जेठ १८, गाईघाट उदयपुर / भारतले हालै अखण्ड भारतकाे नक्सा भनी नेपालको कपिलवस्तु र लुम्बिनीलाई समेटेर बनाएको नयाँ नक्सा विरुद्ध र राष्ट्रघाती नागरिकता विरुद्ध अखिल (क्रान्तिकारी)ले उदयपुरको सदरमुकाम गाईघाटमा आज साँझ पुत्लादहन गरेकाे छ ।
अखिल (क्रान्तिकारी)ले भारतीय विस्तारवादी शासक नरेन्द्र माेदी, राष्ट्रघाती नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पाैडेल र भारतलाई नेपालकाे नदीनाला सुम्पने प्रधानमन्त्री प्रचण्डकाे पुत्ला दहन गरेको हाे ।
पुत्लादहन पश्चात् गरिएको कोण सभामा अखिल क्रान्तिकारका के.स. तथा जिल्ला अध्यक्ष निशान कटुवालले भारतको नक्सामा लुम्बिनी राखिनुले भारतको हेपाहा प्रवृत्तिले चरम सिमा नाघेको बताए । अहिले राष्ट्रघाती नागरिकता विधेक पास गरिनुले नेपाल फिजिकरण र सिक्किमिकरण हुन लागेको बताउँदै अहिले प्रचण्ड भारतको चाकडी गर्न गएकाे उनकाे दाबी छ।
उनले नेपाली शासकहरुकाे राष्ट्रघाती कदमको विरुद्ध र भारतको दादागिरी विरुद्ध सशक्त रुपमा आन्दोलनमा उत्रन सबैलाई अनुरोध गरे ।