बाढी, पहिरो र डुवान पीडितलाई विनाभेदभाव सहयोग गर्न अनेकिसंघ (क्रान्तिकारी)को जोडदार माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान संघ (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष भुमिश्वर कँडेलले एक वक्तव्य जारी गरी देशका विभिन्न जिल्लाहरुका विभिन्न ठाउँहरुमा बाढी, पहिरो र डुवानमा परी पीडित भएका जनसमुदायहरुलाई विनाभेदभाव यथाशिघ्र बसोबास, खानपिन र औषधी उपचारको व्यवस्था मिलाउन सरकारसित जोडदार माग गर्नुभएको छ । सोमबार अर्थात् ३२ असारमा जारी वक्तव्यमा […]

राजनीति गर्नेहरूले पढ्ने र लेख्ने पनि गर्नुपर्छ, बिनासुझबुझको राजनीति हुँदैन : मोहन वैद्य ‘किरण’

पछिल्लो समय कस्ता किताबहरू पढ्दै हुनुहुन्छ ? मैले पढ्ने किताब भनेको राजनीति र दर्शनबारे हो । आफूले भ्याउने (समयका कारण) किताब न पढ्ने हो । पढ्छु भनेर मात्रै पनि भएन । कुन–कुन भाषामा लेखिएका किताब पढनुहुन्छ ? बढी त नेपाली भाषामा लेखिएका किताब नै पढिन्छ । अंग्रेजी, हिन्दी, संस्कृत भाषाको किताब पनि पढ्छु । तपाईंले लेख्नुभएको पुस्तक ‘हिमाली दर्शन’ मा पनि […]

क्रान्तिकारी माओवादी निकट बुद्धिजीवी, प्राध्यापक, जनसांस्कृतिक/ पत्रकार महासंघद्वारा डा.केसीको जीवन रक्षा र माग पूरा गर्न माग

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट बुद्धिजीवी, प्राध्यापक, जनसाँस्कृतिक÷पत्रकार महासंघले संयुक्त रुपमा एक वक्तव्य जारी गरी गत १४ दिनदेखि चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राखी अनसनरत डा. गोविन्द केसीका जायज मागहरुप्रति सरकारले देखाएको उदासिनताप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै डा. केसीका जायज माग पूरा गर्न जोडदार माग गरेका छन् । नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रीय अध्यक्ष […]

कति जायज छ दाहाल ‘छबिलाल’को आदेशमा छबिलाल पौडेलको आत्मसमर्पण ?

                  काठमाडौं । एक जमानाका क्रान्तिका नायक मानिएका दाहाल ‘छबिलाल’को निर्देशनमा ८२ वर्षिय छबिलाल पौडेल सर्वोच्च अदालतमा आत्मसमर्पण गर्न हाजिर भएका छन् । उनलाई लामो समयदेखि वीर अस्पतालमा अनसनरत गंगामायाको अनसन तोडाउन यसो गरिएको थियो । पौडेल हाल कारागार चलान भएका छन् । गंगामायाले आफ्ना छोरा कृष्णप्रसाद […]

कृषि विश्वविद्यालयले दिएको सम्बन्धन खारेज नगरिए संघर्षको जुनसुकै कदम उठाउने अखिल (क्रान्तिकारी)को चेतावानी

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को विध्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले आर्थिक तथा राजनीतिक चलखेलको आधारमा २१ असार। ०७५ मा कृषि तथा वन विज्ञान विश्वविद्यालयले ८ वटा निजी कलेजहरुलाई दिएको सम्बन्धनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै शिक्षालाई जनताको पहुँचबाट अलग गराउने उक्त जनविरोधी निर्णय खारेज नगरिए संघर्षका जनुसुकै कदम उठाउन पछि नपर्ने चेतावानी दिएको छ । क्रान्तिकारीले राज्य […]

दोषीमाथि देजमोले ग¥यो कारवाहीको माग

नवलपरासी २९ असारः नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा – नेपाल पश्चिम नवलपरासीले बर्दघाट २ चिसापानीको बहुमुल्य जग्गा मिलिमतो गरी कौडीको भाउमा बेचिएको भन्दै दोषी माथि कारवाहीको माग गरेको छ । वि.स. २०३४ सालदेखि स्थानीयले संरक्षण गर्दै आएको ८ विगाहा १२ कठ्ठा २ धुर तात्कालिन ग्रिन बेल्टको बहुमुल्य जग्गा कौडीको भाउमा बेचिएको भन्दै आपति […]

प्रम ओलीको जोखाना र विरोधाभाषपूर्ण धरातलीय यथार्थता

काठमाडौं । प्रधानमन्त्री निर्वाचित भएपछि ओलीले आफ्ना पहिला वाचाहरुमा देशबाट तुइनहरु हटाउने भनेका थिए, तर देशभर तुइन जस्ताका तस्तै छन् । जनताले तुइन तर्दै सास्ती खेपिरहेका छन् । त्यसै गरी उनले नेपालमा कम्युनिस्टको शासन आयो, अब कसैले पनि डुवानको पीडा खेप्नुपर्ने छैन भनी चर्को भाषण गरेका थिए । गाउँवस्तीहरु अहिले जलमग्न छन्, उद्दार पनि छैन […]

डा. केसीको जीवन रक्षाको माग गर्दै आवासीय चिकित्सकहरु उत्रिए हडतालमा

काठमाडौं । १४ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आजदेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु हडतालमा उत्रेका छन् । १४ दिनदेखि डा. केसी जुम्लामा अनशनरत रहे पनि अझैसम्म उनका मागबारे सरकारी पक्ष गम्भीर बन्न सकेको छैन । डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको छ । डा. केसीको मागको सुनुवाई […]

पहिचानको पक्षमा सञ्चालित आन्दोलनप्रति क्रान्तिकारी माओवादीको ऐक्यबद्धता, पहिचानलाई आधार बनाई नयाँ ढंगले प्रदेशको नामांकन गर्न सरकारसित जोडदार माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले सरकारको पहिचानविरोधी निर्णयको तीव्र विरोध गर्दै पहिचानको पक्षमा सञ्चालित न्यायपूर्ण आन्दोलनप्रति दृढ समर्थनका साथै त्यसप्रति ऐक्यबद्धतासमेत जाहेर गरेको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले बिहीबार एक वक्तव्य जारी ४ नं. प्रदेशको नामांकनसम्बन्धी पहिचानविरोधी निर्णय खारेज गरी पहिचानलाई आधार बनाई नयाँ ढंगले नामांकन गर्न सरकारसित जोडदार माग गर्नुभएको […]

व्यापारमा एकलौटी अमेरिकी दादागिरी अब चल्दैन– चीन

काठमाडौं । चिनियाँ सामानमा पछिल्लोपटक आएर अमेरिकाले फेरि पनि व्यापार कर थोपरेपछि चीनले अब विश्व व्यापार र विश्व बजारमा अमेरिकाको एकलौटी दादागिरी नचल्ने चेतावनी दिएको छ । अमेरिकाले लहडी रुपमा पटकै पटक चिनियाँ सामानहरु आयातमा कर थप्दै गएपछि चीनले आधिकारिक रुपमा यो भनाइ सार्वजनिक गरेको हो । ‘अमेरिकी दादागिरी’ को संज्ञा दिइएको चिनियाँ प्रतिक्रियापछि उसले […]