पृय कवि सेन !

पृय कवि सेन !

 

 

दलाल संसदीय व्यवस्था !!

जस्को सलामीमा

मृतजीवनको शौन्दर्यता

अनि,

कृतिम जीवनको भीख माग्नेहरु,

जस्ले तिमीलाई श्रद्धाञ्जली दिन

लाइन लागेर आज,

तिम्रो मलामी वन्ने नाटक गर्दैछन

तिनले जीवनको सौन्दर्यतासंग होइन

तिम्रो लासको व्यापार गरेर

आफ्नो जीवन,

केवल मृत जीवनको

सौन्दर्यता खोजिरहेका छन

पृय सेन,

आज तिनले तिम्रो

केवल श्रद्धाञ्जली दिन सक्छन

तर तिमीले रोजेको बाटो

र, तिमीले खोजेको सत्ता

जीउदा लासहरुवाट असम्भव छ

तिमीले खनेको वाटो मा हिड्न ,

तिमीले जोतेको वारिमा जोतिन

तिम्ले नर्सरी गरेको बिरुवा रोप्न

त्यसलाई गोड्न हुर्काउन र फलाउन त

मरेका निर्जीव जीवनहरुवाट संभव छैन

जीउदा मान्छे आज पनि

तिम्रो कर्तव्यपथमा हिडिरहेका छन

तिम्रो मार्गदर्शनमा लम्किरहेका छन

जो,

मान्छेले मान्छेमाथि अत्याचार गरुन्जेल

लम्किरहने छन

निरन्तर …. निरन्तर ……निरन्तर …..