काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले त्रिभूवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा मशाल जुलुस र कोणसभा सम्पन्न गरेको छ । नेपाल सरकारका प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा दिएको राष्ट्रघाती अभिव्यक्ति विरुद्ध र रवि लामिछानेले भारतमा गएर भारतीय मिडियाहरुमा दिएको राष्ट्रघाती अभिव्यक्ति विरुद्ध चेतावनी स्वरुप मशाल जुलुस र कोणसभा गरिएको हो । कोणसभालाई सम्बोधन गर्दै संगठनका महासचिव नविन खड्काले सम्पूर्ण आम बुद्धिजीवी, विद्यार्थी र आम नागरिकहरूलाई राष्ट्रघातको विरुद्ध उभिन आह्वान गर्नुभयो ।






























