उदयपुरमा तीनदिने पत्रकरिता तालिम सम्पन्न, जनपक्षीय पत्रकारिताकाे आवश्यकतामाथि जाेड

उदयपुरमा तीनदिने पत्रकरिता तालिम सम्पन्न, जनपक्षीय पत्रकारिताकाे आवश्यकतामाथि जाेड

गाईघाट। संचार उधोगको प्रबर्द्धन, बिकास र क्षमता अभिबृद्धि गर्ने उदेश्यले घरेलु तथा साना उधोग कार्यलय उदयपुरको आयोजना र नेपाल घरेलु तथा साना उधोग महासंघको समन्वयमा संचालन भएको तीन दिने आधारभुत पत्रकारिता र सीप विकास तालिम साेमबार उदयपुरको गाईघाटमा समापन भयाे ।
घरेलु तथा साना उधोग कार्यलयका का.प्र.नरेन्द्र पराजुलीको अध्यक्षतामा भएको उक्त समापन कार्यक्रमको प्रमुख अतिथी नेपाल घरेलु तथा साना उधोग महासंघ कोशी प्रदेश समितिका बरिष्ठ उपाध्यक्ष प्रदिप गिरि हुनुहुन्थ्यो भने अतिथिहरुमा महासंघ जिल्ला अध्यक्ष मधुकर थापा, बरिष्ठ पत्रकार तथा प्रशिक्षक इन्द्र राउत लगायत हुनुहुन्थ्यो ।
उक्त कार्यक्रममा प्रमुख अतिथी,अतिथी लगायतका बक्ताहरुले संचार उधोगको प्रबर्द्धन र विकास गर्न यस्ता तालिमहरु संचालन गर्न घरेलुु कार्यलयले बर्सेनी निरन्तर दिनु पर्ने, संचार उधमिहरुको क्षमता अभिवृद्धि गर्न बेला बेलामा एडभान्स तालिम दिनु पर्ने, संचार क्षेत्रलाई पालिकास्तरसम्म पहुंच पुर्याउन लेखन सीप विकास तालिम संचालन गरिनु पर्ने,आजको संचारको दुनियाँमा लघु,घरेलुु तथा साना उद्याेगबाट उत्पादित बस्तुहरुलाई संचार मार्फत् बजारीकरण गर्न सजिलो हुने र उधमीहरुका विविध समस्या र नीतिगत अप्ठ्याराहरुलाई हल गर्न संचार उद्याेगकाे महत्वपुर्ण भुमिका हुने भएकोले घरेलुु तथा साना उधोग कार्यलयले संचार उधोगको प्रबर्द्धनात्मक कार्यक्रमहरु संचालन गर्न सबै जिल्लामा आबश्यक बजेट बिनियोजन गरिनु पर्ने, संचार उधोग र साना उधोग एकै साथ मिलेर अगाडी बढेमा मात्र लघु, घरेलुु तथा साना उधोगहरु फस्टाउने धारणा राखेका थिए । त्यसै गरी समाज रुपान्तरणका लागि जनपक्षीय पत्रकारिताकाे आवश्यकतामाथि जाेड दिदै सत्य, तथ्य समाचार सहित गरिब निमुखा र अन्याय अत्याचार र भ्रष्टाचारका समाचार सम्प्रेषण गर्ने प्रेरणा मिलोस भन्ने सहभागी अतिथिहरुले शुभकामना दिएका थिए ।
त्यसैगरी उक्त कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरु मध्येबाट तीन जनाले अनिभुती मन्तब्य राख्दै आफ्नो कलमको सीप मार्फत जनपक्षीय संचार उध्यमी बन्ने घोषणा गरेका थिए ।
उक्त समापन कार्यक्रमा प्रमुख अतिथि प्रदिप गिरिले सभागी १२ जना प्रशिक्षार्थीहरुलाई अबिर टीका लागाई प्रमाण पत्र बितरण गर्नु भएको थियो ।
उक्त कार्यक्रमको संचालन घरेलु कार्यलयका कृष्ण घिमिरेले गर्नु भएको थियो ।