साम्राज्यवादका नयाँ भ्रम,कपट र बेइमानी पूर्ण चालबाजी

साम्राज्यवादका नयाँ भ्रम,कपट र बेइमानी पूर्ण चालबाजी

आजकल विश्व भर एक प्रकारको पिडादायी आतंङक र त्रास फैलिरहेको छ । यसरी भयभित पार्नमा साम्राज्यवादी र पश्चिमा मूलुकको डन साम्राज्यवादको नाइके अमेरिकाले नै आफ्नो भए भरको न्वारान देखिको बल प्रयोग गरेर एक पटक जनताको तागतले समाप्त पारेर नाम निसाना नै मेटाइएको नरभक्षीं सामन्तवादी (हिटलर) भन्दा अझ खर्तनाक बन्दै कमजोर गरिब गरिखाने बर्गका देशहरु माथि नयाँ नयाँ तरिका बाट जाइ लाग्ने कुकार्यको नेतृत्व अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको छ । डोनाल्ड नेतृत्वमा आएकै दिन देखि उसको पहिलो निसाना एबं कुदृष्टि रुस र चीन लगाएतका देशहरुमा लगाएको थियो । अमेरिकाले ब्रम्ह्लुट आतंङक मच्चाउँन नदिने साम्राज्यवादको बलियो दुश्मन बाधक तथा काँढेतार भनेकै रुस र चीन र उनीहरुको छत्रछायामा जीवनयापन गर्ने हितैषी देशहरु हुन । उदाहरणको लागि भन्नु पर्दा नेतृत्व दायी भूमिकामा चीन रुस हुन भने उनीहरुका अन्य मित्रदेशहरु नेपाल, इरान, (पहिले हसिना पालाको बंगलादेश),उत्तर कोरिया, स्वीजरल्याण्ड, भेनेजुयला लगाएतका दर्जनौ देशहरु पर्दछन । यी देशहरु भन्दा भिन्न भूमिकामा रहेका देशहरु मध्यको भारतमा पनि अमेरिकाबाट सन्चालित एनजीओ थिए तर भारत पनि बिस्तारवादी शक्तिशाली देश भएकोले उनीहरुको कहि न कहि कुनै न कुनै एजेण्डामा अर्थात गरिब कमजोर माथि हस्तक्षेप गर्न सकिने प्रतिवाद गर्न नसक्ने जस्ता देशहरुलाइ दोहन गर्न सक्ने हरुमा मिलेर अक्रमण गर्न एकमत हुन्छन । त्यसकारण यस्ता भारत बाहेकका अन्यदेशहरुमा सिधै साम्राज्यवादले हस्तक्षेप गर्नु भन्दा पहिले केहि न केहि जाल, भ्रम, झुट, बेइमानी शुक्ष्म तरिकाले अर्को पक्षले सिधा हेर्दा कुनै दोष खोट लगाउँन नसक्ने किसिमका नौटङकीं नाटक कपटपूर्ण गोहिले आहारा खादाँ जस्तो नाटकको माध्यम अप्नाउँनु पर्दथ्यो । त्यसको लागि डोनाल्ड आउँनु अगाडि नै यस्ता देशहरुमा अमेरिकाले एनजीओ र आइएनजीओहरुबाट आप्mनो बलियो उपस्थितिको सन्जाल बिच्छाउँने क्रममा शिक्षा, स्वास्थ्य, यातायात, गरिबी निबारण कोषको स्थापना, महिला हिंसा बिरुद्धका योजनाहरु जस्तै नेपालमा (ओरेक नेपाल नामक सँस्था) बिपत जन्य कोष युबा स्वरोजगार बेस सुपरबेस धर्म परिवर्तनका चर्च लगाएतका दर्जनौ प्रकारका एनजीओ आइएनजीओका जालहरु बिच्छाएको थियो । अर्को तर्फ युबा पलायनको षडयन्त्रकारी योजनाका लागि (डिभी) अति महगों भिसा अबैध बाटोबाट लाखौ युबाहरुको आत्मघाती जोखिम पूर्ण तल्लो बाटो नामक अबैधानीक यात्राबाट अमेरिका प्रबेश गर्ने नाटकहरुबाट विश्वका लाखौं युबा पलाएन गराउँनेको निरन्तरता पहिले बाटै थियो । नेपाल बाट यस्ता युबा पलाएनका कार्य नेपालमा भएको १० बर्ष जनयुद्धले सेटब्याक खाए पछि अत्याधिक बढेर गएको थियो । जनयुद्धको समयमा अमेरिकाले नेपाललाइ सताउँनुसम्म सतायो । जनयुद्ध असफल पार्न ठूलो लगानी पनि गरयो । अन्तमा उसले चाहे जस्तै जनयुद्ध असफल भएपछि नेपालका युबा पलाएन हुने गति तिब्र भएर