दृष्यमा यस्तो देखियो क्रान्तिकारी महिलाहरुको १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

काठमाडौं, फागुन २४ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी महिला संगठनले देशैभर १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस संयुक्त रुपमा मनाएको छ । दुबै पार्टीका महिला संगठनहरु अनेमसंघ (क्रान्तिकारी) र अनेमसंघ क्रान्तिकारीको केन्द्रीय समितिको आयोजनामा काठमाडौंको रत्नपार्क स्थित शान्ति वाटीकामा ¥याली सहित कोण […]

फर्केर हेर्दा : दशवर्षे जनयुद्धमा महिला

जनयुद्ध शुरु हुनुभन्दा ८० वर्षअघि रुसको सफल क्रान्तिको नेतृत्व गर्ने साम्यवादी नेता लेनिनले क्रान्तिको सफलता उक्त क्रान्तिमा महिलाको कस्तो सहभागिता छ, त्यसले निर्धारण गर्छ भनेका थिए । लेनिनले भनेजस्तै नेपालको जनयुद्धको सफलताका पछाडि महिलाहरुको महत्वपूर्ण भूमिका थियो भन्ने यथार्थमा कसैको दुईमत हुन सक्दैन । अपमान र उत्पीडन नेपालका महिला सदियौंदेखि दोश्रो दर्जाको नागरिकसरह बाँचिरहेका थिए÷छन् […]

झर्रोटर्रो : माननीयहरूको संयुक्त कक्षा

शनिबारका दिन नेकपा साठी–चालीसका देशी संसदका दुबै तहका माननीयहरूको संयुक्त ट्युसन कक्षा सञ्चालन भयो । ट्युसन कक्षा नयाँ बानेश्वरको संसदभबनमा चलेको हो । सो कक्षामा साठी–चालीस पाटीका पूर्ववत दलका गुटीय हेडसरहरू सर्वश्री माननीय उखानप्रसाद र माननीय सुप्रिमो तथा अघिल्लो संविधानसभालाई पेण्डुलम बनाउने कार्यमा महत्वपूर्ण सहयोग गरेका सभामुख मिस्टर लिम्बुवान महोदयहरूले माननीयहरूलाई ट्युसन पढाए । उखानप्रसाद […]

देशैभर क्रान्तिकारी महिलाहरुले १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस संयुक्त रुपमा मनाउने

काठमाडौं । मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटका महिला संगठनहरुले देशैभर संयुक्त रुपमा ¥याली र कोणसभासहित १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने तयारी गरेका छन् । लक्ष्मी मुड्भरी नेतृत्वको अनेमसंघ (क्रान्तिकारी) र बन्धु चन्द नेतृत्वको अनेमसंघ क्रान्तिकारीको केन्द्रीय समितिको आयोजनामा २४ फागुनमा काठमाडौंको शान्तिवाटिकामा ¥याली […]

व्यापक आर्थिक अनियमितता गरिएको भन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यालयमा देजमोले लगायो ताला

चितवन । व्यापक आर्थिक अनियमितता गरिएको भन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यालयमा देजमोले लगायो ताला चितवन । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज अशोक शर्माको नेतृत्वमा गएको एक टोलीले व्यापक आर्थिक अनियमितता गरिएको भन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यालयमा बुधबार तालाबन्दी र विरोध प्रदर्शन गरेको छ । […]

माकेको एमालेकरण : केही सैद्धान्तिक सवाल

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकता गर्ने घोषणा भएको छ । पार्टी एकता संयोजन समितिले २०७४ फागुन ७ गते ७ बुँदे “एकीकरणका प्रारम्भिक आधार” सार्वजनिक गरेको छ । त्यो एकीकरण प्रारम्भिक आधारहरूको दुई नम्बर बुँदामा पार्टीको निर्देशक सिद्धान्त ‘माक्र्सवाद–लेनिनवाद’ रहने छ भनिएको छ । यो विषयलाई लिएर एमालेमा त कुनै असन्तुष्टि देखिएन […]

ओली र प्रचण्डले भनेको समाजवाद प्रतिक्रियावाद होः गजुरेल

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले ओली र प्रचण्डले भन्ने गरेको समाजवाद वास्तविक समाजवाद नभइ दलाल पुँजीवादमा आधारित प्रतिक्रियावादी व्यवस्था भएको दावी गर्नुभएको छ । सोमबार ललितपुरको कुपण्डोलमा क्रान्तिकारी माओवादीको काठमाडौं, ललितपुर र भक्तपुरले संयुक्त रुपमा आयोजना गरेको “शहीद वेपत्ता परिवार सम्मान” कार्यक्रमलाई सम्बोधन गर्दै […]

अखिल (क्रान्तिकारी)ले अल्टिमेटमसहित बुझायो ज्ञापन पत्र

काठमाडौं । मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) पूर्वाञ्चल विश्वविद्यालय समन्वय समितिले विश्वविद्यालयका कुलपतिलाई ७ बुँदे माग पूरा गर्न एक हप्ते अल्टिमेटमसहितको ज्ञापन पत्र बुझाएको छ । विश्वविद्यालयको काठमाडौंको सिनामंगलमा रहेको सम्पर्क कार्यालयमा क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा पूर्वाञ्चल तथा सिटिइभिटी इन्चार्ज सूर्य कार्कीको नेतृत्वमा गएको टोलीले सोमबार पूर्वाञ्चल विश्वविद्यालयका कुलपति घनश्याम […]

देशैभर सहिद तथा वेपत्ता योद्धा परिवार र घाइते योद्धा सम्मानित (फोटो फिचार)

काठमाडौं । मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपाद्वारा देशैभर दशवर्ष लामो महान जनयुद्धका सहिद तथा वेपत्ता योद्धा परिवार र घाइते योद्धाहरु सम्मानित भएका छन् । सहिद सप्ताहको अवसर पारेर यी दुवै पार्टीले कतै एकल त कतै संयुक्त रुपमा जनयुद्धमा आफ्नो अमूल्य जीवन गुमाउनु हुने सहिद, वेपत्ता योद्धा तथा घाइते योद्धाहरुलाई […]

क्रान्तिकारी माओवादी र नेकपाका पिबिएमले दिए पार्टी एकतामा जोड

नवलपरासी । जनयुद्धका सहिद, वेपत्ता योद्धा परिवार तथा घाइते योद्धाहरुलाई सम्मान गर्न सहिद सप्ताहको अवसरमा आयोजित संयुक्त कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले पार्टी एकतामा जोड दिएका छन् । दुवै पार्टीको जिल्ल्ला समितिले आयोजना गरेको कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका पिविएम प्रेम सुवेदी र नेकपाका पिविएम चन्द्रबहादुर चन्द‘विरजंग’ले दुवै पार्टीबीचको एकतामा […]