१३ जेठ काठमामन्ढौ ।
केही दिनदेखि महेन्द्रनगर नगरपालिकाको जमिनमाथि गरिदै आएको भ्रष्टाचारको अन्त्यको माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको प्रदेश, जिल्ला र स्थानीय निकायको आयोजनामा यही जेष्ठ ७ गतेदेखि आमरण अनसन चलिरहेको छ । र अनशनकारीहरुको स्वास्थ्य स्थिति गम्भीर अवस्थामा पुगेको छ ।
यस्तो जटिल अवस्थालाई लिएर क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ताव्दारा वक्तव्य प्रकाशित गरिएको छ ।
वक्तव्यमा भनिएको छ—”यस प्रकारको सरकारी रवैयाको पार्टी घोर विरोध गर्दछ र नगरपालिकामा भएका भ्रष्टाचारका समस्या तत्काल समाधान गर्न माग गर्दछ । र अनशनको माध्यमबाट सरकारको ध्यान आकृष्ट नहुने हो भने र भ्रष्टाचारी विरुद्ध कार्बाही नगर्ने हो भने हाम्रो पार्टी यो भन्दा ठुलो संघर्षमा उत्रन बाध्य हुनु पर्ने छ । “
प्रेस वक्तव्यको अन्त्यमा भनिएको छ—”सरकारले यस प्रकारको आलटाल बन्द गरी अख्तियारमा रहेका यो मुद्दासँग सम्बन्धित मुद्दाहरु तुरुन्त फैसला गरोस्, नगर विकाशको हिनामिना भएको जमीन तुरुन्त फिर्ता ल्याइयोस्, भ्रष्टहरुलाई कार्बाही गरोस् र अनशनकारीहरुको जीवन रक्षा गरोस् भत्रे जोडदार माग गर्दछौं । ”
आन्दोलनप्रति ऐक्यवद्धता जनाउदै प्रकाशित प्रेस वक्तव्यको पूर्ण पाट तल दिइएको छ :