बिना उचित विकल्प भूमिहीन सुकुम्बासीहरुलाई उठिबास लगाउने कार्य तत्काल बन्द गर्न जोडदार माग

बिना उचित विकल्प भूमिहीन सुकुम्बासीहरुलाई उठिबास लगाउने कार्य तत्काल बन्द गर्न जोडदार माग

नुवाकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नुवाकोटले एक प्रेस वक्तव्य जारी गरी विना विकल्प भूमिहीन सुकुमबासीलाई उठिबास लगाउने कार्य तत्काल बन्द गर्न जोडदार माग गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी प्रशिद्धले जारी गरेको वक्तव्यमा भनिएको छ, “अब्यवस्थित वसोवासी किसान, भुमिहिन सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी गरिएको राज्य आतंक तुरुन्त बन्द गरी शान्तिपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न र जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न क्रान्तिकारी कम्युनिष्ट पार्टि नेपाल, जिल्ला समिती नुवाकोट नेपाल सरकार संग जोड्दार माग गर्दछ ।”
वक्तव्यमा अगाडि भनिएको छ, “शान्ति सुशासन र नेपाली जनता को उज्ज्वल भविश्यको नारा दिएर विश्व साम्राज्यवाद द्वारा प्रायोजित २०८२ फागुन २१ को कथित निर्वाचनमा आम नेपाली समुदायलाई भ्रमित बनाई करिब दुई तिहाई को बहुमतले सत्ता कब्जा गरेका रा।स्व।पा।को वालेन नेतृत्वको सरकारले २०८२–१२–१३को १०० बुँदे कार्ययोजना भन्दै भूमिहिन सुकुम्वासी, अव्यवस्थित बसोबासी किसानहरूको सही र दिर्घकालिन समाधानको खोजीने नगरी उल्टै उनिहरुमाथी चरम दमनगरी डोजर आतंक चलाई वर्वर आतंक मच्याई रहेको प्रति हाम्रो पार्टिको गम्भिर ध्यानाकर्षण भएको छ ।
देशैभरी चलाईरहेको यो राज्य आतंक नुवाकोट जिल्लामा पनि सबै स्थानियपालिकाहरु मार्फत स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ तथा सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्ती स्थानिय सरकारले संरक्षण गर्नुपर्ने कानुनी व्यवस्था भएको भनि स्थानिय भोगास्रित जनतालाई ३५ ९पैतिस० दिनभित्र छोड्नु भनि प्रसारित गरिएको सुचना राज्य आतंक को अर्को नमूना हो ।
तसर्थ अब्यवस्थित वसोवासी किसान भुमिहिन सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी गरिएको यो गरी जनताको राज्य आतंक तुरुन्त बन्द शान्तिपूर्वक बाँच्न पाउने अधिकार को सुनिश्चित गर्न र जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न क्रान्तिकारी कम्युनिष्ट पार्टि नेपाल, जिल्ला समिती नुवाकोट नेपाल सरकार संग जोड्दार माग गर्दछ ।”