‘राष्ट्रियताविरोधी जघन्य अभिव्यक्तिको खण्डन र नेपाली जनतासामु क्षमा याचनासहित तत्काल राजिनामा गर’ : नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन

‘राष्ट्रियताविरोधी जघन्य अभिव्यक्तिको खण्डन र नेपाली जनतासामु क्षमा याचनासहित तत्काल राजिनामा गर’ : नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन

काठमाडौं । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन केन्द्रीय समितिका अध्यक्ष प्राडा जगदीश चन्द्र भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाहलाई राष्ट्रियताविरोधी जघन्यअभिव्यक्तिको खण्डन र नेपाली जनतासामु क्षमा याचना गरी तत्काल राजिनामा दिन आग्रह गर्नुभएको छ ।

उहाँले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘नेपालको सार्वभौमसत्ता ,अखण्डता र स्वतन्त्रता विरुद्ध गत १७ गते संसदमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति हाम्रो राष्ट्रिय प्राध्यापक सङ्गठन विरोध गर्दछ र खेद प्रकट गर्दछ । शाहको उक्त अभिव्यक्ति नेपाली जनताको राष्ट्रिय स्वाभिमान र स्वाधीनताको भावना विपरीत रहेको छ । साम्राज्यवादी शक्तिको पिठ्ठु र विस्तारवादी शक्तिको चाकरका रुपमा देखिएका शाह राष्ट्रद्वेषी ,राष्ट्रद्रोही एवम् जनद्वेषी समेत हुन् भन्ने कुरा उनी र उनको सरकारले गर्दै आएको पछिल्ला घटनाक्रमले पुष्टि गरिरहेका छन् । व्यवस्थापन बिना सुकुम्वासी बस्तीमा डोजर चलाई उठिबास गर्नु, विद्यार्थी , ट्रेड युनियनहरु तथा अन्य पेसागत तथा वैचारिक सङ्गठनमा प्रतिबन्ध लगाउनु जस्ता मानवअधिकार सम्बन्धित मौलिक अधिकारमाथि बन्देज गर्नु शाहका अलोकतान्त्रिक र निरङ्कुशताका कदम हुन् । यसर्थ प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रियताविरोधी जघन्यअभिव्यक्तिको खण्डन र नेपाली जनतासामु क्षमा याचना गरी तत्काल राजिनामा दिन आग्रह गर्दछौं ।’
मितिस् २०/२/२०८३ प्राडा जगदीश चन्द्र भण्डारी
अध्यक्ष
नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन
केन्द्रीय समिति