जापानबाट ८ लाख ४० हजार डोज खोप आउँदै

२१ श्रावण काठमाडौं । जापानले नेपाललाई सहयोगमा दिएको ८ लाख ४० हजार डोज खोप एक दुई दिनभित्रै नेपाल आउने भएको छ । जापानमा उत्पादन गरिएको अस्ट्राजेनेकाको १६ लाख डोज मध्य करिब आधा शुक्रबार र शनिबार गरेर दुई खेप नेपाल ल्याइने काठमाडौंस्थित जापानी दुतावासले जनाएको छ । दूतावासले बिहीबार र शुक्रबार दुई खेपमा कोभिड–१९ को खोप […]

“नेपाललाई पराधिन बनाउने आक्रमणकारी” योजना विरुद्ध जवाबी क्रान्तिकारी सुनामि अभियान

नेपालको वर्तमान चरणमा क्रान्ति जनवाद हो र, समाजवादी होइन, पार्टीको वर्तमान अभिभारा आम जनतालाई आफ्नो पक्षमा तान्नु हो, त्यसो भनेर फेरि तुरुन्तै बिद्रोह गर्नु होइन । तथापि क्रान्तिको छिटो विकास हुनेछ र हामीले सशस्त्र जनबिद्रोहका लागि आफ्नो प्रचार र तैयारिमा सकारात्मक रुख अपनाउनु पर्छ । वर्तमान अस्तव्यस्त परिस्थितिमा हामीले सकारात्मक नारा र कार्यक्रमका साथ सकारात्मक […]

कमरेड धुर्व क्षेत्रीको श्रद्धाञ्जली सभा सम्पन्न

काठमाडौं । श्रावण ८ गते गोकर्णेश्वर नगरमा कामको क्रममा बिधुतीय दुर्घटनामा परि ज्यान गुमाउनु भएका नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी ) काठमाडौँ जिल्ला समितिका सदस्य तथा पार्टी सम्बद्ध ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य कमरेड धुर्व क्षेत्रिको श्रद्धाञ्जली सभा उहाँकै निवास काठमाडौँ बुढानिलकण्ठ नगरपालिका स्थित बालुवाखानी ,कपनमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी […]

पछिल्लो २४ घण्टामा थप ३५ जनाको मृत्यु, ४१०७ जनामा कोरोना संक्रमण पुष्टि

२० साउन, काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार १२७९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ९०८, भक्तपुरमा २०६ र ललितपुरमा १६५ गरी १२७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप ४१०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्यु भएको छ […]

सुकुम्बासी विराेधी देउवा सरकार, खारेज गर्याे भुमि आयाेग

काठमाडौँ । कांग्रेस-माके गठबन्धन सरकारले सुकुम्बासीविराेधी छवि प्रदर्शन गरेकाे छ । सुकुम्बासी तथा अव्यवस्थित कसाेबासीलाई जग्गाबितरण गर्ने तथा भाेगचलन गरिआएकाे गग्गाकाे लालपुर्जा दिने उद्देश्यले गठित भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । ७ सय ४३ स्थानीय तहमार्फत भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई पहिचान गरी लगत संकलन, प्रमाणीकरण र नापी गरिरहेको आयोगलाई मन्त्रिपरिषद्को मंगलबारको बैठकले […]

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ३ नं. प्रदेश समितिले एमसीसी सम्झौता तथा दार्चुला तुइन घटनाको विरुद्ध काठमान्डौंको माइतिघर मण्डलामा विरोध प्रदर्शन

१९ श्रावण काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले राष्ट्रहित विपरित वर्तमान सरकारले अमेरिकन सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अघि बढाउन खोजेको आरोप लगाउनु भएको छ । उहाँले मंगलबार एमसीसी सम्झौता र दार्चुला तुइन घटनाको विरुद्ध काठमाडौंस्थित माइतिघर मण्डलामा भएको प्रदर्शनमा सो आरोप लगाउनु भएको हो । त्यस्तै, उहाँले प्रधानमन्त्रीले संसदबाट एमसीसी […]

पहिरनको अनुशासन

समाजलाई.स्वस्थ.राख्न.अनुशासनको.आवश्यकता.पर्दछ.। अचेलहँुदो महिला.हिंसामा.पनि.धेरैजसो.यौन हिंसाका बग्रेल्ती समाचारहरू आइरहेका छन् । त्यसबारे विभिन्न कोणबाट टीकाटिप्पणी पनि भइरहेको छ । एक दिन मुहार पटमा प्रेरक भनाइ शिर्षकमा यस्तो लिखत देखियो –‘गरिबिले पुरुषको कपडा फुकाल्दछ भने सम्पन्नताले महिलाको ।’ झट्ट हेर्दा यो भनाइ बेमनासिब लाग्दैन । तर यसो गहिरिएर सोचियोभने यथार्थको त्यति नजिकभने देखिँदैन । यसमा ‘गरिबि र सम्पन्नता’ […]

सम्पादकीय

नेपाली कम्युनिस्ट आन्दोलनको प्रमुख कार्यभारको रुपमा रहेको विस्तारवाद तथा साम्राज्यवादविरोधी संघर्षको सिंगो कार्यभार बाँकी छ । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको ज्यादति र हस्तक्षेप ‘अमानवीय आपराधिक’ रुपमा बढेर गएको छ । १५ साउनको दार्चुला प्रकरण नेपाल र नेपालीमाथिको भारतीय ज्यादति र हस्तक्षेप मानवता विरुद्धको अपराधको रुपमा प्रकट हुन पुगेको छ । बर्षौदेखि नेपाल र नेपालीको […]

‘दार्चुला घटना अमानवीय, आततयी र वर्वरतापुर्ण’

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित संयुक्त मोर्चा सम्बद्ध चार कम्युनिस्ट पार्टीले संयुक्त रुपमा विज्ञप्ति जारी गरी दार्चुला घटनालाई अमानवीय, आततायी र बर्बरतापूर्ण भएको बताएका छन् । शुक्रबार दार्चुला जिल्ला व्यास गाउँपालिका वडा न. २ का ३५ वर्षीय नेपाली नागरिक जयसिँह धामी भारतको उत्तराखण्ड राज्यको पांगन जाने क्रममा मालाघाटमा महाकाली नदीमा […]

पछिल्लो २४ घण्टामा देशभर २३ जनाको मृत्यु, थप ३,१२५ कोरोना संक्रमित

१८ साउन काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ६१३ नमुनाको पीसीआर परीक्षणमा २ हजार २७९ र ३ हजार १९८ एन्टिजेन परीक्षण गर्दा ८४६ जना गरी ३ हजार १२५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ […]