आज कस्तो होला काठमाडौँ उपत्यकाको मौसम

आज कस्तो होला काठमाडौँ उपत्यकाको मौसम

 

आज (आइतबार) काठमाडौँ उपत्यकामा क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार आज दिनभर उपत्यकाको मौसम घाम–बादल, बादल–घाम हुने सम्भावना छ।
‘मध्याह्न वा अपराह्नपछि भने क्षणिक वर्षा पनि हुने सम्भावना छ’, उनले नेपालखबरसँग भने, ‘आइसोलेटेड टाइपको वर्षा हुन्छ अर्थात् काठमाडौँ उपत्यकाकै एक ठाउँमा पानी पर्दा अर्को ठाउँमा नपर्ने हुन्छ।’