बुटवल । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल आदिवासी जनजाति महासंघ,रुपन्देहीको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ ।
उक्त भेलाले ज्ञानबहादुर रानाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरको छ । समितिको उपाध्यक्षमा रुपा राना, सचिवमा दर्शन गुरुङ, कोषाध्यक्षमा पदम थापा र सदस्यहरुमा क्रमशः पानबहादुर लिम्बु, भिमबहादुर भुजेल, टिका काउचा, कर्णबहादुर छन्त्याल रहनुभएको छ भने सल्लाहकारमा शेरबहादुर राना, निमकला पुन, क्या.शेरबहादुर पुन रहनुभएको छ ।
यसै बिच बुटवलमै सम्पन्न अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चा, रुपन्देहीको भेलाले खुमबहादुर गाहाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष निरा राना, सचिवमा नमुना थापा, कोषाध्यक्ष चीजा श्रीस र सदस्यहरुमा क्रमशः सन्तबहादुर थापा, गोरी थापा, भोजकुमारी राना, यमबहादुर राना रहनु भएको छ ।
उक्त भेलाको उद्घाटन गदैं महासंघका महासचिव नगेन्द्र राईले संविधानमैं आदिवासी जनजातिका अधिकार खारेज गरेको भन्दैं त्यसको प्राप्तिका लागि महासंघले आन्दोलनको आधीबेरी ल्याउने चेतावनी समेत दिनुभयो । नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य समेत रहनुभएको राईले पहिचानसहित राजनैतिक र आर्थिक अधिकारका लागि पार्टीले हस्तक्षेपकारी भूमिका खेल्ने बताउनु भयो ।
त्यस्तै अर्का पोलिटव्यूरो सदस्य प्रमोदले दलाल, तस्कर र भ्रष्टाचारीलाई कारवाही गर्ने आन्दोलनमा पार्टीले जोड दिएको बताउनुभयो । कार्यक्रममा ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संघ(बिगेसो)का सभापति पदम सुन्दर लिम्बु, भिमबहादुर भुजेल, निमकला पुन लगायतले बोल्नुभएको थियो । कार्यक्रम महासंघका अध्यक्ष ओमबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।