¥यालीसहितको सभा गरेर मनायो क्रान्तिकारी ट्रेड यूनियन महासंघले १२९ औं मजदुर दिवस (फोटो फिचर)

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले देशैभर ¥याली र जुलुससहित सभा गरेर १२९ औं अन्तर्राष्ट्रिय ट्रेड यूनियन मजदुर दिवस मनाएको छ ।

महासंघको केन्द्रीय समितिको आयोजनामा काठमाडौंको सुन्धराबाट निस्किएको क्रान्तिकारी मजदुरहरुको ¥याली ललितपुरको कुपण्डोलस्थित सहिदद्वय बैकुण्ठ–चेत साँस्कृतिक भवनमा पुगेर सभामा परिणत भएको थियो । मजदुरहरुले मई दिवस जिन्दावाद, जनवादी क्रान्ति जिन्दावाद, नो वर्क नो पे– खारेज गर, मजदुर एकता जिन्दावाद लगायतका नाराहरु लगाइएका थिए ।

कुपण्डोलको सभालाई नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेल, पार्टी स्थायी समिति सदस्य तथा ३ नं. प्रदेश इन्चार्ज रामसिंह श्रीस, देजमो ३ नं. प्रदेश संयोजक पवनमान श्रेष्ठ, मजदुर नेताहरु अर्जुनलाल श्रेष्ठ, कुमार घतानी, ठाकुर मिम्सिना, पूर्णबहादुर लामालगायतले शुभकामना मन्तव्य राखेको उक्त कार्यक्रमको अध्यक्षता महासंघका संयोजक इश्वर तिम्सिनाले गर्नुभएको थियो भने संचालन मजदुर नेता फुर्नाम्गेल मोक्तानले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य महासंघका कार्यालय सदस्य बद्री चापागाईले गर्नुभएको थियो । कार्यक्रममा ६ जना निर्माण व्यवसाय मजदुरहरु क्रान्तिकारी ट्रेड यूनियन महासंघमा प्रवेश गरेका छन् । उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष गजुरेलले खादा लगाएर प्रवेश गराउनु भएको थियो ।

यसैगरी कास्कीको पोखरा, रुपन्देहीको बुटवल, बर्दिया, सुनसरी, विराटनगर, सुर्खेत, कंचनपुरलगायतका जिल्लाहरुमा पनि मई दिवस मनाइएको छ । ती कार्यक्रमहरुको विस्तृत विवरण आउन बाँकी छ । काठमाडौंमा सम्पन्न मई दिवस कार्यक्रमका दृश्यहरु बरिष्ठ फोटो पत्रकार जय दाहाल र पत्रकार प्रकाश भण्डारीले क्यामेरामा कैद गर्नुभएको छ । उक्त दृश्यहरु यहाँ प्रस्तुत गरिएको छ ।