राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालद्वारा प्रधानमन्त्री बालेन शाहको राष्ट्रघाती अभिव्यक्तिको घोर निन्दा र भर्त्सना

राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालद्वारा प्रधानमन्त्री बालेन शाहको राष्ट्रघाती अभिव्यक्तिको घोर निन्दा र भर्त्सना

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य समेत रहेका सन्तबहादुर नेपालीको नेतृत्वमा रहेको राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालले प्रधानमन्त्री बालेन शाहको राष्ट्रघाती अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गरेको छ ।
वक्तव्यमा भनिएको छ, प्रधानमन्त्री बालेन्द्र शाहले २०८३ जेठ १७ गते संसदमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा “नेपालले पनि धेरै ठाउँमा भारतको जमिन मिचेको छू भन्ने अभिव्यक्ति प्रति राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको ध्यान आकर्षण भएको छ ।
नेपालले सीमा क्षेत्रमा भारतको जमिन मिचेको छ भनेर अहिलेसम्मका सर्वेक्षण, अध्ययन तथा वस्तुगत आधारबाट कही कतै पुष्टि भएको छैन । बरु सीमा क्षेत्रमा दश गजाहरु हटाउने र सार्ने काम भारतीय एसएसवीले कैयौं पटक गरेको समाचारहरु आइरहेका छन् । सीमाको रक्षा गर्ने क्रममा कंचनपुर तथा सप्तरीमा त्यहाँका निर्दोष नागरिकले ज्यान गुमाउनु परेको जगजाहेर छ । सरकारको प्रमुख स्थानमा बसेको व्यक्तिले यसरी संसदको रोष्टममा उभिएर राष्ट्रघाती अभिव्यक्ति दिनु लज्जास्पद र सार्वभौमिकता विरुद्धको कुरा हो । यसप्रकारको अभिव्यक्तिले भारतीय विस्तारवादी उद्देश्यलाई मद्दत पुयाएको छ । नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, अखण्डता र स्वाभिमानसँग गाँसिएका गम्भीर र संवेदनशील विषयमा यसरी आधारहीन र कपोलकल्पित कुरागर्नु राष्ट्र र जनताको ठूलो अपमान त हो नै साथै गम्भीर सन्देहको कुरा पनि हो । राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपाल प्रधानमन्त्री बालेन शाहको राष्ट्रघाती अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछ । त्यसका साथै मोर्चाले प्रधानमन्त्रीको यो अभिव्यक्ति फिर्ता लिन र जनता सामु माफी मागेर गल्ती सच्चाउन समेत जोडदार माग गर्दछ ।
मितिस् २०८३ जेठ १८
ागभ
सन्तबहादुर नेपाली
संयोजक