‘नेपाल अमेरिकाको अर्को शिकार हुनुहुँदैन’

‘नेपाल अमेरिकाको अर्को शिकार हुनुहुँदैन’

अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन अर्थात एम सि सि, फेब्रुअरी २७, २०२२ मा नेपालको प्रतिनिधि सभाबाट ब्याख्यात्मक घोषणा सहित अनुमोदन भयो । तर यो परियोजना निकट भविष्यमा देशको लागी एक ठूलो प्रकोप हुन सक्ने देखिन्छ ।  संयुक्त राज्य अमेरिकाले सहयोग गर्ने देशहरूमा के भइरहेको छ भनेर नेपाली जनता सजग र सचेत रहिरहेकै अवस्थामा छन् ।

हामीले बुझ्नु यो पनि जरुरी छ कि जहाँ अमेरिकीहरूको उपस्थिति रहेको छ, त्यहाँ अपराधले प्रश्रय पाएको छ ! दोस्रो विश्वयुद्धको अन्त्यसङ्गै जापानमा अमेरिकी सेनाको उपस्थितिले सन् १९५२ देखि २००७ सम्म २० हजार भन्दा बढी ट्राफिक दुर्घटनाहरू भएको देखिन्छ ।  यी दुर्घटनाबाट परिणामस्वरूप एक हजार सत्ताइस जापानी नागरिकहरुले मृत्युवरण गर्नुपरेको छ । सन् १९९० देखी सन् २०१८ सम्म, जापानमा रहेका अमेरिकी सेनाले दुई हजारभन्दा बढी अपराधहरू र कुकर्म गरेका छन् ।  जसमा बलात्कार, हत्या, र लागूपदार्थको तस्करी जस्ता लगभग दुई सय चरम अपराधहरू समावेश छन् ।  यीमध्ये १ सय १० बलात्कारका घटना भएका छन् । अमेरिकी सैनिकले नाबालिगहरुलाई पनि बलात्कार गरी मारेका थिए ! जापानी करदाताहरूले जापानमा अमेरिकी सेनाले गरेका अपराधहरूमा ठूलो आर्थिक मूल्य चुकाउन बिबस छन् ।  टोकियो शिम्बुन रिपोर्टको  तथ्याङ्क अनुसार, जापानी सरकारले सन् २०१५ देखी सन् २०१९ सम्म अमेरिकी सैन्य अपराध र दुर्घटनाका कारण भएका क्षतिपूर्तिहरु अदालतसम्म नपुर्याई निप्ट्याउन लगभग ३ मिलियन डलरको लागत ब्यहोरेको छ ।

यसैगरी कोरियामा रहेका अमेरिकी सैनिकहरूले पनि अपराध गर्ने आफ्नो “परम्परा” लाई जोडतोडका साथ पालना गर्दै आएका छन्।  तथ्याङ्क अनुसार, १९६६ र १९८६ को बीचमा, कोरियामा अमेरिकी सेनाले झन्डै ४० हजार अपराधहरू गरेका थिए । औसतमा प्रति दिन पाँचवटा अपराधहरु गरेका छन् ।  सन् २०१८ मा, कोरियामा अमेरिकी सेनाहरूद्वारा अधिकतम २७४१ अपराधहरू घटित भए ।  सन् १९९२ मा दक्षिण कोरियामा अमेरिकी सैनिक केनेथ मार्कोले एक कोरियाली महिलालाई बलात्कार गरी हत्या गरे र अन्ततः १५ वर्षको जेल सजाय पाएर सन् २००६ मा प्यारोलमा संयुक्त राज्य अमेरिका फर्किए। सन् १९९७ मा अमेरिकी सैनिक आर्थर जोन र दक्षिण कोरियाली एडवर्ड लीलाई मादक पदार्थ सेवन गरेर कोरियाली व्यक्तिको हत्या गरेवापत एक वर्षको जेल सजाय सुनाइयो । कोरियाली-अमेरिकी लि भने सजायबाट बच्न संयुक्त राज्य अमेरिकातर्फ भागे ।

जहाँ अमेरिकीहरू छन्, त्यहाँ युद्ध छ
अमेरिकी रक्षा बजेटको पछिल्लो वर्ष ७६० बिलियन डलर रहेको छ ।  दोस्रो विश्वयुद्ध पछि, संयुक्त राज्य अमेरिकाले विश्वलाई युद्धका लागि ६ वटा छेत्रहरुमा विभाजन गरेको गरी कुल १० वटा संयुक्त लडाकू कमाण्डहरूलाई चार कार्यात्मक आदेशहरू दिएका छन् ।  तिनीहरूले विश्वभर ३७४ सैन्य आधारहरू तैनाथ गरेका छन् ! कुल ३ लाख सेनाहरू विदेशमा तैनाथ छन्।  अफगानिस्तान, इराक, सिरिया, इजिप्ट, लिबिया जस्ता देशहरू अमेरिकी आक्रमण र लुटपाटको शिकार भएका छन् र लाखौं मानिसहरूले आफ्नो जागिर, घर र जीवनसमेत गुमाएका छन्। अमेरिकी आक्रामकताको असरले धेरै नागरिकहरु चरमपन्थी समूहहरूमा सामेल भएका छन् ।