गयो । जसरी गए पनि कम्युनिस्ट नामको गन्धसम्म उसले नरुचाउँने भएकाले उसको मन पर्ने उसको हितैषि पार्टी भनेको नेपाली काँग्रेस भएकाले काँग्रेसको सकृय सदस्य देखाएमा उसलाई राम्रो हुने किल्ला पार गर्न सहज हुने । यस्ता प्रकृयाबाट नेपालका युवा पलाएन गराउँनमा ठूलो हात काँग्रेसको छ । दाबिका साथ प्रमाणका साथ भन्न सकिन्छ किन भने अमेरिका पलाएन गराउँने पार्टीको कृयाशील सदस्यता प्रदान गर्नमा काँग्रेस त्यसमा पनि देउवाको हस्ताक्षरित रसिद भएमा झनै महत्व हुने अबस्था थियो । त्यस्तो मान्यता दिनुको पछाडी बिगतको १० बर्षे जनयुद्ध अमेरिकाको लागि ठूलो चुनौति थियो । नेपालमा गरिएको जनयुद्धलाई आतंककारीको सज्ञा र नेतृत्वलाइ आतंकारीको बिल्ला भिराएर जसरी भएपनि माओवादी आन्दोलन समाप्त पार्नै पर्छ भनेर लागि परेको थियो । त्यसै कारण अमेरिकाले कम्युनिस्ट शब्दसम्म सुन्न सक्दैन जसरी भएपनि कम्युनिस्ट समाप्त पार्नु पर्छ भन्ने धारणा उसगं यद्यपी छ । त्यसकारण कतै कुनै न कुनै तरिकाबाट कम्युनिस्ट सत्तामा आउँछ की भन्ने त्रास मा भएको कारण कम्युनिस्ट त्यसमा पनि माओवादी भनेको दलाल पँुजीवाद सामन्तवाद साम्राज्यवाद कसैको लागि नीकट हुन न सक्ने भएकोले अमेरिकाको लागि सकभर माओवादी आन्दोलन धरापमा परोस नभए टुटफुट गुट उपगुट शंसाधनवादबाटै कम्युनिस्ट समाप्त होस नभए आफनै हतियारले समाप्त पार्न पाइयोस भन्ने ठूलो इच्छा चाहना अमेरिका लगाएतका साम्राज्यवादी मुलुकको मन मस्तिस्कमा शुरक्षीत छ । यी र यस्तै कुराहरुको बिच ट्रम्पले चुनाव जितेर राष्ट्रपतिको कुर्सीमा आउँदाकै दिन देखि अमेरिकाबाट दिदै आएको विभिन्न प्रकारको सहयोगहरु मध्य नेपालमा दिएको एमसीसी बाहेकका एनजीओ र आइएनजीओ मार्फतका लगानी सबै कटौति गरयो । यो घटनाका बिच नेपाल लगाएतका एनजीओ आइएनजीओ संग सम्बन्धीत सस्थाहरुले खाँदै गरेको गाँस बिचमै छोडे सरह सम्पूर्ण खाले काम काबार्ही बन्द गरेर कोलाहल मच्चाउँदै भाग्न बाध्य थिए । यो पनि साम्राज्यवादको नयाँ भ्रम जाल, बेइमानी र धोकाको एउँटा श्रृखला थियो ।
त्यसपछि विभिन्न देशहरुमा नितान्तै स्वार्थसंग जोडिएका अमेरिकालाई साम्राज्यवाद को बिस्तार गर्न सजीलो पर्ने प्रकारका नयाँ संस्था बनाएर सहयोगको नाटक गरयो भने नेपालमा दरिलो रुपमा एमसीसी लागु गरयो । एमसीसी भित्र उस्को अर्को रणनीति भनेको एसपीपी हो । यी दुइवटा सस्थालाइ आधार बनाएर चीनसगं लडने आधारभूमि निर्माण गर्नैका लागि नेपालका पुराना दलबाट संभब नदेखे पछि नयाँ जेनजी आन्दोलन को बिकाश बंगालादेश बाट परिक्षण गरयो त्यँहाको देश खरानी पारेर हसिनाको बिलय खालीदाजीयाको छोरा सत्तामा पुराउन सफल भए पछि नेपालमा जेनजी आन्दोलन गरायो । यहाँ पनि देश पूणर््तया खरानी बनाएर रविलामीछाने मार्फत सुशिलाकार्कीको नेतृत्वमा सरकार बनायो । त्यसले चुनाव गराएर कम्तीमा झण्डै दुइ तिहाइको सरकार बालेनको नेतृत्वमा बनायो । यी घटना सबै साम्राज्यवादका नयाँ नयाँ प्रकारका हर्कतहरु हुन ।
साम्राज्यवादको नाइके अमेरिकाको नयाँ प्रकारको ठिक कालो डुमिनी खर्तनाक सर्पको जस्तो बिषाक्त खेल ?
