क्रान्तिकारी कम्युनिस्ट पार्टी ९ नं ब्यूरोद्वारा श्रद्धाञ्जली तथा समवेदना व्यक्त

क्रान्तिकारी कम्युनिस्ट पार्टी ९ नं ब्यूरोद्वारा श्रद्धाञ्जली तथा समवेदना व्यक्त

नुवाकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं ब्यूरोले पार्टीका केन्द्रीय सदस्य सुरेश अधिकारीका बुबा हरिबहादुर अधिकारीको निधनमा श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरेको छ ।

नुवाकोटको बेलकोटगढी नपा ८ पार्बती चौरस्थित माइला छोरा रामकुमार अधिकारीको निवासमा पुगेर ब्यूरोका इन्चार्ज दिनेश शर्मा सागर, सेक्रेटरी चिन्तामणि पौडेल लगायतका नेताहरुले श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्नु भएको हो ।

साथै, परिवारमा पार्टीको तर्फबाट श्रद्धाञ्जली तथा समवेदना पत्र वाचन गरेर ब्युरो सचिव चिन्तामणी पौडेलले हस्तान्तरण गर्नुभएको थियो ।

मंसिर १२, २००१ मा जन्मनुभएका हरिबहादुर अधिकारीको जेठ १५, २०८३ मा निधन भएको थियो ।