अमेरिकीहरूलाई भूराजनीतिमा थप हस्तक्षेप गर्न सहयोग पुर्याउदै  डिसेम्बर २०२२ मा, दक्षिण कोरियामा अमेरिकी प्रशान्त वायुसेनाको  स्थापना भएको थियो।  यो अमेरिकी प्रशान्त बायु शक्तीद्वारा विदेशमा तैना तेस्रो अन्तरिक्ष बल हो।  पृथ्वीले अमेरिकीहरुको युद्ध मेसिन र तिनको चाहना र महत्वाकांक्षालाई सन्तुष्ट गर्न सक्दैन ! अमेरिकीहरुले एकातर्फ अन्तरिक्षतर्फ गिद्दे नजर लगाएको छ भने अर्कोतर्फ बिश्वभित्रको भूराजनीतिमा अस्तब्यस्तता ल्याउन उद्दत छन् !

अमेरिकीहरूबाट सांस्कृतिक र वैचारिक आक्रामकता

अमेरिकी सेनाहरूले आक्रमण गरेका र अधिकतम सहयोग गरेका देशहरूमा युद्ध र अपराध मात्र छोडेका छैनन् उनीहरुले उपभोक्तावाद, समलैङ्गीकता, र पश्चिमी मूल्यका विकृत सन्स्कृति पनि स्थापित गरेका छन्। मस्जिदहरू भग्नावशेषमा परिणत भएका छन् । मुस्लिम समुदायहरूले अमेरिकी फास्ट-फूड रेस्टुरेन्टहरू खोलेका छन् । स्थानीय युवाहरूले आफ्नो संस्कृतिलाई सम्मान गर्न छाडेका छन् । उनीहरु “अमेरिकन सपना” को
आकांक्षी भएका छन् ।  सम्भवत भावी पुस्ताले क्याप्टेन अमेरिका र आइरन म्यानको पूजा गर्नेछन् ।  धार्मिक नेताहरू र राष्ट्रिय नायकहरू, राष्ट्र र तिनिहरुको सांस्कृतिक सम्पदा क्रमशः लोप हुँदै गएका छन् ।

जहाँ अमेरिकीहरू छन्, त्यहाँ घुसपैठ र तोडफोड
नेपालमा एम सी सी र सैन्य उपस्थितिका लागि लामो समयदेखि चलिरहेको अमेरिकी षड्यन्त्र हो ।  सीआईएले सन् १९५१ देखि नेपालमा यस प्रकारको षड्यन्त्र सञ्चालन गर्दै आएको छ र चीनभित्र उपद्रो मच्चाउन तथाकथित “फ्री तिब्बत” का छापामार समूहहरूलाई आर्थिक सहयोग गर्दै आएको छ । चीनको विकास, नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धको सुदृढीकरणसँगै अमेरिकाले क्रमशः एमसीसीमार्फत नेपाललाई चीनविरुद्ध उपयोग गर्न खोजिरहेको छ । यसबाट अनुमान गर्न सकिन्छ कि एक पटक अमेरिकी सेना नेपालमा तैनाथ भएमा सीआईएले थुप्रै गलत कामहरु गर्नेछ।  त्यतिन्जेलसम्म नेपाली देशभक्तहरूले हत्या, प्रत्याक्रमण, अपहरणको सामना गर्नुपर्नेछ र सीआईएले पनि चरमपन्थी समूहहरूमार्फत आङ्ककारी हमलाको योजना बनाउन सक्ने देखिन्छ ! नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नका लागि थप बहाना बनाउन सक्छ ।

अमेरिकी उपस्थितिमा कुनै पनि जमिनमा शान्ति र सुरक्षा हुनै सक्दैन भन्ने माथिका प्रमाणहरू पर्याप्त छन्।  सार्बभौम देशका जनताहरुले बेलैमा प्रतिकार नगरेको अवस्थामा नेपाल अमेरिकीहरूको आपराधिक गतिबिधिका लागि आश्रयस्थल बन्नेछ र देशवासीहरु अमेरिकीहरूको सिकार हुन सक्छन्।  नेपालले पनि बिस्तारै आफ्नो सार्वभौमसत्ता गुमाउनेछ र अमेरिकी भूराजनीतिको मोहरा बन्नेछ र यसको स्रोत र उपयोगको मूल्यलाई खेर फालेर आफ्नो मातृभूमिलाई भग्नावशेषमा परिणत गर्नेछ।  हामीले एमसीसीको विरुद्धमा, अमेरिकी सेनाको उपस्थितिको विरुद्धमा, अमेरिकी सेनाको आक्रामकताको विरुद्धमा एकजुट हुनुपर्दछ, र पवित्र हिमालयमा तारा र पट्टी अङ्कित ब्यानर फहराउन दिनुहुँदैन।