नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाल ३ नं. प्रदेशको प्रथम सम्मेलन (फोटोफिचर)

ललितपुर । नेकपा (क्रान्तिकारी माओवादी) निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाल ३ नं. प्रदेशको प्रथम सम्मेलनको उद्घाटन सत्र भव्य रुपमा सम्पन्न भएको छ । क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनलाई प्रमुख अतिथि गजुरेल, नेवाः मोर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठ, क्रान्तिकारी माओवादीका पीवीएम तथा […]

सीमा अतिक्रमणका विरुद्ध पोखरामा चार दलको अन्तक्र्रिया सम्पन्न, जनस्तरबाट सशक्त आन्दोलन उठान गर्नुपर्नेमा वक्ताहरुको जोड

पोखरा । पोखरामा चार राजनीतिक पार्टीहरुको आयोजनामा ‘सीमा समस्या र लिमापियाधुरा’ बिषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा मालेको आयोजनामा उक्त विषयमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा लेखक रतन भण्डारीले ‘अतिक्रमणको चपेटामा रहेको लिम्पयाधुरा र लिपुलेक नेपालको हो’ भन्ने बिषयमा संकलित तथ्यगत प्रमाण सहितको कार्यपत्र […]

स्ववियुको चुनावको मिति सार्वजनिक, फागुन १४ मा हुने

काठमाण्डौँ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी फागुन १४ गते हुने भएको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले उक्त मिति सार्वजनिक गरेको छ । निर्वाचन मिति तोकिसकेपछि अब मातहतका निकाय र क्याम्पसलाई जानकारी पठाउन थालिएको रजिस्ट्रार पेशल दाहालले जानकारी दिएको बताइएको छ । त्रिवि विद्यार्थी कल्याण विभागले स्ववियु निर्वाचनलाई लक्षित गर्दै विद्यार्थी भर्नालगायत काम […]

मोदीको फासिवादका विरुद्ध करोडौं भारतीय मजदुरहरु आन्दोलित

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा सत्तारुढ भाजपाको फासिवादी शासनका विरुद्ध करोडौ भारतीय मजदुरहरु सडकमा निस्किए । भारतीय मजदुरहरूले बुधबार मोदीको फासिवादका विरुद्ध ऐतिहासिक आमहड्ताल गरे । विभिन्न मजदुर सङ्गठनको आयोजनामा भएको हड्तालमा पच्चीस करोड मजदुरहरूले भाग लिएको बताइएको छ । विभिन्न सङ्गठित तथा असङ्गठित क्षेत्रका औद्योगिक, वित्तीय र अन्य सेवा क्षेत्रका मजदुरहरू […]

नेवाः राष्ट्रिय मुक्ति मोर्चा ३ नं. प्रदेशको पहिलो सम्मेलन ललितपुरको कुपण्डोलमा

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालको ३ नं. प्रदेशको प्रथम सम्मेलन भोलि (शनिबार) ललितपुरको कुपण्डोलमा हुँदैछ । क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलको प्रमुख आतिथ्यतामा हुने सम्मेलनलाई नेवाः राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठ लगायतका नेताहरुले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको जनाइएको […]

अहिले भ्रष्टाचार अर्बौंमा भइरहेको छ, ओलीको पालामा जस्तो भ्रष्टाचार कहिल्यै भएको थिएन : सीपी गजुरेल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का बरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले नेपालमा बढिरहेको भ्रष्टाचारबारे कडा टिप्पणी गरेका छन् । ठूलो मात्रामा राज्यको सार्वजनिक सम्पत्ति कब्जा गर्ने यति समूह समेत प्रधानमन्त्री केपी शर्मा ओलीको व्यापारिक पार्टनर रहेको खुलासा भएको बताएका छन् । अध्यक्ष गजुरेलले अहिले नेपाल भ्रष्टाचार र अनियमितताको […]

यस्तो छ वर्तमान परिस्थितिबारे क्रान्तिकारी मजदुरहरुको ताजा विश्लेषण

  (नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघको हालै सम्पन्न केन्द्रीय समितिको बैठकमा अध्यक्ष ईश्वर तिमिल्सिनाद्वारा प्रस्तुत एवम् पारित प्रतिवेदनको अंश) संक्षिप्त प्रतिवेदन अन्तर्राष्ट्रिय स्थिति अमेरिकी साम्राज्यवादको एकाधिकारलाई तोड्दै विश्व बहुध्रुवीय टक्करको दिशातर्फ अगाडि बढेको छ । यो टक्कर वर्तमानमा आर्थिक र व्यापारिक सङ्घर्षको वा युद्धकोरुपमा गुज्रिरहेको छ । उत्पादन र वितरणका हिसाबले […]

संसदबाट पास हुनुअगावै ओली सरकारले थाल्याे एमसीसी कार्यान्वयन

काठमाडौं ।  मिलेनियम च्यालेञ्ज कर्पोरेशन (MCC) काेे विषयलाई लिएर सत्तारुढ डबल नेकपाका नेताहरु  समेत विराेधमा उत्रिरहेकाे बेला साेही पार्टीका अध्यक्ष समेत रहेका केपी शर्मा ओली नेतृत्वकाे सरकारले विवादित एमसीसी कार्यान्वयन गर्न थालेकाे छ । नेकपा (क्रान्तिकारी माओेवादी), देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपाल लगायतका राजनीतिक पार्टीहरुले एमसीसी कार्यान्वयन गरिए नेपाल रणभूमिमा परिणत हुने भन्दै कडा विराेध जनाइरहेकाे […]

एक हप्ते निःशुल्क पत्रकारिता तथा उद्घोषण तालिमको समापन (फोटोफिचर)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) ३ नं. प्रदेशको आयोजनामा सञ्चालित एक हप्ते निःशुल्क पत्रकारिता तथा उद्घोण तालिमको समापन गरिएको छ । क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पार्टी पीवीएम पवनमान श्रेष्ठ, पार्टी केस तथा ललितपुर इन्चार्ज क्षितिज, पार्टी केस […]

माक्र्सवाद–लेनिनवाद–माओवादको विकास र प्रयोग

माक्र्सवाद भन्नाले “विश्व दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद” जसलाई सर्वहारावर्गको मुक्तिको सिद्धान्त “साम्यवादी सिद्धान्त” भनिन्छ । माक्र्सवादका प्रणेता कार्ल माक्र्स (१८१८–१८८३) र फ्रेरडिक एङ्गेल्स(१८२०–१८९५) हुन् । माक्र्सवाद प्रुधो, ब्लाङ्की र बाकुनिनको अराजतावाद, दक्षिणपन्थी सुधारवाद, उग्रवाद तथा सबैखाले प्रतिक्रियावादसित सङ्घर्ष गर्दै सन् १८४८मा “कम्युनिष्ट घोषणापत्र” मार्पmत् विश्व सामु माक्र्स–एङ्गेल्सद्वारा प्रस्तुत गरियो । माक्र्सवादको मुख्य उद्देश्य […]