दर्के पानी छल्दै क्रान्तिकारी मजदुरहरुले बिहीबार पनि गरे मण्डलामा प्रदर्शन

दर्के पानी छल्दै क्रान्तिकारी मजदुरहरुले बिहीबार पनि गरे मण्डलामा प्रदर्शन

काठमाडौं । दर्के पानी छल्दै तीनवटा क्रान्तिकारी मजदुर संगठनले आज पनि भ्रष्टाचार र तस्करहरुका विरुद्ध विरोध प्रदर्शन गरेका छन् र शरणार्थी प्रकरणमा संलग्न अपराधीहरुलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।
‘फालौ भ्रष्ट शासन यो– सरकार अब मजदुर किसानको’, ‘सिंहदरबार बालुवाटार– जताततै भ्रष्टाचार’, ‘भ्रष्टहरुको मूल घर– संसद भवन खाली गर’, ‘जनताको म्याण्डेट बोल– भ्रष्टहरुको फायल खोल’ जस्ता लयबद्ध नाराहरुसहित प्रदर्शनमा उत्रिएका महासंघका नेताहरुले केही बेर चर्को नाराबाजी गरेका थिए ।


विरोध प्रदर्शनलाई अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष विनोद थापा, उपाध्यक्ष इश्वर तिमिल्सिना लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । विरोध ¥यालीसहितको सभाको सञ्चालन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव बसन्त बोगटीले गर्नुभएको थियो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको घोषित नीति र निर्णय अनुसार भ्रष्टाचार र मानव तस्करीका विरुद्ध संघर्ष देशैभर जारी रहेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले जेठ १७ गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।