बुटवल । नेकपा (क्रान्तिकारी माओवादी)ले ५ नं. प्रदेशका सबै जिल्लाहरुमा वैचारिक राजनीतिक प्रशिक्षणहरु सम्पन्न गरेको छ । प्राप्त समाचार अनुसार १६ वैशाखमा पार्टी महासचिव मोहन वैद्य ‘किरण’को प्रमुख आतिथ्यतामा नेपालगञ्जमा बाके र बर्दिया जिल्लाको संयुक्त प्रशिक्षण सम्पन्न भएको छ । उक्त प्रशिक्षणमा पार्टी पीबीएम केबी गुरुङ, केसहरु संकुल, शिशिर लगायतका नेताहरुको उपस्थिति रहेको थियो । त्यसै गरी १५ वैशाखमा दाङको सिसनियामा दाङ, प्युठान, रोल्पा र अर्घाखाँचीको संयुक्त प्रशिक्षण सम्पन्न भएको छ । पीबीएम गुरुङको प्रमुअ आतिथ्यतामा सम्पन्न प्रशिक्षणमा पार्टी केसहरु कमल, पहाड लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै १३ वैशाखमा कपिलवस्तु, रुपन्देही र नवलपरासीको संयुक्त प्रशिक्षण बुटवलमा सम्पन्न भएको छ । उक्त प्रशिक्षणमा पार्टी पीबीएम प्रमोद, भीषण लगायतका नेताहरुले प्रशिक्षण दिनु भएको थियो । त्यसैगरी ११ वैशाखमा पार्टी पीबीएम भीषणको प्रमुख आतिथ्यतामा गुल्मी जिल्लाको प्रशिक्षण सम्पन्न भएको छ ।
प्रशिक्षणमा महासचिव ‘किरण’, पीबीएम भीषण, प्रमोद लगायतका नेताहरुले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि संघर्ष गर्नुपर्नेमा जोड दिनुभएको छ । भारतले मिचेको भुमि फिर्ता गरि राष्ट्रिय स्वाधिनता बचाउनु अहिलेको आवश्यकता भएको उहाँहरुले बताउनु भएको छ ।
यसैबिच ६ नं. प्रदेशको सुर्खेत जिल्लाको प्रशिक्षण पनि सम्पन्न भएको छ । प्राप्त समाचार अनुसार पार्टी प्रवक्ता प्रतीकको प्रमुख आतिथ्यतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा पार्टी केस चक्रपाणी शर्मा, कृष्ण गुरुङका लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।