भए। २०१४ को ब्राजिल र २०१८ को रसिया विश्वकपमा उनले चार खेल खेले। २०२२ को कतार विश्वकपमा समुह चरणका सुरुवाती तीन खेल खेले। जहाँ उनले पोल्यान्डका रोवर्टो लेवान्डोस्कीको पेनाल्टी रोकेका थिए।

र यो पटक विश्वकपमा स्थान बनाउँदा उनी मेक्सिकोका लागि छैटौँ विश्वकप खेल्ने पहिलो खेलाडी बन्दै छन्। अब चर्चा गरौँ– पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको।

पोर्चुगलका लागि सर्वाधिक गोल गरेका क्रिस्टियानो रोनाल्डो समर्थकको यसपटक एउटै चाहना छ उनले विश्वकपको उपाधि उचालेको हेर्ने। छैटौँ पटक विश्वकप खेल्ने तयारीमा रहेका रोनाल्डोले पाँच विश्वकपमा गर्ने निकै कम खेलाडीमा पर्छन्। सन् २००६ मा जर्मनी विश्वकपमा डेब्यु गरेका रोनाल्डोले अहिलेसम्म २२ खेलमा मात्र ८ गोल गरेका छन्। त्यो समयमा उनले ६ खेलमा १ गोल गरेका थिए।

२०१० को दक्षिण अफ्रिका विश्वकपको ४ खेलमा रोनाल्डोले १ खेल गरे। २०१४ मा ब्राजिलमा ३ खेलमा १ गोल तथा २०१८ को रसिया विश्वकपका ४ खेलमा ४ गोल गोल गरेका थिए। २०२२ को कतार विश्वकपको पाँच खेलमा रोनाल्डोले एक गोल गरेका थिए।

अघिल्लो संस्करण मेस्सीले विश्वकपको उपाधि उचाल्दा उनका समर्थकहरु कति रात खुसीले निदाउन सकेनन्। छैटौँ पटक विश्वकप खेल्ने संघारमा रहेका मेस्सीले २६ खेलमा १३ गोल गर्दा ८ असिस्ट गरे। पाँच पटक विश्वकप खेलेका मेस्सीले २ हजार ३ सय १४ मिनेट मैदानमा बिताएका थिए। मेस्सीले सन् २०१४ को ब्राजिल र २०२२ को कतार विश्वकपमा सर्वाधिक धेरै समान ७ खेल खेलेका थिए।