क्रान्तिकारी किसान महासंघको राष्टिय भेला सम्पन्न, सीताराम तामांगको संयोजकत्वमा २९ सदस्यीय केन्द्रीय समिति चयन

क्रान्तिकारी किसान महासंघको राष्टिय भेला सम्पन्न, सीताराम तामांगको संयोजकत्वमा २९ सदस्यीय केन्द्रीय समिति चयन

काठमाडौं । क्रान्तिकारी किसान महासंघको दोस्रो राष्टिय भेला सम्पन्न भएको छ । जेठ १८ र १९ मा सम्पन्न भएको भेलाले सीताराम तामांगको संयोजकत्वमा २९ सदस्सीय केन्द्रीय समिति चयन गरेको छ ।

भेलाले सहसंयोजकमा धनेश्वर पोखरेल, सचिवमा कृष्णभक्त महर्जन, सचिवालय सदस्यहरुमा बाबुराम सुवेदी, क्षेत्रबहादुर थापा, टंकप्रसाद कोइराला, बालकृष्ण सुवेदी, दीपक शाही, सोमानसिंह तामांग, रामनारायण सिंह, कर्ण थापा रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा दिवाकर न्यौपाने, प्रकाशबाबु खनाल, कृष्णकुमार ढकाल, ढुण्डीराज न्यौपाने, कमल उप्रेती, प्रकाश ऐर, छत्रबहादुर आलेमगर, थलप्रसाद देवकोटा, लोकबहादुर विक, शशिराम बुढाथोकी, देवीराम आचार्य, रामबहादुर भाट, खडक कुँवर, सुर्यनारायण चौधरी, बहादुर सिंह चाँड, श्रवण विक, देवानन्द चौधरी, तेजनारायण यादव लगायत रहनु भएको छ ।

भेलाको उद्घाटन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले सोमबार (१८ गते) गर्नुभएको थियो । उद्घाटन सत्र सम्पन्न भएलगत्तै बन्द सत्रमा परिणत भएको भेलाले उक्त समिति चयन गरेको हो । नवनिर्वाचत कमिटिको बैठकले महासंघको आगामी कार्ययोजना तथा कार्यक्रम तय गर्ने सम्बद्ध स्रोतले जानकारी दिएको छ ।