काठमाडौं । अफगानिस्तानको कम्युनिस्ट (माओवादी) पार्टी, केन्द्रीय समितिले क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाललाई पार्टी एकता गरेकोमा खुशी व्यक्त गर्दै बधाई सन्देश पठाएको छ ।
‘क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल — जिन्दावाद !, नेपाली जनयुद्ध — जिन्दावाद !, नेपालको प्रतिक्रियावादी सरकार — मुर्दावाद !, विश्वभरका पार्टी तथा संगठनहरू अन्तर्राष्ट्रिय सम्मेलन आयोजनाको दिशामा अगाडि बढौं !’ जस्ता नारासहित पठाइएको बधाई सन्देशमा भनिएको छ, “कमरेडहरू, हामी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललाई हार्दिक बधाइ दिन चाहन्छौ र विश्वभरिका अन्य माओवादी पार्टी तथा संगठनहरूसँग अन्तर्राष्ट्रिय सम्मेलन एवम् रिमको पुनस्र्थापनाको तयारीमा सक्रिय भएर कामगर्न पाएकोमा गौरव महसुुस गरेका छौं । हामी अन्तर्राष्ट्रिय सम्मेलनका सहभागी अन्य माओवादी पार्टी तथा संगठनहरू सहित क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र अफगानिस्तानको कम्युनिष्ट (माओवादी) पार्टीका बीचमा दरिलो ऐक्यबद्धता निर्माण गर्न चाहन्छौं ।”
बधाई सन्देशमा अगाडि भनिएको छ, “ माक्र्सवादी–लेनिनवादी–माओवादी सिद्धान्तको वरिपरि केन्द्रित एकीकृत पार्टीको गठन नेपाली माओवादीलाई वैचारिक, राजनीतिक तथा सांगठनिक भ्रमबाट मुक्त गराउने एउटा महत्वपूर्ण उपलब्धि हो । दुई–लाइन सङ्घर्षमा अडिग रहँदै र नेपालमा जनयुद्धको पुनरुत्थान गरेर, तपाइँहरुले विश्वभरिका सर्वहारा वर्ग तथा जनताको सबैभन्दा बलियो शत्रुको जग हल्लाउनु हुनेछ र अन्ततः विश्व क्रान्तिको सेवा गर्नु हुनेछ ।”
बधाई सन्देशमा प्रचण्ड–बाबुराममा पैदा भएको वैचारिक विचलनका कारण नेपालमा जनयुद्धको अन्त्य गरिएको र संशोधनवाद तथा संसदवादतर्फ सोझिएको उल्लेख गर्दैै सन्देशमा भनिएको छ, “देशको हितमा आधारित यो सिद्धान्तनिष्ठ एकता नेपालको वर्तमान परिस्थितिमा क्रान्तिकारी परिवर्तनका लागि तपाईंहरुको अटल प्रतिबद्धता एवम् अथक र इमान्दार प्रयासको परिणाम हो । नेपाल कम्युनिस्ट पार्टीको जनसंघर्ष र मुख्यतः नेकपा (माओवादी)द्वारा १९९६ देखि २००६ सम्म सञ्चालित विजयी जनयुद्धको गौरवशाली इतिहास रहेको छ । त्यो ऐतिहासिक अध्याय नेपालको इतिहासमा सुनौलो अक्षरमा अङ्कित हुनेछ र रिममा नेकपाको सक्रिय सहभागिताले विश्वभरिका क्रान्तिकारीहरूमा सकारात्मक प्रभाव छाडेको छ । तर, “प्रचण्ड–भट्टराइ पथ” को दुर्भाग्यपूर्ण विचलनका कारण नेपालमा जनयुद्धको अन्त्य गरियो र त्यो संशोधनवाद एवम् संसदवादतर्फ सोझियो । त्यस पछिका विभाजनहरुले विगत १७ वर्षमा पार्टीको सामथ्र्य पुनःआर्जन गर्र्ने क्षमता अवरुद्ध ग¥यो ।”
बधाई सन्देशमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) तथा नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का बीच (माक्र्सवादी–लेनिनवादी–माओवादी) एकता महाधिवेशनबाट “क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल” गठन गर्न सफल भएकोमा हार्दिक बधाइ ज्ञापन गर्दै यसले विश्वभरिका माओवादीहरूलाई खुसी र प्रेरणा दिनेछे ठुलो अपेक्षा एवम् विश्वास गरेको उल्लेख गरिएको छ ।
यस्तो छ वधाई सन्देशको पूर्ण अंश :
अफगाप्रिय कमरेडहरु,
क्रान्तिकारी लाल अभिवादन !
