नवलपरासी पश्चिम – क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला समिति नवलपरासी (ब.सु.प.) को आयोजनामा जनयुद्धका महान् सांस्कृतिक एंव जनपत्रकार सहिद क. कृष्ण सेन ‘इच्छुक’ को २२ औँ स्मृतिको सन्र्दभमा ‘भष्ट्राचार तथा मानव तस्करी र संसदीय ब्यवस्था’ बिषयक अन्तरक्रिया गरिने भएको छ ।
मिति २०८० जेठ १३ गते शनिवार बर्दघाट–२ चिसापानी रोयल कटेज प्रा.लिको हलमा कार्यक्रम हुने आयोजक क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका महाधिबेशन आयोजक समिति सदस्य क्षेत्र बहादुर थापा क्षेत्रीले जानकारी गराउनुभयो ।
कार्यक्रममा पार्टी सम्बद्ध क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेय अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्य तथा बरिष्ठ साहित्यकार बाबुराम मुसाफिरलगायत बिभिन्न जनबर्गीय मोर्चा संगठनका नेता कार्यकर्ताको उपस्थिति हुने उहाँले बताउनुभयो ।