अमेरिकाले रुस संग सोझै आफै नलडेर युक्रेनको काधँमा बन्दुक र्तेछाएर रुससंग भिडन्त युद्धमा उतारयो जस्को कारण आज करिब २,३ बर्ष सम्म युक्रेन रुससगं लडन बाध्य भयो । त्यहाँ दुबै तर्फ लाखौ नागरिक हताहत बेपत्ता अरबौको राष्ट्रिय सम्पदा खरानी बन्न पुग्यो । तै पनि युके्रन यद्यपी लडदै छ ।राष्ट्रियता बचाउँन का खातिर युक्रेनका निडर शाहसी बहादुर राष्ट्रपति आफै नेतृत्व लिएर लडदै छन ।
अब साम्राज्यवादी अमेरिकाको नयाँ एबं बेइमानी कपटी फटाहा सम्झौतामा धोकेवाज भ्रम पार्ने किसिमको युद्धको प्रपन्च स्वयं आफैले रच्यो त्यो थियो । रानको कमाण्डर खामिनीको हत्याबाट युद्धको बिजारोपण गरयो । त्यहि बिचमा भेनेजुयलाका राष्ट्रपतिको जोडी राती आफनो कोठामा सुतिरहेको मौका पारेर अपहरण गरेर आफनै देशमा बिना कारणै कैद गरि राखेको छ । अर्को तर्फ ग्रीनल्याण्डमा पनि हस्तक्षेप बढाउँन खोज्दा त्यहाँका जनता एकजुट बनेर छिर्नै दिएनन त्यहाँ बाट लज्जास्पदको हार बेर्होनु परयो । यो सबै इरानलाई निमिटयान्न पार्ने खेल थियो तर इरान टसमस भएन । त्यसपछि अर्को नयाँ चाल हालै चीन पुगेर चीनीयाँ राष्ट्रपतिसंग अति हितैषिको रुप देखायो । त्यहाँ जानुको कारण अहिले इरान बचाउँने भनेकै प्रमुख हात चीनको छ । आर्थिक देखि हरेक किसिमको आड भरोसा चीन बाटै इरानले प्राप्त गर्दै आएको कुरा थाहा पाएपछि चीनमा पुगेर नाटकिय सम्बन्ध देखायो । यता युद्ध स्थगित गराए जस्तो गराएर नयाँ चाल खेल्यो । त्यसपछि चीनबाट फर्के लगत्तै झुक्कायर भ्रम पारेर पूःनह इरान माथि आक्रमण गरयो ।
अन्तमा भन्नु पर्दा नेपालमा देखाएको नौटकीं नाटक बिस्तारै गणतन्त्र त्यसका नेता सानो उदाहरण २०८३ जेठ १५ गतेको गणतन्त्र दिबसका दिन देखिएको प्रपन्च रचेर जसरी प्रचण्ड, केपि दुबै कार्यक्रम स्थलमा उपस्थित नहुनु उपस्थित हुने बाताबरण नबनाइनु पनि एकखाले संकेत हो । अर्को तर्फ गणतन्त्रका पक्षधर सबै समाप्त पार्ने नयाँ खेल खेलिदै खेलाइदै छ । त्यसै गरि खाडिका मध्य पूर्बका देशहरु बिरालाले मुसो खेलाए झै डुमिनी सर्पले दुला भित्र बाहिर झुक्काएर आहारा टिपे झै गरि समाप्त पार्ने नितान्तै नयाँ तरिका बाट साम्राज्यवाद आइरहेको छ । यस्तो समयमा पनि नेपालका माओवादी भनाउँदा संसदवादी तर कम्युनिस्टका खोल ओढेकाहरु अहिले पनि आ–आफना डम्फु बजाउँदै एकाएक आलु छितरिए झै गरि छितरीनु आफनै निजी स्वार्थमा जुझारु अर्थवाद पद प्रतिष्ठामै लिप्त हुनु भनेको पतनको यात्रा गर्नु हो । सबैमा चेतना भया । हवस्त धन्यवाद ।