जेठ १७ काठ
मान्ढौ ।
केही दिन अघि पिपुल्स लिवरेशन फ्रन्ट अफ इण्डिया (एीँक्ष्) का नेता दिनेश गोपेलाई प्रचण्ड नेतृत्वको सरकारले नेपालबाट गिरफ्तार गरी दिल्ली सरकारलाई सुपुर्दगी गरेको समाचार प्रकाशित भएको थियो ।
सबैलाई थाहा छ नेपाल र भारत सरकारका बीच सुपुर्दगी सन्धि गरिएको छैन तर नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्व सन्ध्यामा गरिएको यो सुपुर्दगीले उनको भारतप्रतिको आत्मसमर्पणलाई पूस्ठि गर्दछ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले यो परिघटनालाई प्रचण्डको भारतीय शासक वर्गलाई खुसी पार्न गरिएको एउटा गम्भीर राष्ट्रघाति कार्य हो भन्दै त्यसका विरुद्ध उत्रिन आम देशभक्त नेपालीलाई आव्हान गर्दै पार्टीका प्रवक्ता कञ्चनव्दारा निम्न प्रेस वक्तव्य प्रकाशित गरिएको छ :































