साताको कविता 

सिद्धान्तका बाजागाजा
फुटाएर च्यातेर
कस्तो धुन बनाउछौ

दर्शन विचारको
घर जलाएर
बुर्जुवा संसदलाई
आफ्नो थातथलो बनाएर
हिंडिसकेपछि
कसले पो के आस
गर्छ तिमीसँग

स्वप्न बिनाको
खाली चुहिने भाँडोमा
के पाक्छ र

तरल संवेदना शून्य
डिजिटल प्रेममा
मानिस
कतिबेरसम्म रत्तिएला
भविष्य विभ्रमका
तिम्रा खोक्रा कस्मेटिक
रूपवादमा
कत्ति पो झल्लिएला

छोड सबै
बेकार अर्थहीन उपाय

सङ्गीतको
जीवन धुन त
अरुले नै बनाउँछन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार