देजमो गोरखाका सबै उम्मेदवारलाई क्यामेरा चुनाव चिन्ह

गोरखा । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको तर्फबाट उम्मेदवार बनेका सबै उम्मेदवारहरुले चुनाव चिन्ह ‘क्यामेरा’ पाएका छन् । गोरखा जिल्ला अजिरकोट गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार तेज बहादुर गुरुङ (टल बहादुर), सिरान्चोक गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार छविलाल घले, पालुङटार नगरपालिकाका प्रमुख (मेयर) पदका उम्मेदवार रमेश रोका क्षेत्री र गण्डकी गाउँपालिकाका अध्यक्ष राम नेपालीले क्यामेरा चिन्ह पाएका छन् […]

देजमोका उम्मेदवारहरुको पक्षमा मतदान गर्न जनसमुदायमा क्रान्तिकारी माओवादीको आव्हान !

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले जनसमुदायको नाममा एक अपील जारी गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारहरुको पक्षमा मतदान गर्न सार्वजनिक आव्हान गरेको छ । पार्टीका अध्यक्ष मोहन वैद्य‘किरण’ले २३ बैशाखमा एक अपील जारी गर्दै यस्तो आव्हान गरेका हुन् । मोर्चाले स्थानीय तहको निर्वाचनमा क्रान्तिकारी उपयोगको नीतिसहित सहभागी बनेको छ । पहिलो चरणको निर्वाचनमा मोर्चाका उम्मेदवारहरुले अधिकांश […]

देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारले पाए चुनाव चिन्ह, कसलाई कुन चिन्ह ?

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारहरुले शुक्रबार स्थानीय तहको निर्वाचनका लागि निर्वाचन चिन्ह प्राप्त गरेका छन् । संसदमा नभएका राजनीतिक दललाई दलीय निर्वाचन चिन्ह नदिने विभेदकारी नियमावली ल्याएपछि देजमोका उम्मेदवारहरुले अलग अलग निर्वाचन चिन्ह प्राप्त गरेका हुन् । स्वतन्त्र उम्मेदवारलाई अलग अलग निर्वाचन चिन्ह दिने कार्यसूची अनुसार शुक्रबार निर्वाचन […]

‘काठमाडौंलाई सपनाको सहर होइन, विपनामा गौरव गर्न लायक बनाउछु’

विगत ५ दशकभन्दा लामो समयदेखि निरन्तर नेपालको राजनीतिमा क्रियाशील रहँदै आएका नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सल्लाहकार गोर्कीप्रसाद श्रेष्ठ काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका छन् । वि.सं. २००८ सालमा काठमाडौंको न्हयौंखा महादेवटोलमा जन्मिएका श्रेष्ठ २०२२ सालदेखि नै नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय रुपमा लागेका थिए । भियतनामको युद्धमा अमेरिकी बर्बरता र भियतनामी जनताले बहादुरीपूर्वक प्रतिकार […]

स्थानीय तह निर्वाचन : देजमोले कहाँ कहाँ गरायो उम्मेदवारी दर्ता ?

काठमाडौं । निर्वाचनको क्रान्तिकारी उपयोगको नीति लिएको देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारहरुले ३१ बैशाखका लागि घोषणा गरिएको पहिलो चरणको चुनाव हुने ३, ४ र ६ नं प्रदेशका अधिकांश जिल्लाका गाउँ तथा नगरपालिकामा उम्मेदवारी दर्ता गराएको छ । देजमोका केन्द्रीय कार्यालय सचिव हरिकृष्ण गजुेलले दिएको जानकारी अनुसार देजमोका उम्मेदवारहरुले काठमाडौं, ललितपुर, भरतपुर र पोखरा–लेखनाथ महानगरपालिकालगायत सबै गाउँ […]

कार्लमाक्र्स : महान चरित्रका केही प्रमुख विशेषता

माक्र्स एक बहुमुखी, बहुआयामिक र बहुपक्षीय प्रतिभाहरूले सम्पन्न व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ एक महान वैज्ञानिक, वैज्ञानिक सत्यका अनुसन्धानकर्ता, सर्वहारा आन्दोलनका महान गुरु, नेता तथा सङ्गठनकर्ता, सर्वहारा मुक्ति–सङ्घर्षका महान रणनीतिज्ञ तथा कार्यनीतिज्ञ, क्रान्तिकारी विचारक तथा प्रचारक हुुनुहुन्थ्यो । सर्वहारावर्गको मुक्तिको पवित्र लक्ष्यमा र सत्य र न्यायको पक्षमा बडो उत्साह, लगन तथा साहसका साथ गरिएको सङ्घर्षले भरिपूर्ण […]