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) तथा नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का बीच (माक्र्सवादी–लेनिनवादी–माओवादी) एकता महाधिवेशनबाट “क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल” गठन गर्न सफल हुनु भएकोमा हामी हार्दिक बधाइ ज्ञापन गर्दछौं । यसले विश्वभरिका माओवादीहरूलाई खुसी र प्रेरणा दिनेछ भन्ने ठुलो अपेक्षा एवम् विश्वास गरेका छौं ।
देशको हितमा आधारित यो सिद्धान्तनिष्ठ एकता नेपालको वर्तमान परिस्थितिमा क्रान्तिकारी परिवर्तनका लागि तपाईंहरुको अटल प्रतिबद्धता एवम् अथक र इमान्दार प्रयासको परिणाम हो । नेपाल कम्युनिस्ट पार्टीको जनसंघर्ष र मुख्यतः नेकपा (माओवादी)द्वारा १९९६ देखि २००६ सम्म सञ्चालित विजयी जनयुद्धको गौरवशाली इतिहास रहेको छ । त्यो ऐतिहासिक अध्याय नेपालको इतिहासमा सुनौलो अक्षरमा अङ्कित हुनेछ र रिममा नेकपाको सक्रिय सहभागिताले विश्वभरिका क्रान्तिकारीहरूमा सकारात्मक प्रभाव छाडेको छ । तर, “प्रचण्ड–भट्टराइ पथ” को दुर्भाग्यपूर्ण विचलनका कारण नेपालमा जनयुद्धको अन्त्य गरियो र त्यो संशोधनवाद एवम् संसदवादतर्फ सोझियो । त्यस पछिका विभाजनहरुले विगत १७ वर्षमा पार्टीको सामथ्र्य पुनःआर्जन गर्र्ने क्षमता अवरुद्ध ग¥यो ।
नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)का बीच एउटै पार्टी “क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल” मा सफल पुनर्एकीकरण भएको देख्न पाउँदा हामी खुसी छौं । विश्वभर माओवादी पार्टी तथा संगठनहरुको आगामी सम्मेलनको तयारी र रिमलाई पुनर्जीवित गर्न तपाईको पार्टीले महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने हाम्रो दृढ विश्वास छ । हाम्रो पार्टी तपाइँको पार्टीसँगको सम्बन्धलाई सुदृढ गर्न र विश्वभरका पार्टी तथा संगठनहरूको अन्तर्राष्ट्रिय सम्मेलनको योजनालाई समृद्ध बनाउनका लागि सँगै कामगर्न प्रतिबद्ध छ ।
माक्र्सवादी–लेनिनवादी–माओवादी सिद्धान्तको वरिपरि केन्द्रित एकीकृत पार्टीको गठन नेपाली माओवादीलाई वैचारिक, राजनीतिक तथा सांगठनिक भ्रमबाट मुक्त गराउने एउटा महत्वपूर्ण उपलब्धि हो । दुई–लाइन सङ्घर्षमा अडिग रहँदै र नेपालमा जनयुद्धको पुनरुत्थान गरेर, तपाइँहरुले विश्वभरिका सर्वहारा वर्ग तथा जनताको सबैभन्दा बलियो शत्रुको जग हल्लाउनु हुनेछ र अन्ततः विश्व क्रान्तिको सेवा गर्नु हुनेछ ।
कमरेडहरू, हामी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललाई हार्दिक बधाइ दिन चाहन्छौ र विश्वभरिका अन्य माओवादी पार्टी तथा संगठनहरूसँग अन्तर्राष्ट्रिय सम्मेलन एवम् रिमको पुनस्र्थापनाको तयारीमा सक्रिय भएर कामगर्न पाएकोमा गौरव महसुुस गरेका छौं । हामी अन्तर्राष्ट्रिय सम्मेलनका सहभागी अन्य माओवादी पार्टी तथा संगठनहरू सहित क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र अफगानिस्तानको कम्युनिष्ट (माओवादी) पार्टीका बीचमा दरिलो ऐक्यबद्धता निर्माण गर्न चाहन्छौं ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल — जिन्दावाद !
नेपाली जनयुद्ध — जिन्दावाद !
नेपालको प्रतिक्रियावादी सरकार — मुर्दावाद !
विश्वभरका पार्टी तथा संगठनहरू अन्तर्राष्ट्रिय सम्मेलन आयोजनाको दिशामा अगाडि बढौं !
केन्द्रीय समिति
अफगानिस्तानको कम्युनिस्ट (माओवादी) पार्टी
मे २६, २०२३