काठमाडौ । संयुक्त राज्य अमेरिका र इरानबिच युद्ध अन्त्य गर्ने अन्तरिम सम्झौता (एमओयू) मा हस्ताक्षर भएको छ।
ट्रम्पले पेरिसको भर्साइल्स दरबारमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँगको भेटघाटका क्रममा शान्ति सम्झौतामा हस्ताक्षर गरेका हुन्।
बीबीसीका अनुसार ट्रम्पले फ्रान्सको इभियन(लेस(बेन्समा आयोजित जी(७ शिखर सम्मेलनमा भाग लिँदै सम्झौतामा हस्ताक्षर गरेका हुन्।
त्यसपछि इरानका राष्ट्रपति पेजेस्कियानले इरानसँगको सम्झौतामा इलेक्ट्रोनिक रूपमा हस्ताक्षर गरे। नेपाली समयअनुसार बिहीबार बिहान दुई नेतारूले हस्ताक्षर गरेपछि यो सम्झौता तुरुन्तै लागु भएको छ।
यो सम्झौताले इरानका साथै युद्ध र लेबनानमा पनि द्वन्द्व अन्त्य गर्नेछ भने होर्मुज स्ट्रेट पुनः खोल्नेछ र अमेरिकी नौसेना नाकाबन्दी अन्त्य गर्नेछ।
१४ बुँदे सम्झौतामा इरानले कहिल्यै आणविक हतियार विकास नगर्ने कुरा उल्लेख गरिएको छ। यस्तै पुनर्निर्माण र आर्थिक विकासका लागि ३०० अर्ब डलर कोष स्थापना गरिने कुरा पनि सम्झौतामा छ। यद्यपि अमेरिकाले यसमा योगदान गर्न अनिवार्य नभएको जनाइएको छ।





























